लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताललाई आड्रा नेपालले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बुधबार अस्पताल परिसरका सो संस्थाले अस्पताल व्यवस्थापन समितिलाई ती सामग्री हस्तान्तरण गरेको हो ।

अष्टे«लियन एडको सहयोगमा आड्राले पीपीई १ हजार सेट, गुल्कोमिटर १० पिस, गुल्कोमिटर स्ट्पि ३ सय पिस, अक्सिजन कन्सेन्टर ५, एन ९५ मास्क १ हजार प्याकेट, सेनिटाइजर १ सय बोतल, मेडिकल मास्क ५ हजार तथा ग्लोब्स, भाइटल मनिटर अस्पताललाई सहयोग गरिएको हो ।

सो संस्थाका धर्म रोकायले महामारीको समयमा संस्थाले स्वास्थ्य संस्थालाई थप सहयोग पुराउनका लागि सहयोग गरिएको बताए ।आड्राले उपलब्ध गराएका ती सामग्री बुझ्दै अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले सबैको समन्यवमा महामारी जित्न सकिने बताए । उनले सरकारी अस्पताल सुधार गर्न सबैको सहयोग आवश्यक रहने बताए ।

सम्बन्धित शिर्षक :