जाजरकोट भूकम्प :सरकारले मृतक परिवारलाई २ लाख रुपैयाँ दिने

स्वास्थ्यसमाचार/सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएकाहरूलाई तत्काल मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा परी मृत्यु भएकाहरूलाई प्रति मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनकाअनुसार बैठकले भूकम्पमा परी निधन भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ भने शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

त्यस्तै, सरकारले भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ भने प्रभावित परिवारहरूलाई अस्थायी आवास र सुरक्षा प्रबन्ध मिलाउने निर्णय गरेको छ । बैठकले छिमेकी देशहरूसहित दातृ निकायबाट औपचारिकरुपमा प्राप्त हुने सहयोगलाई स्वीकार गर्ने निर्णय समेत गरेको छ ।

शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा मात्रै १५७ जनाको ज्यान गइसकेको छ भने डेढ सयभन्दा धेरै घाइते उपचाररत रहेका छन् ।

सम्बन्धित शिर्षक :