स्वास्थ्यको समायोजन: एचए, स्टाफ नर्स, अहेब र अनमीको अझै २ महिना लाग्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लगातारको वर्षातका कारण कर्मचारी समायोजनको कार्यलाई केही समय पछाडि धकेलेको छ। वर्षातका कारण आउनसक्ने महामारी र विपत्तीलाई मध्यनजर गर्दै मन्त्रालयले समायोजनको कामलाई केही समय ढिला गर्ने भएको जनाएको छ ।यो समयमा समायोजनका कारण कर्मचारी यताउता हुँदा स्वास्थ्य संस्थामा असर गर्ने भन्दै केही समय यी समूहको समायोजनलाई ढिला गर्न लागेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए। मन्त्रालयका अनुसार हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमीको संख्या धेरै भएकाले यी समूहको समायोजन ढिला हुने भएकाले छ। यी चार समूहको समायोजन दुई महिनाभित्र सक्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ।…

प्रदेश र स्थानीय तहतका करार कर्मचारीका विषयमा स्वास्थ्य मन्त्रालयको ४ बुँदे निर्णय

स्वास्थ्य समाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यक्षेत्रमा करारमा कार्यरत कर्मचारीको म्यादथप तथा नयाँ नियुक्तिबारे मन्त्रीस्तरबाट निर्णय गरेको छ । सोमबार उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यदवले मन्त्रीस्तरबाट चारबुँदे निर्णय गरेसँगै मन्त्रालयले मंगलबार निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पत्राचार गरिदिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र खेलेको छ । प्रदेश र स्थानीय सरकारमातहतका कार्यालय तथा स्वास्थ्यसंस्थाहरूमा करारमा कर्मचारी नियुक्ति तथा म्यादथपका लागि मन्त्रालयले गरेको ४ बुँदे निर्णयमा नियुक्ति तथा म्यादथपका सर्तहरूसमेत निर्धारण गरेको छ । निर्णयमा करारमा नियुक्ति वा म्यादथप गर्न पाउने वा नपाउने…

बुद्धभुमि नगरपालिका कपिलबस्तुका २ वडा शुन्य होम डेलिभरी घोषणा

स्वास्थ्यसमाचार/ कपिलवस्तुको बुद्धभूमि नगरपालिका शुन्य होम डेलिभरी घरमा शुन्य प्रसुती वडा घोषणा गर्ने कपिलवस्तुको पहिलो स्थानीय तह बनेको छ । नगरका दुई वडालाई शुन्य होम डेलिभरी घोषणा गर्दै बुद्धभूमि जिल्लाकै पहिलो स्थानीय तह बनेको हो । घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्नका लागि देशव्यापी यो अभियान सञ्चालन भैरहेको छ ।बुद्धभूमि शुन्य होम डेलिभरी गराउने स्थानीय तह बनेपछि प्रदेश नं ५ मा कपिलवस्तु नै तेस्रो जिल्ला बन्न पुगेको छ । यसभन्दा अघि प्रदेश ५ का अर्घाखाँची र पाल्पामा केही स्थानीय तहले शुन्य होम डेलिभरी घोषणा गरेका थिए । सोमबार नगरपालिकाका दुई छुट्टा…

तिलोत्तमामा गर्भवती महिला र बालबालिकालाई पौष्टिक आहार वितरण

स्वास्थ्यसमाचार/रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गर्भवती महिला तथा बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ ।नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले सोमबार वडा नं. ४ को सीमानगरबाट पौष्टिक आहार वितरण गरेका छन । प्रारम्भिक चरणमा वडा नं. ३ र ४ का २सय ४० जना गर्भवती महिला तथा दुई वर्षमुनिका बालबालिकालाई पौष्टिक आहार प्रदान गरिने स्वास्थ्य शाखा ईञ्चार्ज काशिनाथ बञ्जाडेले वताए । आगामी दिनमा ‘उप–प्रमुखसँग गर्भवती महिला’ कार्यक्रममार्फत् पौष्टिक आहार वितरण कार्यक्रमलाई सबै वडामा कार्यान्वयन गरिने स्वास्थ्य शाखाले जनाएको छ । सामुदायिक विद्यालयमा दिवा खाजा चलाएको नगरपालिकाले सुनौलो हजार दिनका महिला तथा…

पाल्पामा फैलिएको झाडापखाला नियन्त्रणमा

स्वास्थ्यसमाचार/पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा महामारीको रुपमा फैलिएको झाडापखाला अहिले नियन्त्रणमा आएको छ । गाउँपालिकाको वडा नं १ सिद्धेश्वरका अर्चले र मराङ्ग गाउँमा महामारीको रुपमा बुधवार एक्कासी झाडापखाला फैलिएपछि यहाँका ४८ जना स्थानीय बिरामी परेका थिए ।झाडापखालाको महामारी बढ्न थालेपछि शुक्रवार साँझदेखि क्याम्पबाट नै उपचार गरिएको छ । बिरामी परेकामध्ये दुई जनाको अहिले मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने अन्यको वेद वेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा क्याम्प खडा गरेर उपचार सेवा दिइएको सिद्धेश्वर स्वास्थ्य चौकीका प्रमुख गिता दर्लामीले वताए।। प्रभावित क्षेत्रमा डाक्टर गगन अधिकारी सहितको छ जना स्वास्थ्यकर्मीको टोली…

