शुध्दोधनमा योग र मनोचिकित्सा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ शुध्दोधन गाउँपालिका वडा नं २को खड्वा बनगाइ स्वास्थ्य चौकीमा योग र मनोचिकित्सा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

लुम्बिनी ग्रामीण विकास परिषद् नेपाल रुपन्देहीको आयोजनामा र शुध्दोधन गाउँ पालिका वडा न २ रुपन्देहीको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
शुध्दोधन गाउँपालिका वडा नं २का अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा शुध्दोधन गाउँ पालिकाका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुखआतिथ्यमा भएको सचेतना कार्यक्रममा मनोरोग विशेषज्ञ डा विक्रम काफ्ले र लुम्बिनी आयुर्बेद चिकित्सालय बुटबलका योगप्रशिक्षक बिष्णु हरी आचार्यले प्रशिक्षण दिएका थिए।

उक्त कार्यक्रममा टोलबिकास संस्था स्वयमसेविका महिला समुहका अध्यक्ष जनप्रतिनिधि बुद्धिजीवी लगायतको सहभागी रहेको रहेको कार्यक्रममा बोल्दै वडा अध्यक्ष बस्यालले कोरोना महामारीको यो अबस्थामा मनोरोग आयुर्बेदक्षेत्र महत्वपुर्ण रहेको बताउदै तनाब कमगर्ने को लागी केहि भएपनि राहत मिल्ने बताए ।प्रमुख अतिथी गाउँपालिका अध्यक्ष किशुन चन्दचौधरीले मानसिक तनाब कमगर्न योग अतिमहत्वपुर्ण भएको बताए ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर अघि बढेको अध्यक्ष चौधरीले बताए।लुम्बिनी ग्रामिण बिकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षतमा भएको कार्यक्रममा खड्वा बनगाइ स्वास्थ्य चौकीका प्रमुख मदन पोखरेल टोलसंस्थाका प्रतिनिधि लगायतले बोलेका थिए।

सम्बन्धित शिर्षक :