लुम्बिनी प्रादेशिक अस्पतालाई नमुना बनाउनुस : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्यसमाचार /संघिय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपाल कोरोना भाईरस मुक्त रहेको बताएका छन ।नेपालमा १८ जना संकास्पद फेला परेपनि उनीहरुमा कोरोना भाईरस नभएको बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको अबलोकनमा आएका मन्त्री ढकालले कर्मचारीको उच्चमनोबल बढाउने तरिकाले काम अघि बढाएको बताए । उनले अस्पतालका कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मिहरु बेतलबी बस्ने र काम नगर्ने कर्मचारीलाई मन्त्रालयमा दरबन्दी राख्ने बताए। मन्त्री ढकालले प्रादेशिक अस्पताल भएपनि केन्द्रबाट हुने र गर्नुपर्ने कामलाई कुनै बाकी नराख्ने बताए ।उनले प्रादेशिक अस्पताललाई अरु क्षेत्रकाले उदाहरण लिने तरिकाले अघि बढाउनु पर्ने बताए। ढकालले अस्पतालका…

दादुरा रुबेला खोप अभियानः मुख्यमन्त्री पोखरेलद्वारा शुभारम्भ

स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैनाबाट प्रदेश ५ मा राष्ट्रिय दादुरा रुबेला खोप अभियान सुरू भएको छ । सैनामैनाको पर्रोहा क्याम्पसमा राखिएको खोप केन्द्रमा आएका बाल बालिकालाई खोप दिएर विहिबार प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले विधिवत रुपमा अभियानको शुभारम्भ गरेका छन् । सो अबसरमा बोल्दै मूख्यमन्त्री पोखरेलले खोप कार्यक्रमसँग नजोडिएका आमा तथा बालबालिकाहरुमा पुग्न सक्यौ भने मात्रै खोप अभियान सार्थक हुने उल्लेख गरे ।फरक प्रसँगमा मूख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालसँग जोडिएका सटरहरुका कारण अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएका कारण सटरहरु भत्काइएको बताए ।   अस्पताललाई विशेषज्ञ सेवासहित विशिष्टकृत गर्नका लागि सरकारले राष्ट्रय…

दादुरा रुबेला खोप अभियानः मेयरद्धारा खोप दिएर शुभारम्भ

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ । अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुर्याउन सम्पूर्ण नगरबासीलाई आग्रह गरे । उनले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९…

कण्डम दिवसका अवसरमा बुटबलमा वृहत सांस्कृतिक कार्यक्रम

स्वास्थ्यसमाचार /अन्तराष्ट्रिय कण्डम दिवसका अवसरमा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । दिवसका अवसरमा फेब्रुअरी १३ अर्थात बिहीबार बुटवल ट्राफिक चोकमा हुने उक्त कार्यक्रम बारे आयोजक आस्था समूह र सहयोगी संस्था ए.एच.एफ नेपालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सो अवसरमा बोल्दै आस्था समूहका अध्यक्ष केशव पुन मगरले कण्डम दिवसका अवसर पारेर एचआइभी एड्सबाट जोगिन कण्डमको भूमिका महत्वपूर्ण हुुन्छ भन्ने बुझाउन र कण्डमको प्रयोग बारे सन्देश दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिएको जनाए । त्यसैगरी कार्यक्रमको सहयोगी संस्था ए.एच.एफ.नेपालका क्षेत्रिय कार्यक्रम संयोजक धर्मराज भट्टराईले एडबाट बच्न कण्डमको अहम् भूमिका…

दादुरा रुबेलाखोप फाल्गुण १ देखि ९ सम्म तिलोत्तमामा संञ्चालन गरिदै(तालिका सहित)

स्वास्थ्यसमाचार/ नेपालमा सन् २०२३ सम्ममा दादुरा रुबेला दुबैलाई पुर्ण रुपले निवारण गरिसक्नु पर्ने लक्ष्य अनुरुप राष्ट्रिय अभियान कार्यक्रम रहेकोले तिलोत्तमा नगरपालिका अन्र्तगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुका खोप केन्द्रहरुमा यहि आगामी २०७६ फाल्गुण १ गते देखि ९ गते सम्म तिलोत्तमा नगरापालिकाका ६९ खोप केन्द्रमा २२ जना स्वास्थ्यकर्मी परिचालन गरी दादुरा रुबेला लक्षित १०हजार, ८सय १६ बालवालिका हरुलाई खोप लगाईने भएको छ । उक्त कार्यक्रमको लागि ८५ सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्रचार गरि धेरै भन्दा धेरै लाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । खोप लगाएपछि हुने कुनै अवाञ्छित समस्या लाई मध्यनगर…

कोरोना प्रभाबित चिनबाट जनशक्ति नआउदा गौतमबुद्ध विमानस्थलको निमार्ण कार्य प्रभावित

