लुम्बिनी प्रादेशिक सहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द, बिरामीहरु उपचारबाट बञ्चित

स्वास्थ्यसमाचार/रुपन्देही मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा कार्यरत २ जना चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा बुटबल सहित देशभरका चिकित्सकहरु आन्दोलिन भएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरु आन्दोलित बन्दा बिरामीहरु अत्यावश्यक उपचार सेवा पाउनबाट बञ्चित भएका छन्। नेपाल चिकित्स संघले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भनेको थियो। संघको आह्वानअनुसार आइतबार देशभरका अधिकांश अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको छ।देशभरका अधिकांश अस्पतालले आइतबार बिहानदेखि बहिरिङ्ग (ओपीडी)को टिकट वितरण गरेका छैनन्। लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ रुपन्देही शाखाका…

आइतबार आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघले आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ । हेटौंडास्थित सन्चो अस्पतालका दुई जना चिकित्सकहरु डा विकास थापा र डा प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो। संघले सम्पुर्ण मागहरुको कार्यान्वयन गराउनका लागि दबाब स्वरुप देशभरका सम्पुर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरु, नेपाल चिकित्सक संघका सम्पुर्ण शाखा कार्यालयहरु, सम्पुर्ण विशेषज्ञ समाजहरुलाई आग्रह गरेको छ। ‘२०८० भाद्र ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल…

गुल्मी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउने बिषयमा छलफल

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउने बिषयमा शनिबार छलफल गरिएको छ । गुल्मी अस्पतालमा रेसुङ्गा नगरपालिकाका प्रमुख खिल ध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, गुल्मी अस्पताल विकास समिति अध्यक्ष गोपालप्रसाद पाण्डे, अस्पतालका चिकित्सक र पत्रकार महासंघ गुल्मीका पूर्वअध्यक्ष जनार्दन घिमिरे सहितका सरोकारवालाबाट छलफल गरिएको हो । छलफलका क्रममा चिकित्सकहरुले आफ्ना गुनासाहरु राखेका थिए । अस्पतालकी निमित्त प्रमुख डा. सोफिया भलादमी थापाले स्वास्थ्यकर्मी र गुल्मी अस्पतालका नराम्रा कुराहरू मात्र बाहिर लैजाने परिपाटीले सर्वसाधारणमा नकारात्मक सन्देश प्रवाह भएको गुनासो गरिन् । उनले केही पत्रकारबाट गुल्मी अस्पतालमा असहयोग भइरहेकोले पत्रकारले सही सुचना…

औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिएका छन् । औषधि व्यवस्था विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको २०७९ /०८० को समिक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकोले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ स्वास्थ्य उपचार औषधिको गुणस्तरमा भर पर्छ । विभागले गुणस्तर कामय राख्न परिक्षण र अनुगमनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ । जनताले गुणस्तरीय औषधि पाउनु पर्छ । ’ सिमित जनशक्ति र श्रोतको…

बुटबलमा सीएमसी परियोजना विषयमा सरोकारवाला संग छलफल

स्वास्थ्यसमाचार/रुपन्देहीमा  एचआईभीको क्षेत्रमा समुदायको नेतृत्वमा आधारित अनुगमन सीएमसी परियोजना अन्र्तगत संकलित तथ्यांकको विषयमा सरोकारवालाहरु विचमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । युएन एड्सको सहयोगमा एनएपीप्लसएनको आयोजानमा रुपन्देहीमा परियोजना लागू भएको हो । जसले एचाईभी भएका व्याक्तिहरुको लागि नेतृत्व विकास, क्षमता विकास, आय आर्जनको लागि काम गर्दै आएको छ । परियोजानका संयोजक अर्जुन ज्ञवालीका अनुसार जिल्लामा कुल १७ सय भन्दा बढि एचआईभी संक्रमित हरु रहेकोमा उनीहरुको लागि परियोजनाले काम गर्दै आएको हो । छलफलत तथा तथ्यांक प्रस्तुती कार्यक्रममा स्वाथ्य कार्यालय रुपन्देहीका एचआईभी फोकल पर्सन हिमाल खनालले सबैको सहकार्यबाट एचआईभीका संक्रमण…

डाक्टर कुट्नेलाई कारबाही गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघका महासचिव डा.सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिनुभयो । एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनु भयो ।…

गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई सास्ती

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी समस्यामा परेका छन् । यस अस्पतालमा पन्ध्र जना विशेषज्ञ चिकित्सक (डाक्टर) सहितको दरबन्दी रहेको छ । केही हप्ता अघि यस अस्पतालमा उपचारत सात वर्षीय बालिकाको मृत्यु भएपछि उत्पन्न विवादले अस्पताल प्रमुख डा.राजेन्द्र जिसी सरुवा भएपश्चात अस्पताल कार्यालय प्रमुखविहीन भएको छ । दरबन्दी अनुसारको डाक्टरहरू नहुँदा अस्पतालमा छात्रवृत्ति करारमा रहेका आठ जना डाक्टरमध्ये केही विदामा, केही तालिममा रहेका कारण अस्पतालमा अहिले विरामीले सहज रूपमा उपचार पाउन सकेका छैनन् । कुनै बेला राम्रो उपचार हुने यी अस्पतालमा अहिले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था छ। बिरामीहरू…

लुम्बिनी प्रादेशिक अस्पतालमा सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको छ । कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि निःशुल्क प्रसूति सेवा साथै निःशुल्क शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन् । यससँगै गर्भवतीलाई नियमित उत्प्रेरणा तथा यातायात खर्च भुक्तानी, आइरन तथा टिटी खोप निःशुल्क, हरेक दिन गर्भवती निःशुल्क स्वास्थ्य परीक्षण, परिवार नियोजन सेवा, पाठेघरको शल्यक्रिया, पाठेघरको मुखको क्यान्सरको जाँच तथा विशेषज्ञ सेवालगायत परीक्षण र उपचार…

भेरीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु

स्वास्थ्यसमाचार/भेरी अस्पताल नेपालगन्जमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन सुरु गरिएको छ । यहाँस्थित भेरी अस्पतालमा १४ वर्ष पुरा भई १५ वर्ष ननाघेका किशोरीलाई मात्र सो खोपको पहिलो मात्रा बुधबारबाट लगाउन सुरु गरिएको भेरी अस्पतालले जनाएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने अभियानको शुभारम्भ गर्दै पाठेघरको मुखको क्यान्सर अहिले महिलाको सबैभन्दा ठुलो समस्या बनेर देखिन थालेको जनाउँदै यो अभियानबाट धेरै किशोरीहरू सुरक्षित हुने बताउनुभयो । भेरी अस्पतालका प्रमुख डा. पवन जंग रायमाझीले पहिलो चरणमा भेरी अस्पतालबाट एक हजार २१५ जना किशोरीलाई खोप लगाइने…

लुम्बिनी प्रदेशमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ । स्वास्थ्य मन्त्रालय र मन्त्रालय अन्र्तगतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरि अन्तिम रुप दिइएको छ । स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने एकिकृत स्वास्थ्य तथा सरसफाई र प्रादेशिक अस्पताल सुदृढिकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमहरुको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणका लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरीएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताउनु भयो । चालु आर्थिक…