पूर्व स्वास्थ्य मन्त्री तथा सांसद दीपक बोहराको उपचारको क्रममा निधन

स्वास्थ्यसमाचार/पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद दीपक बोहराको निधन भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा  )का वरिष्ठ नेता समेत रहेका बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो । उनी रुपन्देही क्षेत्र नम्बर – ३ बाट निर्वाचित सांसद हुन् ।

कोभिड – १९ महामारीको दोस्रो लहर चलेका बेला ९जेठ २०७७० संक्रमणमा परेका थिए । त्यसपछि उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए ।

चिकित्सकहरुले पोस्ट कोभिड समस्याले गर्दा यस्तो भएको बताउने गरेका थिए । पोष्ट कोभिडबाट स्वर भासिएको बोहोराको पछि घाँटीको क्यान्सर देखिएको बताइएको थियो ।

परिवारले उपचारका लागि बोहोरालाई यसबीचमा दिल्ली र अमेरिकाको न्यूयोर्क सम्म पुरयाएका थिए । चिकित्सकहरूले भने पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।

बोहोरा ३१ असोज २०७४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए । उनी बहाल रहेकै बैला २०७४ सालमा भएको आम निर्वाचनमा रुपन्देही – ३ बाट पराजित भएका थिए । तर २०७९ मा भएको पछिल्लो आम निर्वाचनमा भने सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सम्बन्धित शिर्षक :