एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण

स्वास्थ्यसमाचार/ नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । पोख्रेललाई कोरोना संक्रमण भएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

साथै पोख्रेलले पनि सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका छन् ‌। एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् , ूकोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो ।

निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।पोखरेल बुधबार एमाले बारा जिल्ला कमिटीद्वारा आयोजित दसौं जिल्ला अधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्नका लागि बारको कलैया पुगेका थिए ।

सम्बन्धित शिर्षक :