लुम्बिनी प्रादेशिक अस्पताल भित्र ब्लड बैंक स्थापना हुने

अस्पताल र संघवीच सम्झौतामा हस्ताक्षर

स्वास्थ्यसमाचार /  रुपन्देही व्यापार संघको लगानी तथा लुम्बिनी प्रादेशिक अस्पतालको प्राविधिक एवं भौतिक व्यवस्थानमा प्रादेशिक अस्पतालमा रक्तसंञ्चार केन्द्र (ब्लड बैंक) स्थापना हुने भएको छ । मंगलवार ब्लड बैंक स्थापनाका लागि लुम्बिनी प्रादेशिक अस्पताल र रुपन्देही व्यापार संघवीच संस्थागत रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

ब्लड बैंक स्थापनाका लागि १० बुँदे सम्झौता पत्रमा लुम्बिनी प्रादेशिक अस्पतालकातर्फबाट अध्यक्ष सुर्य बहादुर भट्टराई, सदस्य रिज्जु श्रेष्ठ र मेसु डा. राजेन्द्र खनाल तथा रुपन्देही ब्यापार संघकातर्फबाट अध्यक्ष यमलाल लोहनी, महासचिव दयानीध भण्डारी र कोषाध्यक्ष दिपक अधिकारीले हस्ताक्षर गरे ।

सम्झौता पत्रमा अस्पतालको हाताभित्र स्थापना हुने ब्लड बैंकको लागि भौतीक संरचना अस्पतालले बनाउने र त्यसलाई आबश्यक पर्ने उपकरण रुपन्देही ब्यापार संघले उपलब्ध गराउने उल्लेख छ ।

ब्लड बैक सञ्चालनका लागी ७ सदस्यि सञ्चालक समिति गठन गर्ने जसमा रुन्देही व्यापार संघकातर्फबाट ३, अस्पताल विकास समितिबाट २, स्थानिय सरकार बुटवल उपमहानगरपालिकाबाट १ र जिल्ला प्रशासनबाट एक जनाको प्रतिनिधित्व रहने छ । यसैगरि अस्पताल प्रशासन र लेखा शाखाबाट १/१ जना अनिर्वाय आमन्त्रित सदस्इ राख्ने व्यवस्था गरिएको छ ।

सो परियोजना केन्द्रबाट आर्जन हुने आय सोही परियोजना सञ्चालन, मर्मत संहार र विकासका लागि खर्च गरिने बताउदै आयव्यवलाई पारदर्शी राख्न र चलाउन छुट्टै बैक खातछा खोलिने छभने गरिब, असाय र अशक्त विरामीलाई निशुल्क सेवा दिने प्रतिवद्धता संझौतामा जनाइएको छ ।

स्थापना गर्न लागिएको ब्लड बैंकमा अत्याधुनिक प्रविधिको प्रयोग र व्यवस्थापन रहने जनाइएको छ । नेपालमा नै सिमित स्थानमा रहेको बहुउपयोगि खालका मेसिनहरुबाट रगतको विविधिकरण गरि प्रयोगमा ल्याउने विधि अपनाइने छ । ब्लड बैंकको आवश्यक तयारी थालिएको जनाउदै मेसिन छनौंट र खरिदको काम सुरु भएको अध्यक्ष भट्टराईले वताए ।

ब्लड बैक स्थापनाको लागि मेसिन खरिदमा झण्डै २ करोडको लगानी लाग्ने अनुमान गरिएको व्यापार संघका अध्यक्ष लोहनीे वताए । नेपालमा नेपाल रेडक्रश सोसाइटी अन्तरगत सञ्चालनमा रहेको ब्लड बैंकले मात्र रगत वितरण गर्दै आएको अवस्था छ । यो संझौताबाट त्यो एकाधिकार पनि तोडिने भएको छ ।

त्यसमा अवसरमा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष सूर्य बहादुर भट्टाईले स्वाश्थ्य क्षेत्रको सुधारका लागि आज ऐतिहासिक र चुनौतिपूर्ण कामको थालनी भएको बताउदै अस्पतालमा ब्लड बैंकको स्थापना पछि उपचार गर्ने बिरामीको लागी ठूलो राहत पुग्ने वताए।

उनले नेपालका कुनै एक समुहको कब्जामा रहेको ब्लड बैंकले जनअपेक्षा अनुसार सेवा नदिएरहेको गुनासो पटकपटक सुन्नु परेको हुदाँ त्यसको अन्त्यका लागि यो परियोजना अगाडी सारेको बताउदै अब रगत संकलन र त्यसको सहि व्यवस्थापनका लागि त्यस कार्यमा सक्रिय संघसंस्था, समुह एवं व्यक्तिहरुसंग सहकार्य अगाडी बढाउने प्रतिवद्धता जनाए ।

केन्द्र स्थापनाका लागि आर्थिक जुटाउने प्रतिवद्धता गरेको रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहोनीले अस्पतालसंग पबित्र कार्यगर्नको लागी सहकार्य गरेको बताउदै ब्लड बैंकको लागी आबश्यक सबै उपकरण आफुहरुले ब्यबस्था सहमति भएको वताए।

उनले संघले व्यवसायीक हित बाहेक सामाजिक काममा शिक्षा, स्वाश्थ्य र पर्यटन क्षेत्रमा आफुलाई केन्द्रीत गरेको उल्लेख गर्दै यस क्षेत्रको आवश्यक्ता र नागरिकको जिवनसंग जोडिएको रगत व्यवस्थापन गर्ने कामको सुरुवात गरेको वताए ।

कार्यक्रममा अस्पतालका मेसु डा राजेन्द्र खनालले अस्पताल भित्र ब्लड बैंक भएपछि बिरामीको लागी सहज हुने बताउदै यो परियोजना सुरु भएमा उपचारमा नागरिकहरुको पहुँच बढ्ने विश्वास व्यक्त गरे ।

 

सम्बन्धित शिर्षक :