सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी

स्वास्थ्यसमाचार/सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी छ । केही बेरअघि सुरु भएको वार्तामा चिकित्सकहरुले उठाएको मागबारे छलफल भइरहेको गृहमन्त्रालयका एक अधिकारी विनोद विश्वकर्माले बताउनुभयो । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएको दुर्व्यवहारका घटनामा संलग्न भएका व्यक्तिलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । दुवै पक्षबीच गृहमन्त्रालयमा वार्ता जारी छ । चिकित्सकले आज पनि काठमाडौंमा प्रदर्शन गरेका थिए ।

आर सी थारु मेमोरियल अस्पताललाई सिकलसेल एनिमिया अस्पतालको रुपमा बिकास गरिने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश भित्र सिकल सेल एनिमिया रोगको उपचार हुने छुट्टै अस्पतालको आवश्यक्ता रहेको बताउनु भएको छ । जिल्ला अस्पताल बर्दिया, आर सी थारु मेमोरियल अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुको अनुगमनका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै खनालले यस्तो बताउनु भयो। यसका लागी चालु आर्थिक वर्षमा ३० लाख रुपियाँ प्रदेश स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको जानकारी दिदै मन्त्री खनालले सिकल सेल एनिमिया अस्पताल सञ्चालनका बारेमा संघिय सरकारसँग पनि आफूले कुरा गरेको बताउनु भयो । स्थानिय सरकारलाई शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न आग्रह गर्दै मन्त्री खनालले नागरिकलाई…

भीम अस्पताल भैरहवामा वार्षिक ९६ हजार बिरामीको उपचार

स्वास्थ्यसमाचार/रुपन्देहीको जिल्ला अस्पताल भीमले पछिल्लो एक वर्षमा स्वास्थ्य सेवामा धेरै सुधार गरेको छ । भैरहवा क्षेत्रको सबै भन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको अस्पताल ५० शैय्याको सूचिकृत रहेपनि १ सय ७ शैय्याबाट सेवा दिदै आएको छ । अस्पतालले आर्थिक वर्ष २०७९/०८० मा आकस्मिक र बहिरंग सेवामा ९५ हजार ९ सय ४३ जनालाई सेवा प्रदान गरेको छ भने सञ्चालित स्वास्थ्य कार्यक्रमहरु उत्कृष्ट रहेको र केहीमा सुधार गर्नुपर्ने देखिएको वार्षिक समिक्षामा औल्याएको छ । लुम्बिनी प्रदेशका अस्पतालहरु मध्ये न्युनतम स्वास्थ्य मापदण्ड कार्यान्वयन तथा सेवा प्रदानमा भीम अस्पताल लुम्बिनी प्रदेशमा तेश्रो स्थानमा…

विश्व मुटुरोग दिवसमा अन्तरक्रिया: यसरी बच्न सकिन्छ मुटुरोगबाट

स्वास्थ्यसमाचार/ व्यक्ति स्वयम सचेत भएमा मुटु रोगबाट बच्न सकिने एक कार्यक्रमका बक्ताहरुले औल्याएका छन् ।गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले विश्व मुटु दिवस–२०२३ को अवसरमा बुटबलमा आयोजना गरेको अन्तक्र्रियामा बोल्नेहरुले खानपिन र शारीरिक व्याममा ध्यान दिन सकेमा मुटु रोग लाग्नबाट बच्न सकिने वताए। अन्तक्र्रियामा अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डा.समिर गौतमले पछिल्लो समय मुटुरोगको अबस्था, मुटुरोगीले ध्यान दिनुपर्ने कुरा र यसबाट जोगिन सर्वसाधारणले अपनाउनुपर्ने सावधानीबारे चर्चा गरे । सबै उमेर समूहका व्यक्तीहरुमा मुटुरोग देखिने भएकाले स्वयमं व्यक्ती आफै सचेतहुनुपर्नेमा जोड दिँदै उनले महिलामा भन्दा पुरुषमा मुटुरोगको समस्या धेरै देखिने गरेको बताए ।उच्च…

सुरक्षाको माग गर्दै पाल्पाका चिकित्सकहरु पनि आन्दोलित

स्वास्थ्यसमाचार/पाल्पामा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग्दै प्रदर्शनमा उत्रिएका छन् । डाक्टरलाई राज्यको तर्फबाट सुरक्षाको प्रत्याभूति नभए नियमित स्वास्थ्य सेवा प्रवाहमा आउन सक्ने अस्वाभाविक परिस्थितिप्रति सरकार जिम्मेवार हुनुपर्ने भन्दै उनीहरु प्रदर्शनमा निस्किएका हुन् । बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् । लुम्बिनी मेडिकल कलेज तथा टिचिङ अस्पतालमा कार्यरत आवासीय चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सर्घष समिति पाल्पाको आयोजनामा तानसेनमा विरोध गरिएको आवासीय चिकित्सक डा. उज्जवल ठोकरले बताउनुभयो । चिकित्सकहरुले सम्पुर्ण स्वास्थ्यकर्मीहरुको पुर्ण सुरक्षा हुनुपर्ने, दोषिलाई कडा कारवाही गर्नुपर्ने,…

नेताहरू सरकारी खर्चमा उपचार गर्न विदेश जाने नीति बन्द भयो : स्वास्थ्यमन्त्री

स्वास्थ्य समाचार/नेपाली चिकित्सकसँग विदेशीहरू पढ्न आउने तर नेपाली नेताहरू भने उपचार गर्नका लागि विदेश जाने गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । यस्तो गर्नु स्वास्थ्य क्षेत्रमा बेथिति ल्याउनु भएको भन्दै मन्त्री बस्नेतले उक्त प्रवृत्तिलाई सरकारले बन्द गरेको बताए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने पनि बताएका छन् । १९ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४ औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताए । उपचारको अभावमा कोही नेपाली मर्नु…

लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा ३लाख बढीले लिए स्वास्थ्य उपचार सेवा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित स्वास्थ्य सेवाको वार्षिक समिक्षा गरिएको छ।आर्थिक बर्ष .२०७९/ ८० मा अस्पतालमा भएका सेवाको वार्षिक समिक्षा गरिएको हो। अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालको विशिष्ट आथित्यतामा समिक्षा भएको थियो।समिक्षामा बोल्दै विशिष्ट अतिथि ढकालले जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दा कार्य योजना बनाएर कसले, कसरी, कहिले र के गर्ने ? भन्ने समय सीमा र जिम्मेवारी तोकेर काम गर्नुपर्ने बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालको तथ्यांक पहिलेको तुलनामा धेरै परिष्कृत र भरपर्दो हुँदै आएको र अझै व्यवस्थित र परिमार्जन…

लमजुङमा वडाध्यक्षले कुटे जिल्ला अस्पतालका डाक्टरलाई

स्वास्थ्यसमाचार /लमजुङ जिल्ला अस्पतालमा पछिल्लो समय दिनहुँजसो डेंगीका विरामी आइरहेका छन् । आइतबार राति १० बजेतिर पनि एक जना विरामी आइपुगिन् र आफन्तले आकस्मिक लगे । ल्याब टेस्टबाट पनि उनलाई डेंगी लागेको पुष्टि भइसकेको थियो । उनले खाना खाइरहेकी थिइनन् । सेतो रगतको मात्र र प्रेसर पनि कम देखिएपछि डाक्टरले भने, ‘भर्ना गरेर उपचार गरौं, अवस्था गम्भीर त छैन तर घरमा लैजानुभन्दा १र२ दिन यहीँ राखेर उपचार गर्दा छोटो ठीक हुन्छ ।’ विरामीका आफन्तले जनरल वार्डमा भर्ना गर्न लगे । वार्डमा भर्ना गर्नुपर्ने जानकारी पाएपछि एक जना व्यक्ति आइपुगे ।…

रोल्पा अस्पताल रेउघामा बायोमेडिकल डिपार्टमेन्टको स्थापना

स्वास्थ्यसमाचार /रोल्पा अस्पतालमा बायोमेडिकल डिपार्टमेन्टको स्थापना भएको छ । निक साइमन ईनिस्टच्यटसँगको सहकार्यमा उक्त डिपार्टमेन्टको स्थापना गरीएको हो। बायोमेडिकल डिपार्टमेन्ट स्थापना भएसंगै अस्पतालमा भएका उपकरण तथा प्रविधिसंग जोडिएका काम सहज हुने अस्पतालका मेसु डा लोकरत्ना ज्ञवालीले वताउनु भयो। डाक्टर ज्ञवालीले अस्पतालमा उपकरणहरु बिग्रिएमा मर्मत सम्भारको लागि सहज हुने वताउनु भयो। अस्पतालमा बायोमेडिकल टेक्निसियन कन्चन चौधरी रहनु भएको छ। निकसाईमनको सहयोगमा बायोमेडिकल डिपार्टमेन्ट स्थापना गर्न इन्जिनियर शलोमी पौडेलको टोलीरोल्पा आएको डा ज्ञावलीले बताउनु भयो।

लुम्बिनी आयुर्वेद चिकित्सालयद्वारा जनशक्तिदेखि एक्सरेसम्मका माग

स्वास्थ्यसमाचार/लुम्बिनी आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढदो छ। बिरामी बढे संगै उपचारमा आउने लाई पालो बस्नु पर्ने भएको छ। आर्थिक०७९ भन्दा ०८०मा विरामीहरुको संख्या बढ्दै गएपछि उपकरण देखि जनशक्ति सम्म माग गरिएको हो। चिकित्सालयका प्रमुख डा.प्रवेश श्रीवास्तवका अनुसार उपचारका लागि आउने विरामीको संख्या अघिल्लो बर्ष २६ हजार थिए त्यसमा महिला १५३३५ र १०६८४ पुरुष रहेकोमा यस बर्ष ४५ हजार विरामीले सेवा लिए । जसमा पुरुष भन्दा महिलाले बढी सेवा लिएका छन। अस्पताल निरीक्षणमा आइपुगेका लुम्बिनीका स्वास्थ्यमन्त्री राजु खनाल समक्ष चिकित्सालयका प्रमुख डा. प्रवेश श्रीवास्तवले चिकित्सालयलमा विभिन्न समस्या रहेको बताउनु भयो। अस्पतालमा…