लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विमाका बिरामी धान्नै मुस्किल

आर्थिक बर्ष २०७९ / ८० मा १लाख ३४ हजारले सेवा लिए ७४ हजार महिला र वाकी ५६ पुरुष

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई स्वास्थ्य बिमाका बिरामी धान्नै मुस्किल भएको छ।  अस्पतालको स्वास्थ्य बिमाबाट आर्थिक बर्ष २०७९/८०को साउन सम्म १लाख ३४ हजारले सेवा लिएका छन। त्यसमा ७४ हजार महिला र अन्य वाकी ५६ हजार पुरुष रहेका छन।

अस्पतालको स्वास्थ्य बिमा प्रमुख भागिरथ रानाका अनुसार अस्पतालमा ४ वटा काउण्टरबाट बिमा सेवा दिएको बृद्ध जेष्ठ नागरिक हरुलाई छुट्टै काउन्टरको ब्यबस्था गरेको वताउनु भयो।  दैनिक अस्पतालमा ६ सय देखी ९ सम्म सम्म बिरामीले बिमामा वाट सेवा लिएको बताउनु भयो।

बिमाबाट २६ करोड ४६ लाख ९ हजारका औषधी र सेवामा  प्रयोग भएको छ। त्यस मध्ये १० करोड ४६ लाखको  ल्याव र भर्ना शुल्कमा र वाँकी औषधी बितरण भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बिमाबाट सेवा लिनेको संख्या बढ्दो रहेको रानाको भनाई छ।

अस्पतालले बिमा बोड संग बार्षिक २६ करोड ४६ लाख ९ हजारको विल बिमा सेवा वापत को रकम दावी गरेको  गरेको छ । सरकार संग भुक्तानीको लागी पेस भएका फाईल मध्ये आर्थिक बर्षको सुरुवातमा वैशाख सम्म ५ करोड गत बर्षको ४ करोड गरि ९ करोड वाकी र त्यसपछिको सबै शुल्क वाकी रहेको रानाको भनाई छ। समग्रमा बाकी र अहिले सम्मको ११ करोड भन्दा बढी स्वास्थ्य विमा बोडमा भुक्तानीको लिन रहेको बताउनु भयो।

रानाले बिमामा केहि समस्या छन पहिलो भनेको सफ्टवेयर खुल्न समस्या छ भने अर्का तर्फ सरकारले बिमाबाट आउने रकम ढिला गर्दा औषधी र ल्याबका चाहिने सामान किन समस्या हुने बताउनु भयो।

अस्पतालमा बिमा सेवा लिएका बुटबल १४ का राम बहादुर क्षेत्रीले भने पहिले भन्दा धेरै सहज भएको छ अझै हामीलाई सहज औषधी पाउने ब्यबस्था भए राम्रो हुने बताउनु भयो। सुनलकी सरिता भुसालले पनि आफु  बिमा सुरु भएपछि अस्पतालबाट सेवा लिएको र अहिले बढी भिड भाड भएकोले अस्पतालको ध्यान त्यस तर्फ जानुपर्ने बताउनु भयो।

अस्पतालका शाखा अधिकृत राजन केसीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप बढी छ क्षमता भन्दा बढीलाई अस्पतालले सेवा दिएको बताउनु भयो। यस्तै चाप भयो थेग्न नसके कोटा तोक्नुपर्ने अबस्था आउने बताउनु भयो।

बिरामीको आकर्षण राम्रो सेवा दिएकोले विरामी आउनु भएको छ बिमामा अहिले केहि समस्या भएपनि क्रमश हटाउँदै थप ब्यबस्थित बनाउने शाखा अधिकृत केसीले बताउनु भयो।

अस्पतालका मेसु डा सुर्दशन थापा क्षेत्रीले स्वास्थ्य बिमा कार्यक्रममा थोरै रकम योगदान गरी बिमित भएमा सामान्य सेवाका साथै विशिष्ट उपचार सुविधा समेत प्राप्त गर्न सकिने भएकोले सेवाग्राही बढेको बताउनु भयो।

हाम्रो लुम्बिनी प्रादेशिक अस्पतालमा बिमाको चाप अत्याधिक रहेको र यसलाई ब्यवस्थापन गर्न थप काउन्टर कर्मचारी लगायतका  काम भइरहेकोले अब केहि समयमै सेवा सहज हुने बताउनु भयो।

स्वास्थ्य बिमा कार्यक्रमले प्रदान गर्ने सेवा 

राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमबाट स्वास्थ्य संस्थामा आकस्मिक परीक्षण, बहिरंग सेवामा परीक्षण, उपचार सेवा (तोकिएका १११८ प्रकारका औषधि), रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्स–रे, अल्ट्रासाउन्ड इत्यादि तथा शल्यचिकित्सा सेवा बिमा कार्यक्रमले निःशुल्क प्रदान गर्दछ।

तर कृत्रिम अंगहरू प्रत्यारोपण सेवा, कस्मेटिक सर्जरी (शल्य चिकित्साबाट सुन्दर गराउने), पावरदार चश्मा, सुन्ने यन्त्र, कृत्रिम दाँत उपचार सेवा र कृत्रिम गर्भाधान तथा लिंग परिवर्तन सेवा भने राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमले प्रदान गर्दैन।

चिकित्सकले सिफारिस गरेका १ हजार १ सय १८ प्रकारका औषधि, आँखाको शल्यचिकित्सा, दन्तचिकित्सक सेवा, कडा रोगको शल्यचिकित्सा समेत बिमा कार्यक्रमबाटै व्यहोरिन्छ।

अस्पतालका बिमा शाखा प्रमुख रानाले भने लुम्बिनी प्रादेशिक अस्पतालको बिमा फार्मेसी वाट  ९० प्रतिशत  औषधी उपलब्ध गराइएको बताउनु भयो। सरकारी बिमा कार्यक्रममा नेपालका ७७ जिल्लाका १८ लाख नागरिक र ४५० स्वास्थ्य संस्था आबद्ध भइसकेका तथ्याकं रहेको छ।

सम्बन्धित शिर्षक :