सैनामैना नगरअस्पतालको सामाजिक परिक्षणः सेवा बिस्तारमा चुनौती

स्वास्थ्यसमाचार/ रुपन्देही सैनामैना नगरपालिका सञ्चालित १५ शैयाको नगर अस्पतालमा सामाजिक परिक्षण (Social Audit) सम्पन्न भएको छ। रुपन्देही मिडिया नेटबर्क प्रालिको आयोजना र सैनामैना नगरपालिको सहयोगमा सामाजिक परिक्षण सम्पन्न भएको हो ।

सामाजिक परीक्षणमा अस्पतालको सेवा पहुँच, व्यवस्थापन र पूर्वाधारमा विभिन्न चुनौतीहरु समस्याहरु देखिएका छन्। अस्पतालमा प्रयोगशाला सेवा, एक्स रे सेवा , एण्टि रेबिज खोप सेवा आकस्मिक सेवा लगाएत का सेवा सन्चालनमा रहेता पनि २४ घन्टा आकस्मिक सेवा , फार्मेसी सेवा, स्वास्थ्य.बिमा लगाएतका सेवा हरु बिस्तार हुन सकेको छैन।

अस्पताले सेवा दिन आफुहरु तयार भएको बताएपनि पालिका मार्फत सेवाहरु बिस्तार , आवश्यक जनशक्ती , औजार उपकरण ब्यवस्थापन नहुदा आफुहरुले थप गुणस्तरीय सेवा प्रवाहगर्न कठिनाइ भएको कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको भनाई छ ।

नगर अस्पतालमा हाल ४ जना चिकित्सक र स्वास्थकर्मी गरि जम्मा २१ जना स्वास्थ्यकर्मी र ३ जना का.सहयोगी कार्यरत छन्। अस्पतालले उपचारात्मक र प्रतिकारात्मक दुवै सेवा प्रदान गर्दै आएको भए पनि सेवा प्रवाह, उपकरण र जनशक्तिको व्यवस्थापनमा कमी देखिएको छ।

सामाजिक परिक्षण अनुसार यस वर्ष अस्पतालमार्फत हाल सम्म १३ हजार ,३५५ जनाले सेवा लिएका छन्,भनेअघिल्लो वर्ष २१,०८६ जनाको सेवा लिएको देखिन्छ । सुत्केरी सेवा यस वर्ष मात्र १४७ पुगेको छ, अघिल्लो वर्ष २४९ थियो। सेवा प्रायः सैनामैना न.पा का साथै छिमेको पालिका र जिल्ला का बासिन्दा ले समेत लिने गरेका छन्।

परिक्षणमा अस्पतालमा देखिएका समस्याहरुमा अस्पताल भए पनि व्यवस्थापन समितिले स्वास्थ्य चौकी स्तरकै कार्यविधि बनाएपनि अझै लागु नभएको लगायका देखिएको थियो । अस्तपलमा औषधी तथा उपकरण अभाव अर्को ठूलो चुनौती देखिएको छ।

नगर अस्पतालमा उपलब्ध औषधीको संख्या सीमित छ र हेल्थपोष्टकै ३९ प्रकारमात्र उपलब्ध छन्। भिडीयो एक्सरे सेवा, २४ घण्टे आपत्कालीन सेवा, फार्मेसीको पूर्ण सञ्चालन, एम्बुलेन्स पार्किङ तथा आपत्कालीन औषधी उपकरणको अभाव छ। मर्मत र प्राविधिक कर्मचारी नहुँदा उपकरणको सञ्चालनमा पनि समस्या देखिएको छ।

सामाजिक परिक्षणको भेलामा स्थानीय प्रतिनिधि, स्थानिय उपभोक्ता,आमा समूह र स्वास्थ्य स्वयंसेवीहरूले सेवाको पहुँच, गुणस्तरी र आपत्कालीन सेवा सुनिश्चित गर्न आवश्यक सुधार सुझाव दिएका छन्।

हुमकला अर्यालले २४ घण्टे आपत्कालीन सेवा र भिडीयो एक्सरे उपलब्ध गराउनुपर्ने माग गगर्नु भयो। सोभा पाण्डेले अस्पताल नाम मात्रै रहेको तर सेवा स्तर अस्पताल जस्तो नभएको समस्या औँल्याउनु भयो। टीका कुमारी पौडेलले स्वास्थ्य बीमा औषधी भिडियो एक्सरे नभएको गुनासो राख्नु भयो्।

