स्वास्थ्यसमाचार/ फागुन १३ गते देखि २० गते सम्म सञ्चालन हुने दादुरा रुबेला खोप अभियानको तयारीले ओमसतिया गाउँपालिकामा तिव्रता लिएको छ । अभियानको क्रममा पालिकाका शत प्रतिशत बालबालिकालाई सहभागी गराउने उद्देश्य सहित यसको प्रचार प्रसार तिव्र बनाईएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित पालिका स्तरिय अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरु अभियानका क्रममा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अभियान सुरु हुनु अघि बालबालिका तथा उनीहरुका अभिभावकलाई जानकारी गराउन देखि अभियानका दौरान खोप केन्द्र सम्म उनिहरुलाई ल्याउन सहजीकरण गर्ने वडा नम्बर ४ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेले बताए । खोप धेरै संवेदनशिल रहेको छ…
समाचार
भ्रष्टाचारको माध्यम बन्यो स्वास्थ्य बिमा कार्यक्रम :सभामुख घिमिरे
स्वास्थ्यसमाचार/प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बिमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताउनुभएको छ ।राजनीतिक दल र जनप्रतिनिधिहरूको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यम बन्न गएको उहाँको भनाइ छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद् भवनमा आयोजना गरेको नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियामा बोल्नुहुँदै सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरूले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरूमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने स्पष्ट पार्नुभयो । सभामुख घिमिरेले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काममा…
अस्पतालको ११४ औं वार्षिकोत्सवमा म्याराथुन प्रतियोगिता सम्पन्न
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १४ औ वार्षिक उत्सवको अबसरमा आज म्याराथुन दौड प्रतियोगीता सम्पन्न भएको छ । तिलोत्तमाको जानकी नगरबाट बुटबलको राजमार्ग चौराह सम्म ३ किलोमिटर म्याराथुन दौड प्रतियोगीता भएको हो ।म्याराथुन दौडको अस्पतालका प्रशासकिय अधिकृत राजन केसी नर्सिङ प्रमुख ज्योति पौडेलले उदघाटन गरेको म्याराथुन दौडमा म्याराथुनमा महिला तर्फ लक्ष्मी बोहोरा प्रथम ममता पाण्डेय दोश्रो र लक्ष्मी तामाड तेश्रो भएकी छन । भने पुरुष तर्फको म्याराथुन प्रतियोगितामा हिमाल कार्की प्रथम राजकुमार बुढा दोश्रो र दुर्गा बहादुर सार्की तेश्रो भएको अस्पतालका नासु चिरञ्जीवि घिमिरेले बताए। बिजेता हरुलाई खेल संयोजक…
तिलोत्तमामा ४७ हजार वालवालिका लाई दादुरा–रुबेला खोप लगाइने
स्वास्थ्यसमाचार/ तिलोत्तमामा फागुन १३ गते देखी दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार १३ फागुन देखि १७ गते सम्म खोप अभियान सञ्चालन हुने भएको हो। नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशब भट्टराईका अनुसार तिलोत्तमामा ४६ हजार ७ सय ६० जना वालवालिका लाई खोप लगाउने तयारी गरिएको बताउनु भयो। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले एक शन्देश जारी गदै तिलोत्तमा नगरपालिका फाल्गुन १३ गते देखि १७ गते सम्म वडा नं. १–१७वडाका तोकिएको समयमा र स्थानमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएकोले आफ्ना ९ महिना देखि १५ वर्ष…
रुपन्देहीमा ३लाख १४ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै
स्वास्थ्यसमाचार/ जन्मेको ९ महिनादेखि १५ वर्ष उमेर पूरा गरेका रुपन्देहीका ३ लाखभन्दा धेरै बालबालिकालाई यही फागुन १३ देखि २४ गतेसम्म दादुरा–रुबेला खोप लगाइने भएको छ । यसका लागि रुपन्देहीमा १ हजार १ सय खोप केन्द्र निर्धारण गरिएको छ ।२ हजार २ सय जना स्वास्थ्यकर्मीमार्फत जिल्लामा रहेका उक्त उमेर समूहका ३ लाख १४ हजार ७ सय ३८ जनालाई दादुरा रुबेलाको खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । दादुरा–रुबेला खोप अभियान २०८०/०८१ सम्बन्धी उक्त कार्यालयले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै रुपन्देहीमा २ चरणमा खोप लगाइने जनाएको छ ।…
