अमेरिकाले नेपाललाई दिएको १५ लाख डोज खोप सोमबार नेपालआउने

स्वास्थ्यसमाचार /कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई दिने कोरोनाविरुद्धको भ्याक्सिन सोमबार नेपाल आइपुग्ने भएको छ। अमेरिकाले नेपाललाई जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप उपलब्ध गराउँदै छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले अमेरिकाले अनुदान दिने १५ लाख डोज खोप सोमबार आइपुग्ने जानकारी दिए। ‘अमेरिकन सरकारले कोभ्याक्समार्फत अनुदानमा नेपाललाई दिन लागेको १५ लाख जे एन्ड जे भ्याक्सिन आगामी सोमबार बिहान काठमाडौं आइपुग्ने भएको छ।’, भट्टराईले भने।

उनले थप खोप ल्याउन पनि सरकारले पहल गरिरहेको जानकारी दिए।उक्त खोप एक डोज मात्र लगाए पुग्छ। जबकि हालसम्म नेपालमा लगाइएको सबै खोप दुई डोज लगाउनुपर्ने खालका छन्। अहिलेसम्म नेपालमा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ र चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ नामक खोप मात्रै लगाइएको छ।

जोन्सन एण्ड जोन्सन कम्पनीले आफूले विकास गरेको खोप लक्षण नदेखिइकन हुने संक्रमण नियन्त्रणको लागि पनि प्रभावकारी हुने बताएको छ। उक्त खोप ८८ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ।

सम्बन्धित शिर्षक :