लुम्बिनी प्रदेशका अस्पताल र स्वास्थ्य कार्यालयमा GIOMS अनिवार्य

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले प्रदेशभरका स्वास्थ्य संस्थाहरूमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) लागू गर्ने निर्णय गरेको छ।

निर्देशनालयले जारी गरेको पत्रअनुसार प्रदेशका १४ वटा अस्पताल, १२ वटा स्वास्थ्य कार्यालय तथा आयुर्वेद चिकित्सालय/स्वास्थ्य केन्द्रहरूमा आगामी आर्थिक वर्ष २०८२/०८३ को वैशाख १ गतेदेखि यो प्रणाली अनिवार्य रूपमा लागू गरिने भएको हो।

यस प्रणालीमार्फत दैनिक सेवा प्रवाहलाई सरल, छिटोछरितो, पारदर्शी तथा कागजी प्रक्रिया घटाउँदै डिजिटल प्रणालीतर्फ रूपान्तरण गर्ने लक्ष्य राखिएको छ। साथै अभिलेख सुरक्षित, व्यवस्थित र सहज रूपमा व्यवस्थापन गर्न GIOMS प्रणाली उपयोगी हुने विश्वास गरिएको छ।

स्वास्थ्य निर्देशनालयले सम्बन्धित सबै कार्यालयलाई अनिवार्य रूपमा प्रणाली लागू गरी कार्यान्वयन गर्न निर्देशन दिएको छ। यसका लागि आवश्यक समन्वय तथा सहजीकरणका लागि मन्त्रालय र निर्देशनालयका सम्पर्क व्यक्तिहरू समेत तोकिएको जनाइएको छ।

यो निर्णयसँगै लुम्बिनी प्रदेशमा स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :