भेरी अस्पताल नेपालञ्जमा उपचाररत ३३ मध्ये ८ को अवस्था गम्भीर

स्वास्थ्यसमाचार/ गएराति जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार भेरी अस्पताल नेपालगञ्जमा भइरहेको छ । उपचाररत ३३ जना बिरामीमध्ये ८ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

भेरीमा उपचारका लागि ल्याइएका ३३ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । ८ जनाको अवस्था गम्भीर रहेको, २४ जनाको अवस्था सामान्य रहेको र १ जनाको अस्पतालमा पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भएको प्रजिअ पोखरेल जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार भेरी अस्पताल नेपालगन्जमा ३१ जना र एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । उपचाररत ३२ जनामध्ये १६ जना महिला र १६ जना पुरुष रहेको प्रकोप व्यवस्थापन टिमका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

जसमध्ये, नौ जना बालबालिका, एक जना गर्भवती महिला र पाँच जना ज्येष्ठ नागरिक रहेको श्रेष्ठले बताउनुभयो । उपचारका लागि नेपालगन्ज ल्याइएका घाइते बिरामीमध्ये १ जना बाँकेका, २१ जना जाजरकोटको, ९ जना रुकुम पश्चिमको र १ जना सल्यानको रहेको श्रेष्ठले जानकारी दिनुभयो । २६ जना जाजरकोटमा र ६ जना रुकुम पश्चिममा भूकम्पमा परी घाइते भएको उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षक :