स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालमा १ वर्षमा १२ हजार ९ सय ३० जनाले प्रसूती सेवा लिएका छन। । आर्थिक बर्ष २०७८को साउन देखी २०७९ असार सम्म १२ हजार ९ सय ३० जनाले अस्पतालमा प्रसूती सेवा लिएका हुन। अस्पतालमा ८५सय ४५ जना नर्मल डेलिभरि र ४३सय६६ जनालाई अप्रेशन वाट सुत्केरी भएका छन। लुम्बिनी प्रादेशिक अस्पतालको तथ्याक अनुसार साउनमा ११सय १८ भाद्रामा १२सय ८६ असोजमा१३सय २४ कार्तिकमा १२सय १ मंसिरमा ११सय ७७ पुसमा ११सय १७ माघमा ११सय ४३ फागुनमा ९सय ९४ चैत्रमा ८सय ८१ वैसाखमा ८सय ४८ जेठमा ८सय २८ र असारमा…
महिला स्वास्थ्य
प्रस्तावित भालुबाङ्ग अस्पतालबाट शल्यक्रियामार्फत प्रसुति सेवा सञ्चालन हुने
स्वास्थ्यसमाचार/प्रस्तावित भालुबाङ्ग अस्पतालबाट शल्यक्रियामार्फत प्रसुति सेवा सञ्चालन हुने भएको छ ।राप्ती गाउँपालिका र निक साइमन इन्सिच्यूटको विचमा चार वर्षे सम्झौता भएको हो । सम्झौता छिट्टै कार्यान्वयनमा आउने र कार्यान्वयन भएमा जटिल प्रकारको प्रसुति सेवा सञ्चालन हुने छ । सामान्य मात्रै प्रसुति सेवा प्रदान गरिँदै आएकोमा अब जटिल अवस्थाको शल्यक्रियामार्फत प्रसुति सेवा समेत सञ्चालन हुने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले जानकारी लिए । शल्यक्रिया गरेर प्रसुति गराउनुपर्ने अवस्था भएका आमाहरूलाई घोराही अथवा बुटवल रेफर गर्नुपर्ने बाध्यता थियो । शल्यक्रियाका लागि एमडी जनरल फिजिशियनसहितको स्वास्थ्यकर्मी र उपकरण निक साइमनले उपलब्ध गराएको छ…
सीमित जनशक्तिका बिच सेवामा सुधार गर्दै भिम अस्पताल
स्वास्थ्यसमाचार/ भिम अस्पताल भैरहवामा सिकलसेलका बिरामीहरुलाई लक्षित गर्दै परिक्षण सेवा सुरु भएको छ । यस अघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मात्र रहेको यो सेवालाई भिम अस्पतालले पनि निशुल्क रुपमा सुरु गरेको छ । बिशेष गरि थारु समुदायमा हुने यो रोगको परिक्षण भैरहवामै सुरु भए पछि भैरहवा तथा यस आसपास बसोबास गर्ने विपन्न थारु समुदायको रोग निदानमा राहत हुने छ। अस्पतालका मेसु डा शकुन्तला गुप्ताका अनुसार भिम अस्पतालमै अहिले अत्याधुनिक सिटी स्क्यान मेशीन आई पुगेको छ । केही दिनमै जडान हुने तयारीमा रहेको यो सेवाले पनि अस्पतालको सेवामा सुरु हुने बताईन।…
“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”
“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ” भन्ने नाराका साथ २०७९ श्रावण १६ देखि २२, (अर्थात अगष्त १ देखि ७, २०२२) देखि विश्व स्तनपान सप्ताह मनाईदै छ । ”स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”भन्ने नाराका उद्देश्यका साथ यस वर्ष पनि मनाउन लागिएको हो, सन् १९९२ देखि नै यो सप्ताह मनाइँदै आईरहिएको छ । सोमबार देखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइँदै छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । तर, यो अभियान प्रभावकारी हुन सकेको छैन…
युनिसेफ -डब्लूएचओको संयुक्त अपिल :स्वस्थ भविष्यका लागि नवजात शिशुलाई स्तनपान गराउ
स्वास्थ्यसमाचार/ स्तनपान हरेक नवजात शिशुको लागि अमृत जस्तै हो। आमाको दूधलाई बच्चाको लागि पूर्ण आहार मानिन्छ, यसमा बच्चाको पोषणको लागि आवश्यक पर्याप्त तत्वहरु हुन्छन्। यही कारणले गर्दा सबै आमाहरूलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन सल्लाह दिइन्छ। अगष्टको पहिलो सातालाई स्तनपानका फाइदाबारे मानिसहरूलाई सचेत गराउने उद्देश्यले ‘विश्व स्तनपान सप्ताह’को रूपमा मनाइन्छ। यसै क्रममा यस वर्ष युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले स्तनपानमा जोड दिँदै स्तनपानका स्वास्थ्य लाभका बारेमा जानकारी दिएका छन् । युनिसेफ र डब्लुएचओले विश्वभरका मानिसहरूलाई स्तनपानको बारेमा चेतनाको लागि अपिल गरेका…
स्तनपान सप्ताह-२०७९: ‘जन्मनेबित्तिकै किन खुवाउने आमाको दूध ?’
