कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेका रुपन्देहीका ३७ हजारलाई साउन ३२गते बाट एस्ट्राजेनका खोप लगाईने

स्वास्थ्यसमाचार / कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई रुपन्देहीका नागरिकलाई साउन ३२ वाट एस्ट्राजेनका खोप लगाइँने भएको छ। चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउन लागिएको हो।

चैतमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो। दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतले खरिद गरेको खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो।

सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनका खोप दिने प्राथमिकता राख्ने निर्णय गरेको छ।

खोप लगाउन रुपन्देहीमा ३६हजार ६ सय २ जना रहेको र रुपन्देहीमा १६ पालिकाका लुम्बिनी प्रादेशिक अस्पताल भिम अस्पताल भैरहवामा केन्द्र तोकिएको छ।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लक्षित समूहलाई लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।

सरकारले साउन २५ वाट खोपलगाउन भनेपनि रुपन्देहीमा भेरोसेल खोप दोश्रो डोज लगाएको लाई खोप संञ्चालन गरिएकोले रुपन्देहीमा ३२ गतेबाट लगाउन सुरु गरिएको डा गिरीले बताए ।

सम्बन्धित शिर्षक :