रुपन्देहीका नर्सिङ कलेजलाई नयाँ विद्यार्थी भर्ना लिन मापदन्ड पुगेन

सरकारको गलत नितिका कारण समस्या भयो: फोरम फर हेल्थ लुम्बिनी प्रदेशका संयोजक प्रकाश राना

स्वास्थ्यसमाचार /रुपन्देहीमा संञ्चालित ९ बटा नर्सिङ कलेजले यो शैक्षिक सत्रबाट नयाँ विद्यार्थी भर्ना लिन नपाउने भएका छन् । आफ्नै अस्पताल हुनुपर्ने चिकित्सा शिक्षा ऐनको बाध्यकारी व्यवस्थाका कारण रुपन्देहीमा ९ सहित नेपालमा एक सयभन्दा धेरै नर्सिङ कलेज बन्द हुने अवस्थामा पुगेका छन् ।

बुटबलमा संञ्चालन भएको संञ्जीबनीे नर्सिङको कक्षा चलाउन थालेको १९ वर्ष भयो । उसले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको सम्बन्धनमा प्रवीणता प्रमाणपत्र तह र पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा नर्सिङ कक्षा सञ्चालन गर्दै आएको छ । तर कलेजसँग आफ्नै अस्पताल छैन ।

जसका कारण उसले अब यी दुवै तहमा नयाँ भर्ना लिन नपाउने भएको छ । रुपन्देहीमा सीटीईभीटीको सम्बन्धनमा खुलेका ९ वटा कलेजको आफ्नै अस्पताल छैन । ती सबै कलेजले यो शैक्षिक सत्रबाट नयाँ भर्ना लिन पाउने छैनन् । उनीहरुले सरकारी अस्पतालमा वा आफना सेयरहरुद्धारा संञ्चालन भएका कलेजमा बिद्यार्थीहरुलाई प्राटिकल गराउदै आएका थिए ।

त्यसो त नर्सिङको कक्षा चलाउन अस्पताल चाहिने व्यवस्था अहिले गरिएको होइन । २०७५ फागुनमा बनाइएको चिकित्सा शिक्षा ऐनमा नर्सिङ कक्षा सञ्चालन गर्ने कलेजको एक सय शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था छ । कलेजलाई अस्पताल व्यवस्था गर्न दुई वर्षको समय दिइएको थियो । जनतादेउराली नर्सिड कलेजले भने अहिले ५० बेडको अस्पतालमा संञ्चालनमा ल्याएको र अब १ सय बेडको बनाउने तयारी गरेको बताईएको छ ।अरु आठबटा अस्पताल संञ्चालकहरुले साउन २७ गते सम्म पनि अस्पताल बनाउन सुरु गरेको बताएपनि सम्पन्न भएको छैनन।

दुई वर्षसम्म पूर्वाधारमा बेवास्ता गरेका निजी कलेजका सञ्चालकले अहिले आएर सरकारले विकल्प दिनुपर्ने भन्न थालेका छन् । संञ्जीबनी नर्सिड कलेका सिईओ दिपक रोक्का भन्दछन सरकारले अब केहि समय को लागी अस्पताल बनाउने समय थप गर्नुपर्ने र अहिले बिद्यार्थी भर्नाको लागी बाटो खोलीदिनु पर्ने बताउछन ।

रुपन्देहीमा संजीबनी नर्सिड, ,जनतादेउराली नर्सिड कलेज,देबदह मेडिकलकलेज लुम्बिनी नर्सिड कलेज,अक्सबृज नर्सिड कलेज,शुभकामना नर्सिड कलेज,एडभान्स नर्सिड कलेज, ९ बटा नर्सिड कलेजमा पिसीएल नर्सिङपढाई हुने फोरम फर हेल्थ लुम्बिनी प्रदेशका संयोजक प्रकाश रानाले बताए ।उनले भने हामीले नर्सिङकलेजको लाईसेन्स लिदा अस्पताल अनिबार्य भनिएको थिएन त्यहि अनुसार हामी सरकारी निजी ५० बेड भन्दा माथिका अस्पतालमा बिद्यार्थीलाई प्राटिकल गराएका थियौ ।

सरकारले सय बेडको अस्पताल भनेपनि हामीलाई अहिले सम्म आधिकारीक पत्र नआएको वताए। उनले भने रुपन्देहीमा ९ बटा कलेज छन ९ सय बेडको अस्पताल आबश्यक छ कि छैन त्यो राज्यले बुझनु पर्ने बताए । रानाले सरकारको पोलीसी राम्रो नभएको कारण समस्या भएको बताए ।

नर्सिङकलेजलाई १सय बेडको अस्पताल आबश्यक छ भनेपनि अन्य ल्याब एच ए लगाएका बिषयहरुमा अध्यन गर्नको लागी ५० बेडको अस्पताल भएपनि हुने निति अबलम्ब गरेको बताए । रुपन्देहीका ९ बटा नर्सिङकलेजमा प्रतेक बर्ष ३सय ६० जना बिद्याथीहरुले नर्सिङपढने गर्दछन ।

सम्बन्धित शिर्षक :