लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल हटाईए

प्रदेश सरकारका सबै गलत निर्णय उल्टाई दिन्छौ :माओबादी नेता शुदर्शन बराल

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई सरकारले पदबाट हटाएको छ । आज बसको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मेसु खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सार्ने  निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता बैजनाथ चौधरीले डा खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सारिएको जानकारी दिए ।गत केहि दिन अघि बाटै एमालेका नेता तथा स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अस्पतालका मेसु लाई हटाउन प्रदेश सरकारलाई शिफारीस गरेका थिए ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लुम्बिनी प्रादेशिक अस्पतालको मेसु परिवर्तन गर्ने सिफारीस मन्त्रालयबाट नगएको मन्त्रालयलले जनाएको छ । मन्त्रालयका कर्मचारी प्रशासनका शाखा अधिकृत संञय ज्ञाबलीले भने हामीले पनि परिर्बतन भयो भन्ने हल्ला थाह पाएका छौ मन्त्रालयमा निर्णय नआएको बताए ।

उत गठबन्धनका नेता एबं पुर्व सामाजीक बिकास मन्त्री शुदर्शन बरालले भने प्रदेश सरकारले गरेका सबै गलत निर्णय उल्टाई दिने बताएका छन ।कोरोना महामारीको बेलामा अस्पतालका नेतृत्व गरेको मेसुलाई हटाउने निर्णय गलत छ हामी त्यो निर्णय उल्टाई दिन्छौ उनले भने ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :