सर्वोच्चको आदेश : डा तोसिमा कार्कीको उम्मेदवारी कायम हुने

स्वास्थ्यसमाचार/ ललितपुर(३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको थियो । कार्कीको उम्मेदवारी कायम गर्ने गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न…

स्वास्थ्यमा ११ जना अतिरिक्त सचिव बनाउने प्रस्ताव अर्थ मन्त्रालय

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ११ जना अतिरिक्त सचिव बनाउने प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ । मन्त्रालयले आफू मातहतका संघीय अस्पतालको संगठन संरचनाको प्रस्तावमा अस्पताल प्रमुख १२ औं तहको प्रमुख हुने व्यवस्था प्रस्ताव गरेको छ । ५०० शैय्याको अस्पताल संरचना प्रस्ताव बनाउन सक्रिय स्वास्थ्यका एक उच्च अधिकारीकाअनुसार प्रत्येक प्रदेशमा कम्तिमा १ वटा संघीय अस्पताल बनाउने गरी उक्त प्रस्ताव गरिएको हो । जसमा हाल सञ्चालनमा रहेकै संघीय अस्पतालहरुलाई क्षमता वृद्धि गरिने गरी प्रस्ताव अर्थ मन्त्रालय पठाइएको छ । मन्त्रालयकाअनुसार वीर अस्पतालबाहेक प्रत्येक प्रदेशमा १/१ वटा संघीय अस्पताल हुनेछन् । ती अस्पतालको…

भैरहवामा शल्यचिकित्सकको तेह्रौं राष्ट्रिय सम्मेलन सुरु

स्वास्थ्यसमाचार /नेपाल शल्य चिकित्सक समाजको १३ औं राष्ट्रिय सम्मेलन बिहिबारदेखि भैरहवामा सुरु भएको छ । कार्तिक २६ गते सम्म चल्ने राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, बांग्लादेशका शल्य चिकित्सक गरि ३ सय बढीले सहभागीता जनाउने आयोजकले बताएका छन् । बिहिबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमबारे जानकारी दिईएको छ । नेपाल शल्य चिकित्सक समाजका अध्यक्ष प्रोफेसर डाक्टर सुनिल कुमार शर्मा ढकालले स्वास्थ्य उपचारको महत्वपूर्ण क्षेत्रका रुपमा रहेको शल्यक्रिया सम्बन्धमा रहेको खोज, अनुसन्धान, ज्ञान र सिपलाई ठोस रुपमा बिश्लेषण गरि सुविधालाई अझ परिस्कृत र उन्नत बनाउने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको बताए ।…

तिलोत्तमा मेडिकल कलेज बनाउन सरकारले वेवास्ता गर्यो : विश्वकर्मा

स्वास्थ्यसमाचार /एमालेका सचिव छविललाल विश्वकर्माले तिलोत्तमा १ र ८ को २ सय बिघामा निर्माण गर्ने भनी अघि बढेको सरकारी मेडिकल कलेज निर्माणमा अहिलेको सरकारले बेवास्ता गरेको वताए । ओली नेतृत्वको सरकारको पालामा २०७५ चैत ८ गते मेडिकल कलेज बनाउन नयांमिलमा कार्यालय नै स्थापना भएर कम अघि बढेपनि एमाले सरकार ढालिएपछि काम अवरुद्ध भएको विश्वकर्मा वताएका हुन । एमाले नेतृत्वको सरकारले सात वटै प्रदेशमा एक एक वटा प्रादेशिक स्तरका मेडिकल कलेज बनाउने निर्णय अनुसार पहिलो चरणमा लुम्बिनी र प्रदेश २ मा बनाउने गरी सरकारले वजेट पनि छुट्टाएको थियो । एमाले सरकारमा…

सधै राजनिति दलको चुनाबी नारा बन्यो अर्घाखाँचीको स्वास्थ्य क्षेत्र

वीरेन्द्र केसी अर्घाखाँची / पहिलो संविधानसभा चुनावमा टोपबहादुर रायमाझीले मतदातासँग सन्धिखर्क अस्पताललाई ५० शय्याको बनाउने वाचा गरेका थिए । त्यसयता तीनपटक लगातार चुनाव जितेर पटक–पटक मन्त्री भए । मंसिर ४ मा हुने चुनावमा उनी चौथोपटक प्रतिनिधिसभा सदस्यमा भिड्दैछन् । एक वर्षअघि लुम्बिनी प्रदेश सरकारले ५० शय्याको अस्पताल बनाउने भन्ने प्रस्ताव गरेको छ । अस्पतालमा ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एक जना मात्रै छन् । प्रतिनिधिसभा सदस्यमा एमाले केन्द्रीय सचिव रायमाझी, प्रदेशसभा (१) बाट केन्द्रीय सदस्य चेतनारायण आचार्य र (२) मा लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजीप्रसाद घिमिरे उम्मेदवार छन् । २०७४ को चुनाव जितेका…

