लुम्बिनी प्रादेशिक अस्पतालको सेवाप्रति ९७ प्रतिशत बिरामी असन्तुष्ट

रुपन्देही- लुम्बिनी प्रादेशिक अस्पतालको सेवाबाट बिरामीहरु असन्तुष्ट देखिएका छन्। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक एक हजार २०० बिरामी उपचारका लागि आउने गरे पनि अधिकांशले अस्पतालको उपचार सेवा राम्रो नभएको बताएका छन्। अस्पतालमा चिकित्सक र नर्सले गर्ने व्यवहारदेखि सरसफाइ, खानेपानी र फार्मेसी सेवा सम्बन्धमा पनि बिरामीले गुनासो गरेका छन्। प्रदेश नं ५ को सरकारले अस्पतालले दिने सेवा सम्बन्धमा गरेको अध्ययनमा अधिकांश बिरामीले अस्पतालको सेवाबाट असन्तुष्टि व्यक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एवं टेकनारायण पाण्डेले बताए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको सर्वेक्षणअनुसार अस्पताल आउने बिरामीमध्ये ९७ प्रतिशत बिरामीले अस्पतालको सेवाबाट सन्तुष्ट नभएको…

चितवन मेडिकल कलेजका बिद्यार्थीमाथि प्रहरीद्वारा लाठीचार्ज !

स्वास्थ्य समाचार, २० मङ्सिर । चितवन मेडिकल कलेजमा धर्ना बसेका बिद्यार्थी माथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीचार्जबाट एमबिबिएसका बिद्यार्थीहरु घाइते भएका छन । लाठीचार्जबाट चितवन मेडिकल कलेज दोस्रो वर्षमा अध्यनरत पिश जोन जोशी र प्रथम वर्षमा अध्ययनरत भावना राजवंशी घाइते भएका छन । कलेजकाे प्रशासन शाखामा बिद्यार्थीले लगाएको ताला बिना जानकारी खोलिएको भन्दै बिद्यार्थीद्वारा प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गरेपछि बिद्यार्थीहरु थप आक्रोशित भइ प्रहरीसंग झडपको स्थिति बनेको थियो ।

महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको खम्बा: उपमेयर चौधरी

स्वास्थ्यसमाचार /‘गाउँनगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम् भूमिका’ भन्ने मूल नाराका साथ स्वयंसेविका दिवस तिलोत्तमा नगरपालिकाको सेमराबजार स्वास्थ्य चौकीमा पनि मनाइएको छ । समुदायको बिच बिचमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम् रहेको बताउदैे स्वास्थ्य क्षेत्रको विकासमा स्वयंसेविकाले मुख्य भूमिका खेलेको बताएका छन। कार्यक्रममा बोल्दै तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले स्वास्थ्य क्षेत्रको पहिलो खम्बा स्वयंसेविका भएको बताईन। घरघरमा पुगेर स्वयंसेविकाले सेवा दिन्छन्,समुदायसँग प्रत्यक्ष भलाकुसारी गर्छन् र सानातिना रोगहरुको उपचार विधि बताउँछन् यसैले स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको पहिलो खम्बा भएको हुन ।चौधरील स्वयंसेविकालाई राज्यले…

सुधारात्मक स्वास्थ्य लिएर डिस्चार्ज भए प्रधानमन्त्रि ओली !

प्रधानमन्त्री केपी ओली बिहीबार दिउँसो ३: ३० बजे डिस्चार्ज भएर आफ्नै निवास फर्किएका छन् । दश लामो अस्पताल बसाई पछि डिस्चार्ज भएका ओलीको स्वास्थ्य अवस्था सुधारात्मक देखिएको चिकित्सकले जानकारी गराएका छन् । एपेन्डिसाइटिसको शल्यक्रिया र पेटमा फैलिएको संक्रमणको उपचारका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओली स्वास्थ्यमा सुधार आएसंगै बालुवाटार स्थित आफ्नै निवास फर्किएका हुन् ।

स्वास्थ्यस्वयम सेविकालाई मासिक पाँचसय यातायात खर्च

स्वास्थ्यसमाचार /महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्दै रोहिणी गाउँपालिकाले १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाएको छ । गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयम सेविकाले गाउँ गाउँमा पुगि स्वास्थ्य सेवा प्रदान गर्नमा अहम भुमिका खेलेको बताउदै गाउँपालिकाका सबै स्वयम सेविकाहरुलाई सम्मान गरेको छ । दिवसकै अवसर पारी बिभिन्न स्थानबाट रोहिणी गाउँपालिकामा समायोजन हुन आएको स्वास्थ्य कर्मिलाई स्वागत तथा रोहिणीबाट अन्यत्र जानेलाई बिदाई समेत गरेको छ । सम्मान कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले यस गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले निस्वार्थ भावले काम गरेको भनि प्रंशसा गरे…

पाल्पाकी नर्स पौडेल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा

स्वास्थ्यसमाचार/  जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा पव्लिक हेल्थ नर्सिङ छैटौँ तहमा कार्यरत नर्स कल्पना पौडेलमाथि अख्तियारले  विशेष अदालतमा मुद्धा दायर गरेको छ । परिवार नियोजनको शिविर सञ्चालन गर्ने क्रममा सरकारी रकम हिनामिना गरेको आरोप लगाएको छ । भ्रष्टाचार गरेको आरोपपछि अनुसन्धान हुँदा पौडेलले परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र र्पुयाउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी रू ८१,००० को फर्जि भरपाई संलग्न गरी सरकारी रकम हिनामिना गरेको पाइयो अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । अख्तियारले उनी विरुद्ध सरकारलाई हानिनोक्सानी र आफूलाई फाइदा…

युसिएमएसका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै कलेजलाई घेराबन्दी

स्वास्थ्यसमाचार/ त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा अध्ययनरत विद्यार्थीले एमबिबिएस, बिडिएस र नर्सिङको परीक्षा बहिष्कार गरेका छन्। शुल्कका विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको वार्षिक परीक्षा बहिष्कार गरेका हुन्। मेडिकल कलेजले अवैध रुपमा उठाएको शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थीले माग पुरा नभएसम्म परीक्षामा सहभागि नहुने बताएका छन्। भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस कलेजका विद्यार्थीले एमबिबिएस, बिडिएस, नर्सिङ लगायतका सबै संकायको परीक्षा बहिष्कार गरेका हुन्। भैरहवास्थित युनिभर्सका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै कलेज परीसरलाई मानवसाङ्लो बनाई घेराबन्दी गरेका थिए।…

अब देखि एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

स्वास्थ्यसमाचार । ओखलढुङ्गाको एक गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । त्यहाँको सुनकोशी गाउँपालिकाले यस्तो निर्णय लिएको हो । गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६\७७ को नीति तथा कार्यक्रममा एकल महिलाको उपचार खर्च गाउँपालिकाले नै व्यहोर्ने नीति ल्याएको हो । गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम ल्याइएको बताए । उनले ५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिला र जटिल प्रकृतिका रोग लागेकाहरुलाई पनि औषधि उपचार गर्ने नीति गाउँपालिकाले लिएको पनि बताए…

जनतालाई खोपको महत्व बुझाउन सकिएन : मन्त्री बराल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले जनतालाई खोपको महत्वको विषयमा अझै धेरै कुरा बुझाउन बाकी रहेको बताएका छन् । उनले जनस्वाथ्य जस्तो गम्भिर र महत्वपूर्ण अवस्थाको विषयमा उचित समयमा उचित किसीमको सचेतना नहुँदा अझै पनि खोप लगायतका विभिन्न कार्यक्रमहरु प्रभावित हुने गरेको बताए । नेपाल सरकार, स्वाथ्य तथा जनसंख्या मन्त्रालय,स्वाथ्य सेवा विभाग, परिवार कल्याण्ड महाशाखले आयोजना गरेको पूर्ण खोप कार्यक्रम, दादुरा रुवेला खोप अभियान सम्बन्धी अन्तरक्रिया कर्याक्रममा बोल्दै मन्त्री बरालले स्वाथ्य क्षेत्रको अभियानमा सरकारले एक्लै सहभागी भएर सार्थकता पाउन नसक्ने बताएका हुन । मन्त्री बरालले स्वाथ्यको विषय…

प्रादेशिक अस्पताल बुटवलमा ३ बजेसम्म अनिवार्य डाक्टर अस्पतालमै हुनुपर्ने

स्वास्थ्यसमाचार/प्रादेशिक अस्पतालअस्पताल बुटबलमा कार्यरत डाक्टर बिहान १० बजे देखी ३ बजे सम्म अनिबार्य बस्नु पर्ने  छ । अस्पताल प्रशासनले बिहान साढे नौ बजे अस्पतालमा आउने आधा घन्टा छलफल गर्ने र १० बजे देखी ३ बजे सम्म अनिबार्य रुपमा आफनो बिभागमा बस्नु पर्ने नियम बनाएको छ। अस्पतालमा कार्यरत डाक्टर ओपीडिमा बिरामी जाचेपछि रिपोट नआउदा सम्म वाहिर जाने गर्दछन ।अस्पतालका शाखा अधिकृत बिपीन क्षेत्रीका अनुसार साढे नौ बजेदेखी ३ बजे सम्म अस्पतालमा सबै डाक्टर बस्नु पर्ने र अनिर्बाय पोसाकमा हुनुपर्ने गरि अस्पतालले सबैलाई परिपत्र गरिसकेको बताए । अस्पतालका नयाँ मेडिकल सुपेरिटेन्डेन्ड डा…