स्वास्थ्य मन्त्रीको संसदमा आलोचना, एमालेले माग्यो राजीनामा
स्वास्थ्यसमाचार/प्रमुख प्रतिपक्षी दल एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले उनीहरूको माग गरेका हुन् । उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागेका थिए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको चर्चा गर्दै मन्त्रीको झन्डा हल्लाएर अख्तियारको बयान दिन जान लाज लाग्नुपर्ने बताए ।…
रुपन्देहीमा दादुरा रुबेला खोप अभियान दुई चरणमा
स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्चालन हुने भएको छ । यहि फागुन १३ गते बाट सुरु हुने अभियान अन्र्तगत पहिलो चरणमा रुपन्देहीका ९ वटा पालिकामा १३ फागुन देखि १७ गते सम्म सञ्चालन हुने छन् भने दोस्रो चरणमा फागुन २० देखि २४ गते सम्म ७ वटा पालिकामा खोप अभियान सञ्चालन हुने भएको हो । स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी, शुद्धोधन(जम्मा ९ पालिका) र दोस्रो चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरीमाई, मर्चावारी, कोटहिमाइ, मायादेवी(जम्मा ७ पालिका) मा खोप…
क्यान्सरको जोखिम देखिएपछि भारतमा कटन क्यान्डी बिक्रीमा प्रतिबन्ध
काठमाडौं । भारतमा केही राज्यले कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन् ।भारतको दक्षिणी राज्य तमिलनाडुले परीक्षण गर्दा क्यान्सर उत्पन्न गर्ने पदार्थ रोडामिन–बी भेटिएपछि गत हप्ता कटन क्यान्डी बिक्रीमा प्रतिबन्ध लगाएको हो । फेब्रुअरी महिनाको सुरुतिर केन्द्र शासित पुडुचेरीले पनि कटन क्यान्डीमाथि प्रतिबन्ध लगाएको थियो । अन्य राज्यहरूले पनि यसको नमुना परीक्षण गर्न थालेका छन् । भारतलगायत विश्वका विभिन्न देशमा कटन क्यान्डी खानेकुरा बालबालिकामाझ परिचित छ । तमिलनाडुको चेन्नई सहरका खाद्य सुरक्षा अधिकारी पी सतिश कुमारले कपास क्यान्डीमा हुने प्रदूषकले क्यान्सर निम्त्याउन सक्ने र शरीरका सबै अंगलाई असर गर्नसक्ने बताए ।…
बुटबलमा दादुरा-रुबेला बिरुद्धको खोप लगाउन घरघरमा निमन्त्रणा
स्वास्थ्यसमाचार /रुपन्देहीको बुटबल उपमहानगरपालिकामा दादुरा तथा रुबेलाबिरुद्धको खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ। उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको बसेको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख युवराज पान्डेले बताउनु भयो। उपमहानगरपालिकाको वडावडामा स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोपको पहुँचमा ल्याइने जानकारी दिँदै उनले खोप लगाउनका लागि स्वास्थ्यकर्मी स्यमसेबिका संञ्चारकर्मी संग अन्तरक्रिया गरिएको उहाले बताउनु भयो। बुटबलका सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ। महाशाखा प्रमुख पान्डेले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रूपमा खोप…
नवलपरासीमा दादुरा–रुबेलाविरुद्धको खोप दुई चरणमा लगाइने
स्वास्थ्यसमाचार /पश्चिम नवलपरासीमा एक लाख बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदैछ । अभियानकै रुपमा सञ्चालन गरी लगाउन लागिएको खोप जिल्लाका सात पालीकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा सञ्चालन गरिनेछ । जसअनुसार फागुन १३ देखि १९ गतेसम्म रामग्राम,सुनवल र बर्दघाट नगरपालिकामा सञ्चालन गरिनेछ भने फागुन २१ गतेदेखि २७ गतेसम्म पाल्हीनन्दन,सरावल,प्रतापपुर र सुस्ता गाउँपालिकामा सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिए । सरकारले दादुराबाट उच्च जोखिममा रहेका काठमाडौं र तराई जिल्लामा रहेका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो रोग विरुद्धको खोप लगाउँदैछ । बाँकी जिल्लामा रहेका ९ महिनादेखि…