अस्पताल प्रमुख जेभी सुनारले सामाजिक परिक्षणको क्रममा अस्पतालमा देखिएका विभिन्न चुनौती र समस्या पहिचान भइसकेको वताउनु भयो्। उहाले समस्या क्रमशः समाधान गर्दै गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नेमा पूर्ण रूपमा प्रतिबद्धता रहेको बताउनु भयो। उहाले हामी आफना समस्याहरु नगरपालिकामा राखेका छौ क्रमस समाधान हुदै जालानउहाले भन्नु भयो।

स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत हेमराज पन्थीले नगर अस्पतालमा देखिएका समस्या समाधान गर्न औषधी आपूर्ति, उपकरण व्यवस्थापन र सेवा प्रवाह सुधारका लागि पहल भैरहेको बताउनु भयो। अस्पताल संञ्चालनमा चुनौतीहरू पहिचान भइसकेको छ र क्रमशः सुधार गर्ने प्रक्रिया सुरु भइसकेको उहाले भन्नु भयो ।

गुणस्तरीय सेवा सुनिश्चित गर्न औषधी आपूर्ति नियमित रूपमा हुने, आवश्यक चिकित्सकीय उपकरणको समयमै व्यवस्थापन हुने र क्लिनिकल तथा सपोर्ट सेवाबीच समन्वय कायम गर्ने वताउनु भयो । उहाले समाजीक परिक्षणमा उठको कुरा अर्काे परिक्षण सम्म समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो।

कार्यक्रममा नगर उपप्रमुख बिना रानाले सामाजिक परिक्षणको भेलामा नगर अस्पतालमा सुधारका लागि प्राथमिकता दिइएका योजना र पहलबारे जानकारी गराउनु भयो । उहाले अस्पतालमा २४ घण्टे आपत्कालीन सेवा संचालन, भिडीयो एक्सरे सेवा स्थापना, आवश्यक औषधी आपूर्ति, र अन्य चिकित्सकीय उपकरणको व्यवस्थापनका लागि नगरपालिकाले बजेट र सहयोग सुनिश्चित गर्ने वताउनु भयो ।

उपप्रमुखले अस्पताललाई केवल नाम मात्रको संस्था नबनाइ वास्तविक उपचार र स्वास्थ्य सेवा दिने योग्य बनाउने लक्ष्य नगरपालिकाको रहेको बतानु भयो। अस्पतालको पूर्वाधार र सेवा गुणस्तर सुधारका लागि नगरपालिकाले १ करोड बजेट विनियोजन गरेको समेत बताउनु भयो।

उहाले अझैपनि समुदायमा स्वास्थ्यक्षेत्र लाई भन्दा पुर्वाधार लगायका क्षेत्रमा बढी बजेट माग गर्ने चलन रहेको भएपनि आफुहरुले स्वास्थ्य क्षेत्रलाई बिषेश महत्वका साथ अघि बढाएको बताउनु भयो। उहाले सामाजिक परिक्षणमा उठेका समस्या र सुझावहरूलाई प्राथमिकता दिँदै क्रमशः सुधारको काम अगाडि बढाइने बताउनु भयो।

सामाजिक परिक्षणले नगर अस्पतालका कमजोरी र सेवाग्राहीको भोगाइ उजागर गर्दै सुधार आवश्यक क्षेत्रहरु पहिचान गर्न सहयोग गरेको सहभागीहरुको भनाई छ।

नगरपालिकाले आफुहरुले गरेको काममा अझै केहि थप्नु पर्ने सुधार गर्नु पर्ने लगायको कामको लागी तेश्रो पक्षलाई सामाजिक परिक्षण गराएर अस्पतालको सेवा गुणस्तर सुधार, पूर्वाधार सुदृढीकरण र सेवाग्राही सन्तुष्टि अभिवृद्धि गर्न मार्गदर्शन गर्ने भएकोले यो कार्य गरिएको स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले बताउनु भयो । उहाले नगरका सबै स्वास्थ्य संस्थामा समाजीक परिक्षण हुने समेत बताउनु भयो ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :