बुटवलमा आयुर्वेद सम्वन्धी जिल्ला स्तरिय वार्षिक समिक्षा

स्वास्थ्यसमाचार/बुटवलमा लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलको आयोजनामा आज जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्व समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा वोल्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागका महानिर्देशक डाक्टर बासुदेव जनार्दन उपाध्यायले नागरिक आयोग्य कार्यक्रमलाई पाइलट प्रोजेक्टका रुपमा अगाडी बढाइएको भन्दै अर्थमन्त्रालयसग आवश्यक बजेट माग गरिएको बताए । स्थानियको सहकार्यमा कार्यक्रम अगाडी बढाउदा प्रभावकारी हुने धारणा उनले राखे । उनले सेवा विस्तारका लागि स्थानियको चासो बढ्नुपर्ने भन्दै आवश्यक सहयोगका लागि आफू लागि पर्ने धारणा समेत राखे । कार्यक्रममा स्वास्थ्य मन्त्रालय लुम्विनीका…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप सेवा विस्तार

स्वास्थ्यसमाचार/बुटवल स्थीत लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तार गरिएको छ । आइतवार विस्तारित स्वास्थ्य सेवा मा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआइसियु (बेड विस्तार) , एसएनसियु सेवा थप गरिएको छ । त्यस्तै बाल तथा प्रसुति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरिएको छ । यी सेवा विस्तार तथा शुभारम्भ प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्नु भयो। कार्यक्रममा वोल्दै मन्त्री राजु खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमित्तामा राखेको बताउनु भयो । उहाँले जनताको बिश्वास जितेर बिशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिनुभयो । अस्पताललाई…

गुल्मीमा छत्रकोट गाउँपालिका स्वास्थ क्षेत्रमा उत्कृष्ट घोषित

स्वास्थ्यसमाचार/गुल्मी  आर्थिक बर्ष ७९/८० को समग्र कार्यसम्पादन मुल्यांकनबाट जिल्लाका १२ वटा स्थानीय तह मध्ये छत्रकोट गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा  उत्कृष्ट पालिका घोषणा भएको छ । जिल्ला  स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा सम्पन्न वार्षिक समिक्षा गोष्ठीमा छत्रकोट गाउँपालिकालाई जिल्लाको उत्कृष्ट पालिकाका रुपमा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख  द्रोणबहादुर खत्रीले छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे , उपाध्यक्ष साबित्रा ज्ञवाली , स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेल ,सिनियर अहेव सपना टण्डन, गुल्मीदरवारका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद  अर्याल ,  बिरबास स्वास्थ्यचौकी प्रमुख ईन्दु घर्ति मगर र उत्कृष्ट कर्मचारी नेत्रप्रसाद…

जीवनलाई सुखी बनाउन योगाभ्यास जरुरी छ : राष्ट्रपति रामचन्द्र पौडेल

स्वास्थ्यसमाचार/राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताएका छन्। गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्दए उनले योगले ‘स्वस्थ मन’ बनाउने बताए। उनले भने, “जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता छ । ” चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गरे। उनले अलिकति योग, व्यायाम गर्दा पनि शरीरलाई स्वस्थ…

अस्पताल देखी गाउँसम्म नि:शुल्क भिडियो एक्सरे गर्दै पूर्व मेसु खनाल

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एबं बरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. राजेन्द्र प्रसाद खनाल निशुल्क सेवा गर्दे अस्पताल देखी गाउँ गाउँमा डुल्दै हिडेका छन। उनी कहिले गुल्मी कहिले रोल्पा कहिले पिपलधारा लगायतका क्षेत्रमा गर्भवती आमाहरु को लागि निशुल्क भिडियो एक्सरे (Anomaly Scan)  सेवा दिदै आएका छन। उनले आफु लामो समय सम्म रेडियोलोजिस्टअर्थात भिडियो एक्सरे गर्दे आएको र अहिले आफु रिटायो भएपछि निशुल्क सेवा दिदै आएको बताए । डा खनाल भन्छन लामो समयको अनुभव र सेवा गर्ने उदेश्यका साथ अस्पताल देखी गाउँ गाउँ सम्म निशुल्क सेवा दिदै आएको छु…