स्वास्थ्यसमाचार / शिशुका लागि आमाको दूधको महत्त्वसम्बन्धी जनचेतना जोगाउने उद्देश्यले हरेक वर्ष अगस्त १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । यस वर्ष नेपालमा ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मूल नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ । सन् १९९० मा इटलीमा सरकारी नीति निर्माताहरू, विश्व स्वास्थ्य संगठन, युनिसेफ र सरोकारवालालगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको एक भेला भयो । उक्त भेलाले ‘इन्नोसेन्टी घोषणापत्र’ जारी गर्यो । उक्त भेलामा विश्वव्यापी रूपमा स्तनपान प्रवर्द्धनका लागि अगस्त १ देखि ७ तारिखसम्म ‘स्तनपान सप्ताह’ मनाउने निर्णय गरेको थियो । यसैअनुसार…
स्तनपान सप्ताह-२०७९को सन्दर्भमा यौटा कविता
शिशुको लागि स्तनपान हो अमृतसमान । यो कुरामा हामी सबैले दिनुपर्छ ध्यान ।। जन्मेपछि स्तनपान शुरु एकघण्टा भित्र । छ महिनासम्म क्यै चाहिन्न स्तनपान मात्र।। दुई बर्षसम्म निरन्तर स्तनपानको खाँचो। बच्चाको बृद्धि विकासमा यो कुरा हो साँचो।। शिशुलाई हो पहिलो खोप आमाको दूध नै। रोगसँग लड्ने शक्ति पाइन्छ यसमा है।। बच्चाको लागि स्वस्थकर सर्बोत्तम खाना। पौष्टिक तत्व भरिपूर्ण असल सोह्रै आना।। स्तनपानले मद्दत पुग्छ जन्मान्तर कायम राख्न। अमृतसरि आमाको दूध हुँदै हुन्न खेर फाल्न ।। आमा र बच्चाको बीचमा आत्मीयता बढाउँछ। जति चुसायो शिशुलाई त्यति नै दूध आउँछ।। स्तनपायी आमालाई…
स्वास्थ्य र पर्यावरण जोगाउन साईकल चड्नु राम्रो : नगर प्रमुख शर्मा
स्वास्थ्यसमाचार / मानव विकासको कुनै वेला अभिन्न सहयोगि रहेको साईकल आज भोलि बिहान र बेलुकाको साथी बनेको छ ।दैनिक जीवनमा साइकलको बढीभन्दा बढी प्रयोग गर्नसके यसबाट मानिसको स्वास्थ्य र पर्यावरण जोगाउन योगदान दिने सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले बताए । विशेष गरि विद्यालय जाने नानी बाबुहरुका लागि पनि जसले साइकललाई सजिलैसँग कन्ट्रोल गर्नसक्छ उनीहरुलाई हामीले साइकलको व्यवस्था गरिदियो भने स्वस्थ सँगसँगै जाँगरिला पनि हुने कुरा व्यक्त गर्नुभयो ।हिजो आजको दिनमा मानिसहरूले आफ्नो दैनिक गुजारा गर्नका लागि विलासिताका साधनहरु प्रयोग गरेको पाउँछौं भने पछिल्लो समयमा आएर विशेषतः साइकलको प्रयोग…
लुम्बिनी प्रदेशमा १३ प्रतिशत आमा अस्पताल नदेखि घरमै सुत्केरी
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वाथ्य क्षेत्रमा पहुँच विस्तार भएको दावि गरिएपनि अझै १३ प्रतिशत भन्दा बढि महिलाले घरमै बच्चा जन्माउने गरेको पाइएको छ । प्रदेशका केही पालिकाहरुले ‘घरमा सुत्केरी शुन्य पालिका’ अर्थात सुत्केरी हुँदा अनिवार्य रुपमा स्वाथ्य केन्द्र, चौकी वा अस्पतालमा गराउने गरी घोषणा गरेको भए पनि सरकारी तथ्यांकबाट नै अझै महिलाहरु स्वाथ्य चौकीको पहुँच सम्म पुग्न नसकेको प्रष्ट भएको हो । लुम्बिनी प्रदेशको स्वाथ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९ मा दक्ष प्रसुतीकर्मीबाट सुत्केरी भएका महिलाहरुको संख्या जम्मा ८७ प्रतिशत रहेको छ ।आर्थात १३ प्रतिशत महिलाहरु अझै दक्ष…
जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग’ बिषयक पत्रकारिता तालिम सम्पन्न
प्रेम सुनार स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका पत्रकारहरुको तालिम मंगलबार बुटवलमा सम्पन्न भएको छ । युएसएड, सुआहरा दोश्रो र युनिसेफको आयोजना र नेपाल सरकार, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सुचना केन्द्र र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्व्यमा दुई दिन सम्म सञ्चालि ‘ जोखिम सञ्चार र स्वास्थ्य रिर्पोटिङ्ग’ बिषायक पत्रकारिता तालिमको समापन गरिएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरिको अध्यक्षता र नेपाल सरकार , स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीको प्रमुखको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथीको आशनबाट नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका…