रुपन्देही उद्योग संघद्वारा मास्क वितरण ,सबैलाई सचेत रहन आग्रह

स्वास्थ्यसमाचार /रुपन्देही उद्योग संघले No Mask No Movement   अभियान अन्तर्गत २० हजार थान सर्जिकल मास्क वितरण गरेको छ ।संघले कोरोना भाइरससँग जोगिन अनिवार्य मास्क लगाउन अनुरोध गर्दै बुटवलको अस्पताल लाइनमा सचेतना कार्यक्रमको आयोजना गरी मास्क वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

वितरण समारोहमा बोल्नुहुँदै संघका अध्यक्ष बाबुराम बोहोराले हामी सबै नागरिकहरु हातेमालो गरी कोरोनासँग जुधेर देशको अर्थतन्त्र बचाईराख्न र जनजीवनलाई सुरक्षित बनाउन सचेत हुनुपर्नै बताए।उनले कोरानासँग बच्न मास्क लगाउन अपरिहार्य रहेको बताउनुहुँदै संघले मास्क वितरण अभियानलाई पुनः संचालन गरेको वताए । संघद्वारा २०७६ फागुन १ गते मास्क वितरण अभियान थालनी गरेको समेत स्मरण गराएको थियोे ।

कार्यक्रममा उपस्थित संघका पूर्व अध्यक्ष पि.एल. श्रेष्ठ र तेज कुमार पाठकले पैदल यात्री र सवारी साधनमा मास्क नलगाई यात्रा गर्नु भएका आम सर्वसाधरणलाई मास्क वितरण गरी अभियानको शुरुवात गरेका थिए ।सो अवसरमा संघका पदाधिकारी, कार्यसमितिका सदस्यहरु, सल्लाहकार एवं कर्मचारीहरुको उपस्थितिमा सर्वसाधारणलाई मास्क लगाउन अनुरोध गर्दै दुई हजार थान मास्क वितरण गरिएको संघका महासचिव जिवकान्त काफले गराए।

अभियानकै शिलशिलमा संघले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गलाई दश हजार थान, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज के.सी.लाई २ हजार थान, प्रादेशिक ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापालाई २ हजार थान, इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन कुँवरलाई दुई हजार थान र वडा प्रहरी कार्यालय बुटवल रामनगरलाई दुई हजार थान गरीे बीस हजार थान मास्क वितरण गरेको हो ।

संघले यस अभियानमा सहभागी हुन सबै व्यवसायिक संघसंस्था, सामाजिक संस्थाहरु, उद्योगी, व्यवसायीहरुसँग आग्रह समेत गरेको रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए।

सम्बन्धित शिर्षक :