गुल्मीमा स्वास्थ्यको वार्षिक समिक्षा सुरु ,समन्वय प्रमुखद्वारा उदघाटन

स्वास्थ्यसमाचार/शुक्रबार गुल्मीका १२ वटै वटै स्थानीय तहका स्वास्थ्यकर्मी र उनीहरु संग सरोकार राख्ने मानिसहरु जिल्लाकै एक सुन्दर र स्वास्थ्य क्षेत्रको उदाहरणीय थलो पल्लीकोट स्वास्थ्य चौकीमा पुगे । धेरै बर्ष पछि त्यहाँ पुगेकाहरुले त्यस स्वास्थ्य चौकीको त्यति बेलाको अवस्था स्मरण गर्दै अहिले भएको विकासको खुलेर प्रशंसा गरे । जिल्ला स्तरिय कार्यक्रम सधै सदरमुकाम केन्द्रित हुने परम्परालाई तोड्दै जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सम्वन्धि जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठी आयोजना गरेकोले त्यस सुन्दर र उदाहरणीय थलोमा १२ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरु र स्वास्थ्य क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधि पुगेका हुन । छत्रकोट गाउँपालिका…

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. प्रकाश बुढाथोकी नियुक्त

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.प्रकाश बुढाथोकीले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले गत मंगलबार ९२ असोज० मन्त्रीस्तरीय निर्णय गर्दै डा. बुढाथोकीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । एघारौँ तहका डा बुढाथोकी अहिले पनि केन्द्रीय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट पदमा कार्यरत छन् ।डा. बुढाथोकीले मन्त्रालयको प्रवक्तको जिम्मेवारी पार्ट टाइम जिम्मेवारी भन्दै फुल टाइम काम अस्पतालमै हुने बताए । ‘२ बजेसम्म त म केन्द्रीय कारागार अस्पतालमै हुनेछु । त्यसपछि मन्त्रालयमा गएर काम गर्नेछु,’ उनले भने । सामान्य त मन्त्रालयको प्रवक्ता समन्वय महाशाखाको प्रमुखलाई दिईने गरिन्थ्यो । तर कोभिड (१९ महामारीका…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट फेलोसिप सञ्चालन गर्ने

स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोस्ट डक्टरल फेलोसिपफेलोसिप कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रष्तिठानले एक वर्षे जेरियाट्रिक मेडिसिनमा पोस्ट डक्टरल फेलोसिप सञ्चालन गर्नका लागि पाठ्यक्रम समेत तयार पारेको छ । यसका बिषयमा जानकारी दिन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले शुक्रबार राजधानीमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जेरियाट्रिक विधालाई अगाडि बढाउनका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाठ्यक्रम नै बनाएर अगाडि बढ्नु राम्रो कामको सुरुवात भएको बताए । रोग लागिसकेपछि उपचार गराउनुभन्दा रोग लाग्नै नदिने किसिमका बिषयबस्तु पनि…

बेलायती राजदुत फेन र स्वास्थ्य मन्त्री खनाल बिच शिष्टाचार भेटवार्ता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र नेपालका लागी बेलायती राजदुत रोब फेन (Rob Fenn) बिच स्वास्थ्य मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा बेलायत सरकारले नेपालमा गरिरहेको सहयोग र लुम्बिनी प्रदेशको स्वास्थ्य सेवाको बारेमा छलफल भएको छ । भेटका क्रममा विशेषगरि प्रदेशको पोषण र स्वास्थ्य शिक्षाका बारेमा छलफल भएको छ । भेटमा मन्त्री खनालले सुरक्षीत मातृत्व, नवजात शिशु स्वास्थ्य, पोषणको अबस्था लगायतको सुधारका लागी प्रदेश सरकारले काम गरिरहे पनि अपेक्षित सुधार हुन नसकेको बताउनु भयो । परिवार नियोजनका साधनको प्रयोगदर, नसर्ने रोग र मानसिक स्वास्थ्य पनि प्रदेशमा स्वास्थ्य…

रोहिणीका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षेत्र हेरफेर

स्वास्थ्यसमाचार/रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षेत्र हेरफर गरिएको छ । विविध क्षेत्रगत तथा अनुभव हासिल गर्ने तथा नयाँ कार्यक्षेत्रमा नयाँ तरिकाले कार्यसम्पादन गरेर संस्थाको लक्ष्य प्राप्तीमा अग्रसर गराउने उद्देश्यले स्वास्थ्य संस्थाका इन्चार्जसहित केही कर्मचारीहरुको कार्यक्षेत्र/जिम्मेवारी हेरफेर गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । जसअनुसार बगहा स्वास्थ्य चौकीका हेल्थ ईन्स्पेक्सन (हे.इ.) अधिकृतलाई पजरकट्टी स्वास्थ्य चौकीको इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै पोखरभिण्डी स्वास्थ्य चौकीका हे.इ. अधिकृतलाई छिपागढ स्वास्थ्य चौकीको इन्चार्ज, छिपागढ स्वास्थ्य चौकीको हे.इ. अधिकृतलाई बगाहा स्वास्थ्य चौकीको इन्चार्ज, वोदवार स्वास्थ्य चौकीका हे.इ. अधिकृतलाई पोखरभिण्डी स्वास्थ्य…