काँग्रेस बुटबल उपमहानगर द्वारा खयरघारी बस्तीमा मास्क वितरण

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिका वडा नं ६ को खयरघारी बस्तीमा नेपाली काँग्रेसले मास्क वितरण गरेको छ । कोरोना भाईरस संक्रम रोकथाम तथा नियन्त्रणको लागि सरकारले राष्ट्रिय मास्क अभियान सञ्चालन सञ्चालन गरिरहँदा नेपाली काँग्रेस बुटवल ६ वडा समितिले वडाको (सुन्दरनगर) खयरघारी बस्तीमा मास्क वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले कोरोनाबाट बच्नको लागि बसैलाई मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरे । । वडाकी कार्यवाहक सभापति कृष्णकला भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे, महासमिति सदस्य बालकुमारी भण्डारी, नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल लगायतले राखेका थिए ।

कार्यक्रम सचिव तारा ज्ञवालीको सञ्चालनमा भएको थियो । त्यस अवसरमा सुन्दरनगर खयरघारी बस्तीमा ७ हजार मास्क वितरण गरिएको सो पार्टीले जनाएको छ ।

सम्बन्धित शिर्षक :