लुम्बिनी प्रादेशीकअस्पताल अक्सीजनमा आत्मर्निभर ,वार्षिक ३४ लाख बचत

स्वास्थ्यसमाचार/ गत बर्ष लुम्बिनी प्रादेशीक अस्पताल बुटबल अक्सीजनमा आत्म निर्भर भएको छ । अस्पताललाई आबश्यक पर्ने अक्सीजन अस्पतालमै उत्पादन भएपनि आत्मनिर्भर भएको हो ।गत बर्ष रोटरी क्लब अफ बुटवलले अक्सिजन जेनेरेसन प्लान्ट हस्तान्तरण गरेपछि अस्पतालमा अक्सीजन उत्पादन सुरु गरेको थियो । गत बर्ष देखी अस्पतालले अक्सिजन जेनेरेसन प्लान्टबाट अस्पतालमै अक्सीजन उत्पादन सुरु गरेपनि अस्पतालमा आबश्यक अनुसार नभएपनि यस बर्षबाट अस्पतालाई आबश्यक अक्सीजन अस्पतलमै उत्पादन छ ।अस्पतालका प्रमुख मेसु डा कृष्ण प्रसाद खनालले भने गत बर्ष रोटरी क्लब अफ बुटवल लाख, रोटरी क्लब जयपुर डिस्ट्रिक ३२३० भारतको लाख र रोटरी फाउन्डेसनको…

मन्त्रीकै आगनमा स्वास्थ्य संस्थाको बिजोग, २१ वर्ष देखी एउटाकोठा वाट उपचार

स्वास्थ्यसमाचार/गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ स्थित हराचौर रहेको स्वास्थ्य चौकीमा २०५६ सालदेखिे १ कोठावाट १७ सय ३ जनालाई सेवा प्रदान गर्दै आएको छ । २०७२ सालको भुकम्पले केही क्षति पुर्याएको र भवन चुहिने भए पछि २ वर्ष अघि मात्र अर्को घरमा स्थानान्तरण गरियो तर अवस्था भने उस्तै नै रहेको छ। नाडेक गुल्मीले समाजीक परिक्षणमा यस्तो अबस्था होे । सरकारले शिक्षा र स्वास्थ्यमा जति सुकै लगानी गरेर आदर्शको नारा दिए पनि चन्द्रकोट गाउँपालिकाको वडा नम्बर ३ को हकमा हेर्ने हो भने सरकारले लिएको नीति तथा नारा नारामै सिमित रहेको छ…

बाढी पीडितको उद्दार र उपचार लाग्न चिकित्सक संघको अपील

स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघले बाढी, पहिरो र डुवानका कारण उत्पन्न आपतकालिन अवस्थामा स्वास्थ्य उपचारका लागि खटिन सम्पूर्ण चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु तथा आफ्ना सम्पूूर्ण शाखादलाई आग्रह गरेको छ । संघले शनिबार विज्ञाप्तिमार्फत् आफ्ना सदस्यहरुलाई घटनास्थलमा खटिएर पहिरो तथा बर्षाबाट उत्पन्न हुन सक्ने सरुवाजन्य रोगहरुको नियन्त्रण तथा पिडित समुदायलाई आईपर्न सक्ने कुनै पनि स्वास्थ्य समस्याको समाधानका लागि सक्रियता साथ जुट्न समेत अपील गरेको छ । संघले स्थानीय रुपमा दैविप्रकोप समितिसँग समन्वयका लागि समेत आग्रह गरेको छ । संघले सरकारसँग समेत बेपत्ता भएका नागरिकहरुको उद्धार कार्य अविलम्ब गर्न तथा नदि किनार नजिकका बासिन्दाहरुलाई सुरक्षित ठाउँतर्फ…

लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिला पक्राउ

स्वास्थ्यसमार/पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शिशु चोर्ने महिला पक्राउ परेकी छन्। शुक्रबार मध्याह्न जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट गल्याङ ५ की विमला पाण्डेयलाई शनिबार पक्राउ गरेको हो। नेपाल विद्युत प्राधिकरणको सरकारी आवासमा शिशुसहित पाण्डेय पक्राउ परेकी हुन्। उनका दुई छोरा र दुई छोरी रहेका छन्। उनका श्रीमान्‌को भने मृत्यु भइसकेको बताइएको छ।तानसेन नगरपालिका–९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घन्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए। सुत्केरी जमुनाको रेखदेख गर्न साथमा…

शुद्धोधनका शिक्षकहरुलाई मानसिक स्वास्थ्य समन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार /शुद्धोधन गाउँपालिका रुपन्देहीले बिद्यालयका शिक्षकहरुलाई मानसिक स्वास्थ्य समन्धी अभिमुखीकरण तालिम दिएका छन। गाउापालिका मित्र रहेका १८ बटा बिद्यालयका शिक्षकहरुलाई मानसिक स्वास्थ्य समन्ध तालिम दिएको हो । बिद्यालयका शिक्षकालाई मानसिक रोगबारे जानकारी गराए पुरै बिद्यार्थीहरु लाई यसबारे थाह हुने र रोकथामको लागी सहज हुने भन्दै यो तालिम दिएको शुद्धोधन गाउापालिका स्वास्थ्य शाखा संयोजक नन्दाराम पौडेले बताए। तालिममा मानसिक रोग बिशेषज्ञ डा मनोजन ढुगानाले उनीहरुलाई मानसिक रोग के हो कस्तोलाई लाग्छ के कारणले यो बढदै गएको र रोगथामका उपया बारे जानकारी गराएका थिए । डा ढुगानाले ४ जना मध्ये १ जनामा…