रुपन्देही क्षेत्र नं २ (२)का उम्मेदवारको स्वास्थ्यमा १२ बुदे प्रतिवद्धता

स्वास्थ्यसमाचार /रुपन्देही क्षेत्र न २ (२) मा सत्ता गठबन्धनका आबद्ध दलहरूले संयुक्त चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । निर्वाचन क्षेत्रभित्रका सबै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन।उनीहरुले जनस्वास्थ्य, ५ वर्षमुनिका बालबालिका र ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र सबैलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने भनिएको छ । यस्ता छन जनस्वास्थ्यतर्फ :– प्राकृतिक चिकित्सालय सेवा केन्द्रको रुपमा बिकास गर्ने निशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने । लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याड सहित आधुनिक मेडिकल कलेज बनाउने र बिरामि कुरुवालाई छुटै आवासको व्यबस्था…

एमाले ५को योजना :लुम्बिनीमा एक सय शैंयाको अत्याधुनिक अस्पताल

स्वास्थ्यसमाचार/ एमालेले रुपन्देहीको क्षेत्र नं ५ मा कम्तिमा एक सय शैंयाको अत्याधुनिक सुविधासम्पन्न अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । आफ्नो क्षेत्रमा सुविधासम्पन्न अस्पताल नहुँदा यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा एमालेले लुम्बिनी आसपासमा सुविधासम्पन्न अस्पताल निर्माणको योजना अघि बढाएको हो । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा एमाले उम्मेदवारहरुले मतदातासँग निःशुल्क स्वास्थ्य सुविधा उपलब्धताको लागि उपस्वास्थ्य चौकीहरुलाई आधुनिक सुविधा सहितको स्वास्थ्य चौकीमा स्तरोन्नती गर्ने प्रतिबद्धता समेत जनाएका छन् । क्षेत्र नं ५ मा नेकपा एमालेले जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी…

रुपन्देही क्षेत्र नं. २ (क)का उम्मेदवार केसीका स्वास्थ्यमा ६ बुदे प्रतिवद्धता

स्वास्थ्यसमाचार/  रुपन्देही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर (कुमार) केसीले स्वास्थ्यमा ६ बुदे प्रतिवद्धता सार्वजानिक गर्नु भएको छ। रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेवार रहनु भएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा र उहाँले संयुक्त रुपमा ल्याएको स्वास्थ्यमा ६ बुदे प्रतिवद्धता सार्वजानिक गर्नु भएको हो।आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य लाई समुन्नत र सुबिधासम्पन्न बनाउने अठोट गर्नुभएको छ । केसीले बुटवलको लुम्विनी प्रादेशिक अस्पताललाई आधुनिक सुविधायुक्त अस्पतालकोरुपमा विकास गर्ने, बुटवलको सिद्धार्थ वाल तथा महिला अस्पताल (आम्दा) लाई स्तरोन्नती गरी प्रादेशीक अस्पतालकोरुपमा विकास गरिने बुटवलको लुम्बिनी…

पौडेलको योजना :खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र निर्वाहभत्ता

स्वास्थ्यसमाचार/  खेलाडीलाई निशुल्क स्वास्थ्य विमा र अशक्त तथा ज्येष्ठ खेलाडीलाई निर्वाह भत्ता कार्यक्रम ल्याउने पूर्व खेलकुद तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिवद्धता जनाउनु भएको छ। बुटवलमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले आयोजना गरेको खेलाडी प्रशिक्षक तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै पौडेलले ‘उर्जाशील जीवन खेलेरै बिताउन सकून् त्यसकालागि खेलकुद पूर्वाधार निर्माण, प्रशिक्षण र वर्षभरि प्रतियोगिता आयोजना गर्ने वातावरण बनाउनेछौं,’ उहाले भन्नुभयो, ‘रोग लाग्दा उपचार गर्न निशुल्क स्वास्थ्य विमा, जीवन विमा र अशक्त तथा बुढ्यौली उमेरमा निर्वाह भत्ताको व्यवस्था गर्नेछौं ।’ खेलाडी राष्ट्रका गहना भएको बताउदै खेलाडीलाई वर्तमान र भविष्यमा जीउनेबारे चिन्ता लिन…

जथाभावी प्रयोगले घातक बन्दैछ एन्टिबायोटिक जिम्मेवार निकाय को?

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेशस्तरीय कार्यशाला एन्टिमाइक्रो (प्रतिजैविक) बुटबलमा सम्पन्न भयो।एन्टिबायोटिकको अव्यवस्थित प्रयोगमा सचेत नहुँदा ब्याक्टेरियाले रूप परिवर्तन गरिरहेको औषधिले काम नगर्ने अवस्था देखिन थालेकाले प्रदेश सरकारले सचेत गराउनको लागी यो कार्यशालाको आयोजना गरेको हो। स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशका सचिब डा बिकास देबकोटाको अध्यक्षतामा भएको प्रदेशस्तरीय कार्यशालामा ४ बटा कार्यपत्र प्रस्तुत गरिएको थियो।बिभिन्न बिषयमा प्रस्तुत उक्त कार्यपत्रहरु स्वास्थ्यमन्त्रालय गुणस्तरमापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्य,उपमहा निर्देशक पशुसेवा बिभाग डा बरुण कुमार शर्मा,एफएच एसका कन्टी डाईरेक्टर भगवान श्रेष्ठ र लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा बिकास देबकोटाले कार्यपत्र प्रस्तुत…