कोरोनाको तेस्रो लहरको संकेत देखियो, सतर्क रहौं : प्रधानमन्त्री देउवा

स्वास्थ्यसमाचार / प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडिओ सन्देश जारी गर्दै सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव नभएको भन्दै सबै मिलेर कोरोना नियन्त्रणमा अगाडि बढ्नु पर्ने बताएका हुन् ।

कोरोना महामारीको तेस्रो लहरका लक्षणहरु देखिन थालेको भन्दै प्रधानमन्त्री देउवाले सबै मिलेरमात्रै महामारीलाई तह लगाउन सकिने उल्लेख गरेका छन् । महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी अस्त्र खोप भएको भन्दै प्रधानमन्त्री देउवाले खोप लगाउन जाँदा सामाजिक दूरी कायम गरी लाइनमा बस्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्थाहरुलाई भिडभाड हुने गरी कार्यक्रमहरु आयोजना नगर्न र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएरमात्रै पेशा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् ।

 

सम्बन्धित शिर्षक :