बुटवल हस्पिटल सबै मापदण्ड पुरा गर्ने अस्पताल बन्न सफल :उपमेयर अर्याल

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा देवी अर्यालले बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुगेको स्वास्थ्य संस्था बन्न पुगेको बताउनु भएको छ ।

उहाँले धेरै स्वास्थ्य संस्थाहरु मापदण्डका आधारमा हेर्दा कमजोर देखिए पनि बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुरा गर्ने पहिलो अस्पताल बनेको प्रतिक्रिया दिनु भयो ।

बुटवल हस्पिटल प्रा लिको स्थलगत अवलोकनपछि उपमेयर अर्यालले एउटा स्वास्थ्य संस्थाले सरकारले तोकेका सबै मापदण्ड पुरा गरेको महसुस बल्ल भएको बताउनु भयो । बुटवललाई स्वास्थ्यका दृष्टिले समेत पहिलो बनाउनका लागि नीजि क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उहाँको भनाई छ ।

शिक्षामा जस्तै स्वास्थ्यमा पनि बुटवल अब्बल बन्नका लागि सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक भएकोमा उहाँको जोड छ । आफुहरु पटक पटक नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुसँग संवाद गरिरहेको अर्यालले बताउनु भयो ।

अस्पताल अनुगमनका उपमेयर अर्याललाई स्वागत गर्दै बुटवल हस्पिटल प्रा लिका अध्यक्ष चुन्न प्रसाद पौडेलले लगानी नीजि क्षेत्रको भएपनि यस्ता संस्थाहरु सबैका साझा नै हुने बताउनु भयो ।

अध्यक्ष पौडेलले बुटवलमा स्वास्थ्य क्षेत्रको स्तरोन्नती र नागरिकहरुको स्वास्थ्य उपचारका लागि सबै पक्षका वीचमा सहकार्य हुनु पर्नेमा जोड दिनु भयो ।

आजभन्दा २४ वर्ष अघि बुटवलको हस्पिटललाई बाट सेवा शुरु गरेको बुटवल हस्पिटल प्रा लि केहि समयबाट आफ्नै सुविधा सम्पन्न भवन चांदवारी चोकबाट सेवा शुरु गरेको छ ।

अस्पतालमा अहिले विभिन्न विषयका ३० जना भन्दा वढी विशेषज्ञ चिकित्सकहरु कार्यरत हुनु हुन्छ । भर्खरै एक सय वेड संचालन अनुमति पाएको हस्पिटलले अव नसिङ कक्षाहरु पनि संचालनको तयारी गरेको छ ।

सम्बन्धित शिर्षक :