लुम्बिनी प्रदेशले भुकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रकालागि डेढ करोड सहयोग गर्ने भएको छ ।शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्री परिषदको बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । साथै लुम्बिनी प्रदेश सरकारले गृह मन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभाबित जिल्लामा पठाउने निणर्य समेत गरेको छ ।लुम्बिनी प्रदेशले यस अघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । जाजारकोट र रुकुम पश्चिममा भुकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

कांग्रेसले भूकम्प पीडितको सहयोगका लागि ५० लाख दिने

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम  (पश्चिम )लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन् । कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा…

थप चिकित्सकीय जनशक्ति यथाशिघ्र उपलब्ध गराउनेछौँ : चिकित्सक संघ

स्वास्थ्यसमाचार /नेपाल चिकित्सक सङ्घले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन सङ्घ तयार रहेको बताएको छ । सङ्घले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपत्मा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाइ सकिएको पनि जानकारी दिएको छ । “भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट बारेकोट गाउँपालिका र अन्य विकट क्षेत्रमा भएको जनधनको क्षतिले नेपाल चिकित्सक सङ्घ स्तब्ध भएको छ”, सङ्घको विज्ञप्तिमा भनिएको छ, “राज्यलाई आवश्यक परेको अवस्थामा थप…

सरकारले भन्यो– भुकम्पमा परी १सय ३२ जनाको मृत्यु, १५८ घाइते

स्वास्थ्यसमाचार/शुक्रबार रातिको भूकम्पका कारण १३२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। प्रहरी संयन्त्रबाट संकलित यो तथ्यांक गृह मन्त्रालयमा बसेको सुरक्षा निकायका अधिकारीहरूसँगको बैठकमा प्रस्तुत गरिएको हो। तर, स्थानीय जनप्रतिनिधिले भने योभन्दा धेरै क्षतिको विवरण टिपाएका छन्।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा हालसम्मको क्षति, उद्धार र राहतका कामबारे समीक्षा भएको छ। सशस्त्र प्रहरी बल, नेपालले दिएको जानकारी अनुसार, सबैभन्दा बढी मानवीय क्षति जाजरकोटमा भएको छ।जाजरकोटमा ९२ जनाको मृत्यु भएको विवरण सशस्त्रले संकलन गरेको छ। जजरकोटमा क्षतिग्रस्त भवन तथा अन्य संरचनामा च्यापिएका ३१ जनालाई जीवितै उद्धार गर्न सम्भव भएको…

जाजरकोट भूकम्प :उद्धार र उपचारमा सहयोग पुर्‍याउन लुम्बिनी सरकारले पठायो मेडिकल टिम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम(पश्चिममा मेडिकल टिम पठाएको छ। भूकम्प प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सक सहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको छ। उपचारमा चाहिने ‍औषधी र विशेषज्ञ स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाइएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। सरकारको तर्फबाट प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डे पनि प्रभावित क्षेत्रमा पुग्न थालेका छन्।

स्वास्थ्य मन्त्रालयसहित सबै सरकारी कार्यालय आजबाट ४ बजेसम्म

स्वास्थ्यसमाचार /आजदेखि स्वास्थ्य मन्त्रालयसहितका सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्नेछ । स्वास्थ्य मन्त्रालयसहित देशभरका सरकारी कार्यालय आजबाट ४ बजेसम्म मात्र नेपाल सरकारको सूचनामा उल्लेख छ । नेपाल राज्यभरका सबै सरकारी कार्यालय कार्तिक १६ आजदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि उपरान्ह ४ बजेसम्म खुल्ने जनाइएको छ । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म खुल्ने देशभरका कार्यालय कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १ घण्टा अगाडि नै विदा हुँदै आएको छ । हिउँदमा दिन छोटो हुने भएकाले ४ बजेसम्म मात्र सरकारी कार्यालय खुल्ने परम्परा छ ।शुक्रबार भने सदाझै विहान १० बजेदेखि…

