अस्पताल विकास समिति तर्फका स्थायी कर्मचारी सरुवा हुने

अस्पताल विकास समिति गठन आदेशलाई खारेज गर्दैअस्पताल विकास छाता ऐन ल्याउने तयारी

स्वास्थ्यसमाचार/ सरकारले अस्पताल विकास समितिअन्तर्गत रहेका स्थायी कर्मचारीहरुको एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा प्रावधान ल्याउन लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विधमान अस्पताल विकास समिति गठन आदेशलाई खारेज गर्दै सबै अस्पतालमा लागु हुने गरी अस्पताल विकास छाता ऐन ल्याउन तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले सो ऐनको प्रारम्भिक मस्यौदा तयार गरी छलफलको चरणमा रहेको कानुन शाखाका प्रमुख उपसचिव मानबहादुर बस्नेतले जानकारी दिए ।

‘नयाँ कानुनले विकास समितिअन्तर्गतका कर्मचारीहरु एक अस्पतालबाट अर्को अस्पतालमा सरुवा हुने प्रावधान लागु गर्नेछ,’ उनले भने । अहिले अस्पताल विकास समितिअन्तर्गत नियुक्ति भएका कर्मचारी निश्चित समयपछि स्वतः स्थायी हुने र सरुवा नहुने हुँदा अस्पतालमा विकृती बढेको भन्दैं सरकारले छाता ऐन ल्याएर एक अस्पतालबाट अर्को अस्पताल सरुवा हुने प्रावधान ल्याउन लागेको हो ।हेल्थआवाजबाट

सम्बन्धित शिर्षक :