भीममा १० बर्षपछि पुन सुरु भयो एपेन्डिक्स र हर्नियाको शल्यक्रिया

असोज महिनामा मात्रै ६ जना बिरामीको एपेन्डिक्सको शल्यक्रिया

स्वास्थ्यसमाचार/ भैरहवास्थित भीम अस्पतालमा असोज महिनामा ६ जना बिरामीको एपेन्डिक्सको शल्यक्रिया (अपरेशन)भएको छ ।एपेन्डिसाइटिस भइ उपचारका क्रममा भीम अस्पतालमा आएका ६ जना बिरामीको शल्यक्रिया गरिएको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा मोहम्मद नुरुल होदाले बताए ।

त्यस्तै भदौ महिनामा २ जना बिरामीको एपेन्डिक्सको शल्यक्रिया गरिएको डा। होदाले जानकारी दिए । ‘म भीम अस्पतालमा गत भदौ १ गते हाजिर भए । भदौमा २ वटा शल्यक्रिया भयो । एपेन्डिक्सका बिरामी अस्पतालमा आउने क्रम बढेको छ, ’उनले भने ।हाल भीम अस्पतालमा मेसु डा मोहम्मद नुरुल होदासहितको टीमले एपेन्डिक्सको शल्यक्रिया गरिरहेको छ ।

उनले लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सर्जन डा राजीव ढकाललाई भीम अस्पताल पठाएको र सम्भवत उहाँ आज मंगलबार  अस्पतालमा हाजिर हुने डा। होदाले बताए । अस्पतालमा एक जना सर्जन थपिएपछि टीम मिलेर काम गर्दा नागरिकले अझ प्रभावकारी रुपमा सेवा पाउने उनले विश्वास व्यक्त गरे ।

‘मैले प्रशासनिक काम पनि हेर्नुपर्ने हुन्छ, त्यसैले अब हामी दुईजना भएपछि काम गर्न सहज हुने भयो, ’उनले भने । जटिल अवस्थाबाहेक एपेन्डिक्स र हर्नियाका बिरामीको शल्यक्रिया सेवा भीम अस्पतालमा उपलब्ध रहेको उनले बताए ।

भीम अस्पतालमा एक दशकपछि एपेन्डिक्स र हर्नियाको शल्यक्रिया पुन: सुरु भएको छ । अस्पतालमा एपेन्डिक्स, हर्निया र हाइड्रोसिलको शल्यक्रिया सुरु भएपछि बिरामीले यसको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पताल आउने बिरामीलाई गुणस्तरीय सेवा दिन लागिपरेको बताए।

सम्बन्धित शिर्षक :