स्वास्थ्यसमाचार बुटबल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गरे । ‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार तथा पर्यटन, कृषि उद्योग–व्यापारका थप सम्भावनाहरुको विकासलाई प्राथमिकतामा राखिएको छ । नीति कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यविधिहरु आ.व. २०७६÷०७७ को भाद्र महिना भित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएको छ । नगर प्रमुख शिवराज सुवेदी द्धारा…
महिला स्वास्थ्य
अनिच्छित गर्भधारण गर्दै नेपालका ४५ प्रतिशत महिला
हरि बाँस्तोला काठमाडौं । २१औँ शताब्दीमा परिवार नियोजनका साधनमा पहुँच नपुगेकै कारण नेपालका ४५ प्रतिशत महिला अनिच्छित गर्भधारण गर्न बाध्य भएका छन् । गुट्माकर इन्स्टिच्युट, वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) द्वारा गरिएको एक अध्ययनको प्रतिवेदनले नेपालमा ठूलो सङ्ख्याका महिला यस्ता साधनको पहुँचकै अभावमा अनिच्छित गर्भधारण गर्न बाध्य भएका हुन् । सन् १९१७ मा गरिएको अध्ययनले नेपालमा हरेक वर्ष १२ लाख महिला गर्भवती हुने गरेको उल्लेख गर्दै प्रतिवेदनमा तीमध्ये पाँच लाख ३९ हजार अनिच्छित हुने गरेको यहाँ आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख छ । अनिच्छित…
दाङको तुल्सीपुर उप महानगरपालिकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती
स्वास्थ्य समाचार दाङको तुल्सीपुर उप महानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक अनुसार उपमहानगर पालीकामा २० वर्ष भन्दा मुनिका ३सय ७५ महिला गर्भवती भएका छन् । यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको शाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए । चालु आर्थिक वर्षको आठ महीनामा ३सय ७५ किशोरी गर्भवती जाँच गर्न आएको केसीको भनाई छ । साथै चालु आर्थिक बर्षमा २० वर्ष भन्दामुनिका १७ जनाले गर्भपतन गराएका छन् । अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन, गर्भपतन र अस्थायी साधन प्रयोगगर्ने किशोरीहरुलाई हेर्दा डरलाग्दो स्थीति छ केसीले भने । अहिले उप…
सैनामैना नगरपालिकाका ७१ स्वास्थ्य स्वंयसेविकालाई दोसल्ला ओढाएर सम्मान
स्वास्थ्यसमाचार सैनामैना नगरपालिकाले स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको छ ।नगपालिकाले महिला स्वास्थ्य स्ंवयमसेविकाहरुलाई दिर्घकालिन सेवाको लागि सम्मान जनक बिदाई एवम् प्रोत्साहन कार्यक्रमको आयोजना गरी सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी,स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले नगर भित्र रहेका ७१ जना स्ंवयसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरे । विगत २५ वर्षदेखी अनवरत रुपमा स्ंवयसेविकाको रुपमा कार्यरत उमेरको हदबन्दी पुगेर बिदाई हुनहुने ३ स्ंवयसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप नगद २० हजारका दरले सम्मान गरिएको छ । जसमा महिला स्वास्थ्य स्वंयसेविका वडा न९ बाट पवित्रा चापागाई,वडा नं ११ बाट चन्द्रकला ज्ञवाली र…
