ओमिक्रोनको संक्रमण फैलिन नदिन रुपन्देही प्रशासनको सक्रियता बढ्यो

स्वास्थ्यसमाचार/ कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वसतर्कताका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न भागमा संक्रमणदर बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि रुपन्देही प्रशासनले सक्रियता बढाएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गराउने निर्णय गरेको छ । २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको भेला, मेला तथा महोत्सवहरु तथा सामाजिक लगायतका कार्यहरु नगर्ने/नगराउने निर्णयलाई कार्यान्वयन गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा आदेश जारी गरिएको छ ।

आगामी माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न कोभिड–१९ विरुद्धको खोप अनिवार्य हुनुपर्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तिवारीले बताए । आगामी माघ ७ गतेदेखि लागू हुने गरी सार्वजनिक सेवा प्राप्त गर्दा तथा सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्डलाई अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन सार्वजजिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि खोप लगाएको कार्ड ९मोबाइलमा फोटो भए पनि हुने साथमा राख्ने र यस्ता सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को सिफारिस, गृह मन्त्रालयको निर्णय बमोजिम संक्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लामा अर्को सूचना जारी नभएसम्मका लागि आदेश जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

 

सम्बन्धित शिर्षक :