पूर्वमन्त्री कल्पना पाण्डे १९ दिनपछि डिस्चार्ज, स्वास्थ्यमा सुधार हुदैँ

स्वस्थ्य भएपछि राजनीति मार्फत जनताको सेवामा सक्रिय रहन्छु :पुर्बमन्त्री पान्डे

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको निवर्तमान उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डे १९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छन। साउन १० गते देखि नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वमन्त्री पाण्डेको स्वास्थ्यमा सुधार भएपछि शुक्रबार डिस्चार्ज अस्पतालले जनाएको छ ।

पूर्वमन्त्री पाण्डे नशा सम्बन्धी रोग गियान ब्यारे सिन्ड्रम (जिविएस) बाट संक्रमित भएकी थिईन । गत साउन ९ गते मन्त्रालयको कार्यक्रममा सहभागी भएर घर फर्किदा खुट्टा झम्झमाउने र मुटु दुख्ने समस्या देखिएपछि पूर्व मन्त्री पाण्डेलाई भैरहवा स्थित भिम अस्पतालमा लगिएको थियो । भिम अस्पतालमा सामान्य उपचारपछि बुटवल स्थित गौतमबुद्ध मुटु अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडौँ स्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो ।

घुडाँ भन्दा मुनी खुट्टा नचल्ने अवस्थामा नर्भिक अस्पतालका डाक्टर पंकज जलान सहितको टिमले परिक्षण गर्दा जिविएस रोग लागेको पत्ता लागेको थियो । ‘जिविएस निकै गम्भिर रोग हो । यो रोग निको हुन २ वर्ष सम्म पनि लाग्ने गर्छ ’, पूर्वमन्त्री पाण्डेको उपचारमा संलग्न डाक्टर जलानले भने ‘ उच्च मनोबल र शरिर भरि सक्रमण फैलिन नपाउँदै अस्पतालमा भर्ना भएकाले मन्त्री ज्युलाई कम समयमै सन्चो भएको हो ।’

पूर्वमन्त्री पाण्डेको स्वास्थ्यमा पूर्ण सुधार हुन कम्तिमा एक महिना लाग्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । पूर्ण निको नहुदाँ सम्म नियमित फिजियो थेरापी गराउनु पर्ने चिकित्सकको भनाई छ ।

अस्पतालबाट डिस्चार्ज हुदैँ गर्दा पूर्व मन्त्री पाण्डेले उपचारमा संलग्न डाक्टर, नर्स, अस्पताल प्रशासन लगायत सम्पूर्ण कर्मचारीप्रति आभार प्रकट गरिन । ‘डाक्टरहरूको मेहनत, आफन्त नेता, कार्यकर्ता, अग्रजको आशिर्वादले नयाँ जिवन प्राप्त गरेको छुँ ’ पान्डेले भनिन ,‘ केही समय थेरापी पछि हिँडडुल गर्न सक्छु होला । स्वस्थ्य भएपछि राजनीति मार्फत जनताको सेवामा सक्रिय रहन्छु ।

सम्बन्धित शिर्षक :