आम्दा अस्पतालको थप २ सय शैया भवन प्रधानमन्त्रीद्धारा शिलान्यास

स्वास्थ्यसमाचार /प्रधानमन्त्री दाहालले आम्दा नेपालले सञ्चालन गरिरहेको सिद्धार्थ बाल तथा महिला अस्पतालको शय्या थपका लागि निर्माण हुन लागेको २ सय शय्याको भवनको शिलन्यास गरे । भवन निर्माणको लागत १० करोड रुपैंयाँ छ । उक्त रकम जापानस्थित आम्दा इन्टरनेसनलले सहयोग गर्ने भएको छ । दाहाल बोल्नुअघि बोल्दै आम्दा इन्टरनेशनलका अध्यक्ष डा. सिगोरु सुगानामीले आफ्नो वैवाहिक जीवनको आगामी वर्ष ५० औं वार्षिकोत्सव पुग्न लागेको र श्रीमान् श्रीमती मिलेर ५० वर्ष अवधिमा जम्मा गरेको रकम प्रधानमन्त्रीले आफ्नी श्रीमतीलाई व्यक्तिगत पत्र लेखेर आग्रह गरेको अवस्थामा उक्त रकम आम्दा नेपालको भवन निर्माणमा खर्च गर्ने प्रतिबद्धता…

हरियाली प्रवर्द्धन एवं सरसफाई अभियानमा तिलोत्तमाको ११४ औं श्रृखला

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले “ग्रिन तिलोत्तमा, क्लीन तिलोत्तमा“ अन्तर्गत ११४ औं संस्करण सम्पन्न भएको छ । हरेक महिनाको १ र १५ गते गरिंदै आएको सो कार्यक्रम अभियान तिलोत्तमा –३ को बुटबल पब्लिक स्कुलमा सम्पन्न भएको हो। सो कार्यक्रममा सहभागीहरूले सामाजिक चेतनाको विकाश विना फोहोर उत्सर्जन र बिसर्जन प्रकियालाई रोक्न नसकिने बताएका थिए । तिलोत्तमा वडा नम्बर ३ का अध्यक्ष कल्याण पौडेलको अध्यक्षता तथा नगर उप प्रमुख जागेश्वरी चौधरीकोे प्रमुख आतिथ्यतामा सम्पन्न सो अभियान अन्तर्गत तिलोत्तमा ३ को विभिन्न टोल भित्रि सडक तथा सार्बजनिक स्थानहरुको सरसफाई गरिएको थियो। सो अवसरमा बोल्दै नगर…

भारत यात्राको एक झल्को मात्रै सिक्नु छ धेरै :डा शम्भु खनाल

सधैं चिकित्सकमात्र भएर कति बस्नु भनेर एकाएक घुम्ने योजनामा सामेल हुन पुग्छौं हामी । केही समय बिरामी भन्दा पर, अस्पताल भन्दा पर , आफ्नो वासस्थानभन्दा कतै पर । कसैले आफुलाई नचिन्ने स्थानमा भ्रमण गर्नु आफ्नो मनको नजिक हुनु हो । सबैबाट पर तर आफैं भित्र नजिक । यो नितान्त एउटा यात्राको वर्णन हो सम्झनाको लागि । धैर्यता र समयको अभावमा यस कथामा प्रवेश नगर्नुहोला । Bored भएमा कुनै क्षतिपूर्तिको व्यवस्था भने छैन । घुम्ने ठाउँको एकीन नहुनाले राम्रोसँग तयारी गर्ने कुरा पनि भएन । विदा पनि मिलाउन पर्यो । कता…

राष्ट्रिय चिकित्सक संघ नेपाल दाङको अध्यक्षमा डा. रिजाल

स्वास्थ्यसमाचार/ राष्ट्रिय चिकित्सक संघ नेपाल दाङ्ग जिल्ला कार्यसमितिको प्रथम अधिवेशन तथा भेला राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश तथा राष्ट्रिय चिकित्सक संघ लुम्विनीको आयोजनामा लुम्विनी प्रदेश कमिटीका का.वा. अध्यक्ष दोर्ण वहादुर ओलीको अध्यक्षतामा तथा एमाले केन्द्रीय महासचिव शंकर पोखरेलको प्रमुख आथित्यमा सम्पन्न भएको छ। कार्यक्रममा डा. पुस्प राज रिजालको नेतृत्वमा पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। जसमा उपाध्यक्ष डा. सुदेश जंग थापा, सचिव डा. शिशिर पोख्रेल, कोषाध्यक्ष डा. चुडामनी न्यौपाने, सहसचिव डा.प्रकाश साहु, सहकोषाध्यक्ष डा. सन्दिप न्यौपाने, सदस्यहरुमा डा.रीम खड्का, डा.हेमन्त खड्का, डा.जनक गुरुङ, डा. विकास न्यौपाने, डा. श्रीधर खनाल,…