स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्वास्थ्य कार्यालय र निकायहरूमा शून्य बेरुजुका लागि विशेष कार्ययोजना निर्माण गरेर लागू गर्न निर्देशन दिएका छन् ।
स्वास्थ्य मन्त्रालय लुम्बिनीले मातहतका कार्यालयहरूको आर्थिक सुशासनका लागि बेरुजुको समीक्षा गोष्ठी तथा शून्य बेरुजु प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सारुले हरेक कार्यालय सफल हुनका लागि योजना बनाउने, काम गर्ने र निगरानी बढाउन जरुरी रहेको बताएका छन् ।
शून्य बेरुजु भएका कार्यालयहरूको अनुभव आदानप्रदान गर्ने र सोही अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्न जोड दिइएको छ ।
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका सबै अस्पताल, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता रहेको कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारी, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठलगायतले आर्थिक सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता र महत्वलाई जोड दिएका थिए ।
साथै, आम नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रशासनिक निकायलाई उत्तरदायी बन्न आग्रह गरिएको छ । शून्य बेरुजु प्रोत्साहन कार्यक्रममार्फत सरकारी स्रोतको सही उपयोग र दक्षतापूर्वक काम गर्न सरकारको प्राथमिकता रहेको छ ।
प्रतिकया दिनुहोस्