लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीलाई २ लाख सहयोग गर्ने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको नयाँ गठित मन्त्रीपरिषदको पहिलो बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका विरामीहरुलाई २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

बैठकले कोरोना हटलाईन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजोन परीक्षणको लागि घुम्ती शिवीर सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै खोपलाई प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

बैठकले प्रदेश नं. ५ प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको खड्काले बताए ।

सम्बन्धित शिर्षक :