उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यवहार गरेको भन्दै भेरी अस्पताल, नेपालगन्जका चिकित्सकहरुले कामकाज बन्द गरेका छन् ।
उपचारका क्रममा मृत्यु भएकी एक महिलाका विषयमा सोमबार देखि नै अस्पतालमा तनाव रहँदै आएको छ । बाँके बैजनाथ-६ की ६२ वषिैया महिला दिलसरा विकको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तहरुले सोमबार बिहानैबाट अस्पताल परिषर भित्र विरोध जनाउँदै आएका छन् ।
उनीहरुले अस्पतालको लापरवाही र चिकित्सकको कमजोरीबाट विरामीको मृत्यु भएको भन्दै क्षतिपुर्ती र चिकित्सकमाथि कारवाहीको माग गर्दै आएका छन् ।
मुटुको समस्या रहेकी विक मोटरसाइकलमा बसेर सामान्य अवस्थामा नै उपचारका लागि अस्पताल आएकोमा उपचारका क्रममा चिकित्सकको कमजोरी र अस्पतालको लापरवाहीबाट उनको मृत्यु भएको आफन्तहरुको भनाई छ ।
उनलाई भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. विकास नेपालको निगरानीमा उपचार सुरु गरिएको थियो । डा. विकासको निगरानीमा उपचार चलिरहेका अवस्थामा डाक्टरले जुनियर कर्मचारीको जिम्मा लगाएर आफु नेपालगन्ज बाहिर गएको कारण विरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

प्रतिकया दिनुहोस्