महिनाभित्रै लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा दोब्बरले वृद्धि हुन्छ : मेसु ढकाल

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपेरिटेन्डेन डा. ईन्द्र ढकालले शल्यक्रिया सेवाका लागि महिनौ कुर्नुपर्ने अवस्थालाई कम गर्न क्षमता वृद्धि गरिने बताएका छन् । उनले शल्यक्रिया कक्ष थप गरी एक महिना भित्रै सेवालाई दोब्बरले वृद्धि गरिने उल्लेख गरेका छन् । अस्पतालमा सोमबार मेसुको रुपमा पदभार ग्रहण गर्दै ढकालले सेवालाई सरल र छितो छरितो बनाउन आफूले प्रयास गर्ने प्रतिवद्धता गरेका हुन । अस्पतालमा हाल प्रसूती कक्षतर्फ दैनिक १५/२० वटा शल्यक्रिया हुने गर्दछ भने अन्यतर्फ मेजर तथा माइनर अपरेशन (शल्यक्रिया) दैनिक २० वटासम्म हुने गरेको छ । दोस्रो कार्यकालका लागि मेडिकल…

लुम्बिनी प्रदेशकै चर्चित चिकित्सक डा.नन्दु पाठक :ओम बानियाँ

नाम सुनेको थिएँ तर भेट भएको थिएन । २०७२ सालको कात्तिकमा लुम्बिनी प्रदेशकै चर्चित चिकित्सक डा.नन्दु पाठकसँग उनकै घरमा भेट भयो । मैले आफ्नो परिचय दिएँ, बसोबासको ठाउँ बताएँ । डा. नन्दु मुसुक्क हाँस्दै बोले, ए, म त हजुरको घरमा गएको छु नि २० वर्ष पहिला साइकल चढेर । तपाईको घर चोकबाट पूर्वपट्टि, बाटोको बायाँतर्फ छ है भन्दै नन्दुले मेरो घरको लोकेसन, घरको रंग, कोठा तथा सिढी फेहरिस्त लगाए । त्यसताका नन्दु पाठक बुटवल बहुमुखी क्याम्समा आइएससी पढ्दै रहेछन् र उनी मेरो मामाको छोरा, राम भाइका सहपाठी रहेछन् । त्यसबेला…

लुम्बिनी प्रादेशिक,भिम ,कपिलबस्तु,र परासी अस्पतालका मेसु परिवर्तन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका चार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन। प्रदेश मन्त्री परिषद् बैठकले प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरुको प्रमुखहरुको सरुवा गरेको हो। स्वास्थ्य मन्त्री दिपेन्द्र पुनका अनुसार गुल्मी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बञ्जाडेलाई कपिलवस्तु अस्पतालमा सरुवा गरिएको छ । भिम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मोहमद नुरुल होदालाई पृथ्वी चन्द्र अस्पताल परासी र डा.शकुन्तला गुप्ता लुम्बिनी प्रादेशिक अस्पतालबाट भिम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रुपमा सरुवा गरिएको स्वास्थ्य मन्त्री पुनले जानकारी दिए । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा.इन्द्र ढकाललाई बनाउने निर्णय भएको छ । बिगत लामो समय देखी गुल्मीमा मेसु…

लुम्बिनीका स्वास्थ्य सचिव डा उपाध्यायको पदबहाली र पन्थीको बिदाई

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायले पदभार ग्रहण तथा वर्तमान सचिव डा जनार्दन पन्थीको बिदाई गरेको छ। स्वास्थ्य मन्त्रालय लुम्बिनीद्वारा संघबाट सरुवा भएर आउनु भएको डा उपाध्यायको स्वागत तथा पदबहाली तथा वर्तमान सचिब पन्थीको बिदाई गरेको हो। लुम्बिनीमा सचिब भएर आउनु भएका डा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक हुनुहुन्थ्यो । पदभार ग्रहण गर्दे डा उपाध्यायले मृत्युदर घटाउन स्वास्थ्य कार्यालय मार्फत चरण बध कार्यक्रमहरु सन्चालन गरिने वताउनु भयो । त्यस्तै उहाले नसर्ने रोग व्यवस्थापन र मानसिक स्वास्थ्य प्रबर्द्धन गर्न आयुर्वेद कार्यक्रम हरु थप प्रभावकारी बनाउनेस्वास्थ्य क्षेत्रको सुधार गर्दै…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएसका कक्षा सञ्चालन गर्न प्राध्यापहरू नियुक्ति प्रक्रिया शुरु

स्वास्थ्यसमाचार/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस कक्षा सञ्चालनका लागि प्राध्यापक नियुक्ति प्रक्रिया थालिएको छ ।विज्ञापन गरेर प्रतिष्ठानले विशेषज्ञ शिक्षकहरूको नियुक्ति प्रक्रिया शुरू गरेको हो । हाल वेसिक साइन्सतर्फका विशेषज्ञ शिक्षकहरूको नियुक्ति प्रक्रिया अघि बढाइएको र अब छिट्टै चिकित्सा शिक्षा आयोगबाट पनि प्रतिष्ठानमा एमविविएस सञ्चालनका लागि विशेष अनुगमन हुने उपकुलपति डा। विकास लामिछानेले जानकारी दिनुभयो । एमविविएस कक्षा सञ्चालन गर्न अन्य तयारी पनि तीब्र पारिएको हो । काठमाडौंमा पाठ्यक्रम बनाउन गोष्ठी सञ्चालन गरेको प्रतिष्ठानले पाठ्यक्रमलाई अन्तिमरुप दिने तयारी गरेको छ । प्रतिष्ठानका रजिष्टार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानमा एमविविएस सञ्चालन भएमा यहाँको आर्थिक,…

