चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

५५ - ५९ उमेर समूहलाई खोप लगाइने

स्वास्थ्यसमाचार/सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ ।नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार भेरोसेलको आठ लाख डोज ल्याइएको हो ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने बताए ।

पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।अहिलेसम्म ५५ देखि ६० वर्षभन्दा कम उमेरकालाई खोप नदिएकाले अबको खोपको प्राथमिकतामा सोही उमेरसमुह पर्ने उहाँले बताउनुभयो ।

यद्यपी यसबारे औपचारिक निर्णय भइनसकेको उहाँले बताउनुभयो साथै, ४० देखि ५४ वर्षको उमेर समूहमध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिपनि अबको खोपको प्राथमिकतामा पर्ने जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २४ गते सम्मको तथ्यांकअनुसार ३३ लाख ७१ हजार ७६१ जनाले कोभिड खोप लगाइसकेका छन् ।

जसमध्ये पहिलो मात्रा २६ लाख ११ हजार ८०७ र दोस्रो मात्रा ७ हजार ५९ हजार ९५४ जनाले दोस्रो मात्रा लगाएका छन् । हालसम्म नेपालमा कोभिशिल्ड र भेरोसिल खोपको मात्रै प्रयोग भइरहेको छ ।

सम्बन्धित शिर्षक :