लुम्बिनी प्रादेशिक अस्पतालवाट १३ हजार महिलाले लिए प्रसूती सेवा

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालमा १ वर्षमा १२ हजार ९ सय ३० जनाले प्रसूती सेवा लिएका छन। । आर्थिक बर्ष २०७८को साउन देखी २०७९ असार सम्म १२ हजार ९ सय ३० जनाले अस्पतालमा प्रसूती सेवा लिएका हुन।

अस्पतालमा ८५सय ४५ जना नर्मल डेलिभरि र ४३सय६६ जनालाई अप्रेशन वाट सुत्केरी भएका छन। लुम्बिनी प्रादेशिक अस्पतालको तथ्याक अनुसार साउनमा ११सय १८ भाद्रामा १२सय ८६ असोजमा१३सय २४ कार्तिकमा १२सय १ मंसिरमा ११सय ७७ पुसमा ११सय १७ माघमा ११सय ४३ फागुनमा ९सय ९४ चैत्रमा ८सय ८१ वैसाखमा ८सय ४८ जेठमा ८सय २८ र असारमा १हजार १३ जना गरि १२ हजार ९ सय ३० जनाले गर्भपतन सेवा लिएका छन।

अस्पतालका नर्सिड ईनर्चाज ज्योती पौडेलका अनुसार अस्पतालमा परिवार नियोजना खोप लगायतका सेवाहरु लिएको तथ्याक जोडदा अस्पताल १५ हजार भन्दा बढीले सेवा लिएको बताईन।

अस्पतालका मेसु डा ईन्द्र ढकालले भने अस्पतालमा सबै सेवा बिस्तार भैरहेको छ अस्पतालमा सेवा लिनेको भिड रहेकोले संख्या भन्दापनि गुणस्तरी छिटो छरितो सेवा अस्पताले दिएको बताए ।अस्पताल सबै बिभागबाट सेवा लिनेको संख्या २लाख ८३ हजार बढी रहेको डा ढकालले बताए।

 

सम्बन्धित शिर्षक :