नेपालगन्जमा गर्भवती महिलामाथि बोक्सीको आरोपमा कुटपिट

स्वास्थ्यसमाचार/नेपालगन्ज- १२ मुक्तिनगरमा डेरामा बस्दै आएकी महिलामाथि बोक्सीको आराेप लगाउँदै कुटपिट भएकाे छ । बर्दिया बाँसगढी- ४ नेवदा घरभई हाल नेपालगंज उपमहानगरपालिका-१२ मा डेरा गरी बस्ने ३२ वर्षीया मिरा थारु (सार्की) माथि कुटपिट भएकाे हाे । पीडित सार्कीले ६ जनाकाे समुहले आफूमाथि ज्यान मार्ने उद्देश्यले जातीय विभेद गर्नुका साथै बोक्सीकाे आराेपमा निर्घात कुटपिट बताउनु भएकाे छ । उहाँले १२ जनाकाे नाममा ज्यान मार्ने उद्योग, जातीय छुवाछूत र बाेक्सी आराेपमा जिल्ला प्रहरी कार्यालय बाँकेमा किटारी जाहेरी दिनु भएकाे छ । मुक्तिपुरमै डेरी गरी बस्ने ४२ की अनिता थापा तामाङ्ग,तामाङ्गकी छाेरीहरू २१…

तीन दिन लुम्बिनी र सुदुरपश्चिम तातो हावा र तातो लहरको सम्भावना

स्वास्थ्यसमाचार/जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ। हिजो ती क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन गरिएको थियो । जेठ १६ देखि १८ गतेसम्म तराईका भू(भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने जनाइएको…

चर्को घाममा बाहिर निस्किंदा के गर्ने ?

गर्मी बढेसँगै लु लगायत विभिन्न स्वास्थ्य समस्याको जोखिम पनि बढ्ने गर्छ । त्यसैले चर्को गर्मीमा बाहिर ननिस्कनु राम्रो मानिन्छ । तर बाहिर काम हुनेहरूका लागि यो सम्भव हुँदैन । त्यसैले दिउँसो चर्को घाममा घरबाट बाहिर निस्कनु परेमा यी पाँच कुरा ख्याल गर्नुपर्छ । फिक्का रंगको खुकुलो सुतीको कपडा लगाउने गर्मीमा फिक्का रङको लुगा लगाउनाले पसिना आउनबाट रोक्छ र चिडचिडापनबाट टाढा राख्छ । गाढा रङका कपडाले भने घामको रापलाई सोस्ने गर्छ, जसले गर्दा अत्यधिक पसिना आउँछ र घमौरा समेत आउँछ । त्यसैले गर्मी मौसममा घाममा निस्कनुअघि हल्का रंगको सुतीको कपडा लगाउनुपर्छ…

स्वास्थ्यकर्मी सुरक्षा ऐनलाई कडाइका साथ कार्यान्वयनमा लैजान जोड

स्वास्थ्यसमाचार /सरकारले ल्याएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन २०७९’ को राजनितिक हस्तक्षेप नगरेर कानुन कार्यान्वयनमा जोड दिनुपर्ने सरोकारवाला सबैले बताएका छन् । नेपाल चिकित्सक संघ काठमाडौंको आयोजनामा मंगलवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको ऐनको प्रचार–प्रसार कार्यक्रममा वोल्ने सरोकारवालाले कानुन आउनु अहिलेसम्मकै स्वास्थ्यकर्मीहरुको ठुलो पुजि र उपलब्धी भएको भन्दै यसको सही कार्यान्वयन गरेर कानुनी राज्यको स्थापना गर्नुपर्ने बताएका हुन् । नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले ऐन आउनु सुखद पक्ष भएको भन्दै…

स्वास्थ्यमा ८६ अर्ब २४ करोड बजेट ? यी हुन् बजेटमा परेका २८ बुँदा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । मंगलबार संसदका दुवैमा सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन उक्त जानकारी दिएका हुन् । प्राथमिकता शिक्षा र स्वास्थ्यको विकासलाई पाँच प्राथमिकतामा राखेर ल्याइएको बजेटमा स्वास्थ्यका अधिकांश पूरानै कार्यक्रम समावेस गरिएका छन् । १. आधारभूत स्वास्थ्य सेवा निःशुल्क र आकस्मिक सेवा अनिवार्य गर्नका लागि प्रबन्ध गरिने २. प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिने ३. निर्माण सम्पन्न भएका ५, १०, १६ शय्याका अस्पताललाई मापदण्ड बनाएर संचालन गरिने । निर्माणाधीन…