स्वास्थ्यसमाचार । रुपन्देही, २९ माघ । चीनबाट फैलिएको कोरोना भाईरसको प्रभाव भैरहवामा निर्माणाधिन अन्र्तराष्ट्रिय गौतम बुद्ध बिमानस्थललाई पनि परेको छ । कोरोनाकै कारण अहिले जुन गतिमा बिमान स्थल निर्माण हुनुपर्ने त्यो गति लिन नसकेको बिमान स्थल निर्माण परियोजनाले जनाएको छ । निर्माणको लागी आवश्यक प्राविधिक जनशक्ति चीनबाट आउन नसक्दा बिमानस्थलमा उपकरण जडानको काम प्रभावित भएको छ । निर्माणको अन्तिम चरणमा रहेको बिमानस्थल कोरोना भाईरसको प्रभाव यस्तै रहने हो भने थपिएको म्यादभित्र सम्पन्न गर्न कठिनाई आउन सक्ने आयोजनाको भनाई छ । आईसीबी–२ अन्र्तगतका करिब ९५ प्रतिशत उपकरण तथा आईसीबी–१ अन्र्तगतको ८५…

चिकित्सक संघमा लोकतान्त्रिक समूहको जित, एकजना सदस्य पेशागत समुहबाट

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ एनएमए को अध्यक्षमा डा लोचन कार्की विजयी भएका छन् । मंगलबार बिहान ३ बजे सम्पन्न संघको मतगणना अनुसार लोकतान्त्रिक समूहबाट उम्मेदवार बनेका डा कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । मत परिणाम अनुसार सबैभन्दा बढी मत ल्याएर आफ्ना निकटतम् प्रतिद्वन्द्वी पेशागत समावेशी समूहका डा।पुष्पमणि खराललाई उनले पराजित गरेका छन् । डा कार्कीको ४ हजार १ सय ११ मत प्राप्त गरेका छन् भने डा खरालको १ हजार ९ सय ७९ मत आएको छ । डा। कार्की २ हजार १ सय ३२ बढी मत ल्याएर विजयी भएका छन् । आफू…

तिलोत्तमाको वडा नंं ५ शुन्य पोलिथिन वडा घोषित

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाको वडा नंं. ५ (मणिग्राम क्षेत्र) शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ । यो संगै नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन नगर र पूर्ण सरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत सोमबार वडा नंं. ५ शुन्य पोलिथिन वडा घोषणा गरिएको हो । सोमबार मणिग्राम चोकमा आयोजित सार्वजनिक समारोहमा वडाभित्रका सात वटै टोल विकास संस्थाका अध्यक्षहरु र वडा अध्यक्ष चेतनारायण भण्डारी लगायतले प्ले कार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो…

बुटबल उपमहानगरद्धारा सुत्केरीलाई पोषणसंगै भत्ता

स्वास्थ्यसमाचार /बुटवल उपमहानगरपालिकाले स्वास्थ संस्थामा सुत्केरी हुन आएका महिलालाई भत्तासहित पोषण सामग्री प्रदान गरेको छ । उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम अन्तर्गत बुटवलले मुलुकमै नौलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही क्रममा आइतबार बुटवल(१४, सेमलारको स्वास्थ्य चौकीमा सुत्केरी हुन आएका महिलाहरुलाई भत्तासहित पोषण सामग्री प्रदान गरिएको हो । उपप्रमुख गुमादेवी आचार्यले चालु आवको पहिलो चरणमा त्यस क्षेत्रका १७ जना सुत्केरीलाई पोषण सामग्री प्रदान गरिन । गत मंसिरदेखि यता स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका ती महिलालाई आइतबार संयुक्तरूपमा उक्त सामग्री प्रदान गरिएको थियो । त्यसअवसरमा उपप्रमुख आचार्यले शिसु र…

दादुरा–रुबेलाविरुद्धको खोप पूर्णतः सुरक्षित : स्वास्थ्य अधिकारी

स्वास्थ्यसमाचार /स्वास्थ्य अधिकारीहरुले फागुन १ देखि सुरु हुने दादुरा–रुबेला विरुद्धको खोप पूर्णतः सुरक्षित रहेको जनाउँदै अभियानमा सफल बनाउन सबैलाई आग्रह गरेका छन् । राष्ट्रिय यो अभियान पहिलो चरणमा फागुन १ देखि ३० सम्म प्रदेश नं. १, २ र ५ मा यो अभियान चल्नेछ । यी प्रदेश दादुरा–रुबेलाबाट बढी प्रभावित छन् ।स्वास्थ्य कार्यालय, रुपन्देहीले आइतबार पत्रकारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख डा. राजेन्द्र कुमार गिरीले खोप पूर्णतः सुरक्षित रहेकाले यसमा विश्वस्त भई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरे । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप…