गाउँपालिकाको पहिलो पुर्णसरसफाई वडा बन्यो धुर्कोट ६ रजस्थल

वासुदेब पोखरेल
स्वास्थ्यसमाचार गुल्मीको धुर्कोट गाउँपालिका वडा न ६ रजस्थललाई गाउँपालिकामै पहिलो पुर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । आज गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले पुर्ण सरसफाई वडा घोषणा गरेका छन ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिबबहादुुर खत्रिले पुर्ण सरसफाइ टोल घोषणा गरिएको आमनागरिकमा प्रतिबद्धता गराएका थिए भने गाउँपालिका प्रमुख भुपाल पोख्रेलले पुर्ण सरसफाई घोषणा पत्र वडाध्यक्ष कृष्णबहादुर नेपालीलाई प्रदान गरे । सोहि कार्यक्रममा रजस्थल बासिलाई फोहोर जम्मा गर्ने १/१ वडा डष्टविन वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा प्रगतिशिल महिला बहुउद्धेयीय सहकारी सँस्थालाई ४० वटा कुर्सि र अफिस टेवल हस्तान्रण गरिएको थियो ।

कार्यक्रममा आफना भनाई राख्दै धुर्कोट गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुपाल पोख्रेलले गाउँपालिका भित्रका ६३ टोलमध्ये हालसम्म १७ टोललाई पुर्ण सरसफाई टोल घोषणा गरिएको र यसै आर्थिक बर्षमा गाउँपालिकालाई पुर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गरि आफुले जनताका सामु गरेका प्रतिबद्धता पुरा गर्ने अध्यक्ष पोख्रेलले वताए ।

त्यस्तै गाउँपालिकाभित्र रहेको ७ सय २२ घरधुरी मध्ये ५ सय ४ घरमा एक घर एक धारा पुगेको र बाकिँ २ सय १८ घरमा पनि यसै आर्थिक बर्षमा काम सम्पन्न गर्ने बताइएको छ । वडा न ६ रजस्थलमा हालसम्म खुला दिशामुक्त वडा, अध्यारो मुक्त वडा, विद्यालयमा चक मक्त वडा, बालबालिका पुर्ण भर्ना वडा, धुवा सहित चुलो वडा, पुर्ण खोप घोषणा, खरका छानामुक्त वडा, शुन्यघर प्रशुति वडा, पुर्ण साक्षरता वडा, र पुर्ण सरसफाइयुक्त वडा घोषणा गर्न सफल भएको छ ।

त्यस्तै धुर्कोट गाउँपालिका वास सँयोजक छविलाल विश्वकर्माले सरसफाइका आधारभुत ६ वटा सुचकहरु पुरा भएकोले पुर्ण सरसफाई वडा घोषणा गरिएको वताए । उनले सम्पुर्ण वडा बासिको साथ र सहयोगमा पुर्ण सरसफाइ वडा घोषणा गर्न सफल भएको वताए ।

गाउँपालिका उपाध्यक्ष शिबबहादुर खत्रिले पहिलोे पुर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने रजस्थलका जनप्रतिनिधि, वडाबासि धन्यावाद दिदै खानेपानि र सरसफाईमा वडा सफल भएको दावि गरे ।त्यस्तै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कासिराम पन्थिले धेरै मिहिनेत पश्चात पालिकामा अनुकरणिय र नविनतम कार्य भएको बताउदै यस्ता कार्यहरुलाई निरन्रता दिइने वताए ।

कार्यक्रममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गर्न सहयोग पुराउनुहुने लाई प्रमुख अतिथि धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेल उपाध्यक्ष शिबबहादुर खत्रि, वडाध्यक्ष कृष्णबहादुर नेपालीलदोसल्ला ओढाइ सम्मान गरेका थिए ।

सम्बन्धित शिर्षक :