रुपन्देहीमा भेरोसिल खोप दोश्रो डोज २ चरणमा लगाईने

पहिलो २२ र २३ गते ११ पालिका, दोश्रो असार २५ र २६ गते ५ पालिकामा लगाईने

स्वास्थ्यसमाचार/ कोरोना बिरुद्धको भेरोसिल खोप पहिलो चरण लगाई सकेका र दोश्रो खोप रुपन्देहीमा २ चरणमा लगाईने भएको छ ।

जेठ २५ गते लगाएका उक्त उमेर समुहका लाई २२ र २३ गते रुपन्देहीमा ११ पालिकामा र ५ पालिकामा असार २५ र २६ गते लगाईने भएको जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ ।

पहिलो चरणमा लगाईने पालिकाहरु बुटबल उपमहानगर शिद्धार्थनगर सैनामैना गैडहवा कञ्चन कोटहिमाई सियारी मर्चवारी सम्रीमाई मायादेबि र शुद्धोधन गाउँपालिका रहेका छन भने दोश्रो चरणमा असार २५ र २६ गते देबदह तिलोत्तमा ओमसतिया रोहिणी र लुम्बिनी सांकृतिक नगरपालिका रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले भने सुरक्षा मापदन्ड अपनाएर पहिलो चरणमा भेरोसिल खोप लगाएका ६२ देखी ६४ बर्ष उमेरका र भेरोसीलको पहिलो डोज लगाएका लाई समन्धीत केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन । खोप लगाएको तिन हप्ता काटिसकेकाले मात्र लगाउन डा गिरीले आग्रह गरे ।

सम्बन्धित शिर्षक :