मृगौलापीडितको उपचारका लागि सहयोग गर्न अपील

स्वास्थ्यसमाचार/सिराहाको गोलबजार नगरपालिका–६ निवासी ४२ वर्षिय आनन्द कुमार साह विगत १० वर्षदेखि मृगौलीसम्बन्धी रोगबाट ग्रसित भइ उपचार गराइरहेका छन् । दुवै मृगौला फेला भएका साहले एकपटक मृगौला समेत प्रत्यारोपण गराइसकेका छन् ।

आर्थिक अवस्था मध्यम भएका साहले नियमित उपचार गराइरहँदा त्यति समस्या भएन । गोलबजार–६ मा रहेको किराना पसलबाट हुने आम्दानीले घर खर्च, छोराछोरीको पठनपाठन तथा उपचार खर्च चलिरहेको थियो । तर अहिले भने उपचारमा मात्र नभइ घर खर्च चलाउन समेत समस्या भएको छ ।

गत पुस १७ गते शनिबार राती २ बजे पसलमा आगलागि भएपछि पसलभित्रका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । पसल पूर्ण रुपमा क्षति छ । भएको एउटा मात्रै आम्दानीको स्रोत पनि गुमाएपछि अहिले यो परिवार आर्थिक संकटमा परेको छ । एक श्रीमती, ३ छोरी र १ छोरा रहेका साहलाई उपचारका साथै घर खर्च चलाउन समेत कठिन भएको छ । हाल भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत साहको परिवारमा चिन्ता थपिएको छ ।

सिराहाका स्थानीय तथा हाल भैरहवा बस्दै आएका डा. संजय शाह भन्छन, ‘जसोतसो एउटा पसल सञ्चालनबाट भइरहेको आम्दानी हुने स्रोत पनि गुमाएको यो परिवार बिचल्लीमा परेको छ । साहको उपचारका लागि सहयोग गर्न उनको परिवारले अपिल गरेका छन् ।

साहको उपचारमा सहयोग गर्न चाहने व्यक्ति, संघ–सस्थाले आनन्द कुमार साहको नाममा कृषि विकास बैंक दुधपाटी, भक्तपुर शाखाको खाता नम्बर ०२१२२०१२११७८१०१२ वा ई–सेवा ९८५७०१५२५७ मा जम्मा गर्न सकिने डा. शाहले बताए । त्यस्तै मोबाइल नम्बर ९८१७७९९१२३ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने उनले बताए ।

सम्बन्धित शिर्षक :