प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ, नर्भिकमा उपचार जारी

स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

‘छातीमा समस्या देखिएपछि नर्भिक भर्ना हुनुभएको छ’, उनले भने, ‘दिउँसोदेखि नै अप्ठ्यारो भयो भनिरहनुभएको थियो।’अस्पतालका सिइओ अजय मिश्रले प्रधानमन्त्रीको चेकजाँच भइरहेको बताए।

‘उहाँको चेकजाँच भइरहेको छ’, उनले भने,‘डाक्टरहरूसँग मेरो कुराकानी भएको छैन।’

सम्बन्धित शिर्षक :