“ स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ” भन्ने नाराका साथ २०७९ श्रावण १६ देखि २२, (अर्थात अगष्त १ देखि ७, २०२२) देखि विश्व स्तनपान सप्ताह मनाईदै छ । ”स्तनपानलाई बढाउन जनचेतना अभिबृद्धि गर्न सहयोग गरौ”भन्ने नाराका उद्देश्यका साथ यस वर्ष पनि मनाउन लागिएको हो, सन् १९९२ देखि नै यो सप्ताह मनाइँदै आईरहिएको छ ।
सोमबार देखि सुरु भएको विश्व स्तनपान सप्ताह नेपालमा पनि मनाइँदै छ । आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म यो दिवस मनाउने गरिन्छ । तर, यो अभियान प्रभावकारी हुन सकेको छैन । यसैका ज्वलन्त उदाहरण पनि छन् शिक्षित मानिएका वर्गलाई त अझै स्तनपान बारेमा राम्रो ज्ञान छैन भने अशिक्षित वर्ग र दुर्गम ठाउँको अवस्था सजिलै अनुमान लगाउन सकिन्छ ।
नेपालमा कुपोषण जनस्वास्थ्यको समस्याको रुपमा रहेको छ । बालबालिका मात्र नभएर किशोरीहरु गर्भवतिहरु र बच्चा जन्माई सकेका आमाहरुको पोषण स्थिति सन्तोषजनक छैन कुपोषित आमाबाट जन्मेका शिशुहरु पनि प्रायः कुपोषित भएर जन्मन्छन्, त्यस्ता शिशुहरुलाई जिवनभर नै असर पर्न सक्दछ ।
स्वास्थ्य बच्चा जन्माउन रआमा स्वस्थ र निरोगि रहन गर्भवती अवस्थामा नै आमाले आफ्नो खानपान र स्वास्थ्यको हेरचाहमा बिशेष ध्यान दिनु पर्दछ ।
प्रत्येक शिशुलाई पोषक तत्व आमाको गर्भबाट प्राप्त हुनेहुनाले आमाको गर्भमा रहदा शिशुलाई चाहिने सम्पुर्ण पोषक तत्व आमाबाट लिने गर्दछ । अझ ६ महिना सम्म शिशुलाई आमाको दुध खुबाए मात्र पुग्दछ अरु कुनै खानेकुरा आवस्यक पर्देन शिशु जन्मेपछि स्वस्थ्य र निरोगि भई बढ्न र हुर्कनका लागि आमाको दुध नै सर्बोकृष्ट आहार हो ।
जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६’ को सर्वेक्षणका तथ्यांक अनुसार नेपालमा ३४ प्रतिशत शिशु अझै पनि पूर्ण स्तनपानबाट वञ्चित रहेको देखिन्छ । ४५ प्रतिशत शिशुले जन्मिएको एक घण्टाभित्र पनि आमाको दूध खान पाएका हुँदैनन्। ३० प्रतिशत शिशुलाई जन्मिने बित्तिकै अरु नै खानेकुरा खुवाउने गरिएको छ ।
१ प्रतिशत शिशुले त कहिल्यै आमाको दूध खान पाउँदैनन्। पूर्ण स्तनपान नगरेका बच्चामा कुपोषणको जोखिम हुन्छन्।
कुपोषणकै कारण बच्चा पुड्को र ख्याउटे हुनुका साथै मस्तिष्कको विकास पनि राम्ररी हुन पाउँदैन। नेपालमा स्तनपान गराउने महिलाको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्र रहेको छ ।५ वर्षमुनिका ३६ प्रतिशत बालबालिकाहरू पुड्कोपना, १० प्रतिशत ख्याउटेपना, २७ प्रतिशत कम तौल, ५३ प्रतिशत रक्त अल्पताबाट ग्रसित छन् ।नेपालमा हुने बाल मृत्युदरको ५३ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ ।प्रत्येक एक हजार जीवित शिशुको जन्म हुँदा २१ को मृत्यु हुने गरेको छ।
सो तथ्यांक अनुसार नेपालमा नवजात शिशुको जन्म पश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युदर एकदमै उच्च रहेको छ । यसका अतिरिक्त पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रत्येक १ हजारमा ३९ रहेको छ। सो तथ्यांक अनुसार नवजात शिशुको मृत्युको कारण विभिन्न संक्रमण हुनु, निसास्निु, समय भन्दा अगावै जन्मनु र चिसो हुनु लगाएतका हुन् । यी सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने छ ।
किन गराउँनु पर्छ स्तनपान ?
गर्भधारणको प्रक्रिया सँगै आमाको स्तनमा दूध बग्न थालेको हुन्छ । पहेँलो बिगौती दूध बच्चाका लागि अमृत समान हुन्छ, जसले बच्चामा धेरै रोगहरूसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ । जन्मेपछि स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार पनि हो।
स्तनपान गराउने तरिका : – सबैभन्दा पहिला शिशुले दूधको मुन्टा सगैको कालो भाग मुखभित्रै छिरेको हुनुपर्छ । – दूध पिएको आवाज आउनु पर्छ ।शिशु आनन्द मानेको हुनुपर्छ । दिउँसो कम्तिमा पनि दुई दुई घण्टाको फरकमा खुवाउनु पर्छ । खान खोजे १ घण्टामा पनि खुवाउनु पर्छ । रातिमा तीन देखि चार घण्टाको फरकमा खुवाउनै पर्छ ।
के के कुरामा ध्यान दिनुपर्छ ?
१. सकेसम्म आमाले निहुरिएर स्तनपान गराउनु हुँदैन । यसरी स्तनपान गराउँदा बच्चाको कानमा दूध पस्ने सम्भावना हुन्छ ।
२. आमाले सुतेर पनि स्तनपान गराउनु हुन्न । सुतेर स्तनपान गराउँदा आमाको स्तनले नाक थुनिएर सास फेर्न गाह्रो भई बच्चाको मृत्यु समेत हुनसक्छ ।
३. दूध खाइसकेपछि बच्चालाई माथि उठाएर डकार गराउनु पर्छ । बच्चाले दूधसँगै हावा पनि तान्ने भएकाले डकार्दा हावा बाहिर फालिन्छ, अनि खाएको दूध स्वच्छ भई बान्ता हुनबाट पनि रोकिन्छ ।
४. राति बच्चालाई सुताउँदा बच्चाको मुखमा निप्पल राखिराख्नु हँुदैन । यसले संक्रमण गराउन सक्छ ।
५. स्तन वरपर घाउ, खटिरा आएमा त्यही स्तन निचोरेर दूध लगाएमा औषधिको काम गर्ने गर्छ ।
६. बच्चाले दूध चुस्न नसके स्तन निचोर्नुपर्छ । नत्र डल्लो पर्ने, पाक्ने सम्भावना हुन्छ ।
७. समय नपुगी जन्मेको बच्चालाई धेरै समय बसेको आमाको दूध खुवाउनु हुँदैन । त्यो दूध निकै बाक्लो हुने भएकाले एकैपटक बच्चाले पचाउन सक्दैन । सुरुको दूध फालेर मात्रै खुवाउनुपर्छ ।
८. सकेसम्म बोतलको दूध बच्चालाई खुवाउनु हुँदैन । खुवाउनै पर्ने बाध्यता भए चम्चामार्फत खुवाउनुपर्छ । किनकी बोतलको सरसफाई नपुगेमा बच्चालाई संक्रमण भई झाडापखाल भइरहने र संक्तमण हुनसक्छ ।
९. यदि आमाको दूध नआएमा गाई भैंसीको दूध खुवाउने गर्नुपर्छ । सकेसम्म बजारको दूध खुवाउनु हुन्न ।
स्तनपानले आमालाई हुने फाइदा :-
आमाले जति धेरैपटक शिशुलाई दूध चुसाउँछिन, त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ । हर्मोनको गडबढीलाई सन्तुलन हन्छ । स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको कामसमेत गर्दछ । पाठेघरको समस्या हुने सम्भावना कम हुन्छ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन ।
उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्छन । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्छन । बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले प्रतिरोधात्मक तत्वहरु बनाउँछ । यो तत्व थोरासिक डक्टर भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ ।
यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन । छदेखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध जीवन रक्षक आहार मानिन्छ । स्तनपान सम्बन्धी गलत धारणा : केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइए पनि यो सत्य भने होइन ।
शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ । त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि समेत प्राप्त हुन्छ।
मोति प्रसाद पौडेल
जनस्वास्थ्य अधिकृत
तिलोत्तमा नगरपालिका
प्रतिकया दिनुहोस्