स्वास्थ्यसमाचार/ प्रदेश ५ सरकारले क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। २ हप्ता क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको परीक्षण गर्न थालेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए।क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि लागि बिहीबारदेखि २ जिल्ला हेर्नेगरी ६ वटा वटा स्वास्थ्यकर्मीको टोली खटेको छ। ‘आजदेखि क्वारेन्टाइनमा बसेर २ हप्ता कटाएका हरेक व्यक्तिको आरडीटी हुनेछ,’ मन्त्री बरालले भने, ‘त्यसमा नेगेटिभ रिपोर्ट आए घरमा पठाइने छ। पोजिटिभ भए स्वाब परीक्षणका लागि पठाइने छ। ’ प्रदेश ५ का १२ जिल्लामा २ हजार ५ सय ६…
समाचार
तिलोत्तमामा पहिलोपटक १० जनामा आरडिटीबाट कोरोनो परीक्षण
स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित क्वारेन्टाइनमा बसेका दश जनाको ¥यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडिटी) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ । आरडिटी विधिमार्फत् नेपालमा पहिलो पटक गरिएको दश जनाकै कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले वताए। भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसाई पूरा गरेकाहरुको कोरोना परीक्षण गरिएको हो ।सरकारले क्वारेन्टाइनमा बसेका सबै जनाको आरडिटी विधिमार्फत् कोरोना परीक्षण गर्ने नीतिअनुसार पहिलो चरणमा बिहीबार १० जनाको परीक्षण गरिएको हो । भारतबाट फर्किएकामा संक्रमण देखिएपछि हालै बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई…
चिकित्सक वर्खास्त गर्नुको कारण माग्यो चिकित्सक संघ लुम्बिनीले
स्वास्थ्यसमाचार/ नेपाल चिकित्सक संघ लुम्बिनी अञ्चल शाखाले लुम्बिनी प्रादेशीक अस्पतालका ५ जना चिकित्सक वर्खास्त गरिएको प्रति ध्यानकर्षण भएको जनाएको छ। चिकित्स लुम्बिनी शाखा अध्यक्ष डा ईन्द्र ढकाल र महासचिब डा सन्तोष पोखरेलद्धारा हस्ताक्षरीत उक्त बिज्ञप्तीमा बिश्व कोरोनाको महामारीको अबस्थामा राज्यले चिकित्सक लगायत स्वास्थ्यकर्मिको मनोवलवृद्धि गर्नुको सट्टा सेवारत निबृत र बिभिन्न निजी संघ संस्थामा कार्यरत स्वास्थ्यकर्मिलाई सेवामा आउन आवाहन गर्नुपर्ने अवस्थामा यस्तो समाचार आउनु दुखद भएको उल्लेख गरेका छन । यस्तो बिषयमा परिस्थीतीमा चिकित्सक र स्वास्थ्यकर्मी मनोबल नघटाई सेवामा सर्मपति हुन आग्रह गरेको छ। के कारणले उक्त घटना भएको सामाजीक बिकास…
डायलासिस गर्न आउने बिरामीलाई निःशुल्क बस सेवा
स्वास्थ्यसमाचार/लकडाउनका कारण सवारी साधन नचल्दा डायलाइसिस गर्नुपर्ने विरामी समस्यामा परेपछि बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल निःशुल्क बस संचालनको रुट थप गरेको छ । दुईवर्ष देखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्रामसम्म दैनिक निःशुल्क बस सेवा संचालन गर्दै आएको अस्पतालले विहिबारदेखि कपिलवस्तुको वाणगंगा नगरपालिकाको बनगाई सम्म निःशुल्क बस संचालन गर्ने भएको हो । हप्तामा दुईपटक डायलाईसिस गराउनुपर्ने भएपनि कतिपय कपिलवस्तुका विरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । उनले अधिकांश विरामीहरु हप्तामा दुईदिन मिर्गौला डायलाईसिस गर्नुपर्ने अवस्थाका भएकोले विहिबार र सोमबार हप्ताको…
कोरोना अस्पतालमा मृत्यु : ११ औ दिनमा बाबुरामको शव बुझे परिवारले
स्वास्थ्यसमाचार /बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको ११ दिनपछि शव बुझ्ने सहमति भएको छ । ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झीदै गएपछि ११ औं दिनमा परिवार र सरकारी (सरोकारवाला) पक्षबिच सहमति जुटेको हो । प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयमा आज भएको सर्बपक्षिय छलफलले सहमति जुटाएको हो । उपचारमा अस्पतालको लापरवाहीका कारण बाबुराको मृत्यु भएको भन्दै आफन्तले न्याय पाउनुपर्ने अडानमा थिए ।आज भएको सहमतिमा परिवारलाइ दिनेगरि आधारभूत राहत कोष बनाउने जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ । र त्यसमा आर्थिक सहयोग…
संकटकोवेला अस्पताल नआउने ५ जना चिकित्सक जागिरै चट
स्वास्थ्यसमाचार /प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको महामारीको संकटमा पनि अस्पताल नजाने चिकित्सकहरुलाई कारवाही प्रकृया शुरु गरेको छ । मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालबाट कारवाहीको शुरु गरेको हो। सामाजिक विकास मन्त्री सुदर्शन बरालले महामारीको वेलामा पनि सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएपछि उनीहरुलाई हटाईएको लुम्बिनी प्रादेशिक अस्पताल प्रशासनले जनाएको छ। लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर राजेन्द्र खनालले भने विना सुचना अस्पतालमा उपस्थित नभएका ५ जना चिकित्सकहरुलाई कारवाही स्वरुप सेवाबाट हटाईएको बताए । खनालले रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. तारा प्रसाद शर्मा, इएनटी विभागका डा. प्रकाश…
गोकर्ण बिष्टले गुल्मी जिल्ला पठाए ३ सय पिपइ र स्वास्थ्य सामग्री
स्वास्थ्यसमाचार/ गुल्मी क्षेत्र नं २ का सांसद तथा पूर्व मन्त्री गोकर्ण बिष्टले गुल्मी जिल्लाका लागि तीन सय थान पिपिइ, माक्स र सेनिटाइजर पठाएका छन् । पछिल्ला सयम कोरोना संक्रमणको जोखिम अझै बढ्दै गएको छ । तर जिल्लामा काम गर्ने स्वास्थ्यकर्मीहरु पिपिइको अभावमा जोखिम मोलेरै स्वास्थ्य सेवा प्रबाह गर्न बाध्य छन् । कोरोना संक्रमणको रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन निकै कसरत गरेर पिपिइ पठाइएको बिष्टले बताए । उनले सवै पिपिइ प्रमुख जिल्ला अधिकारी मार्फत आवश्यकताको आधारमा जिल्लाका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसम्म पु¥याउने बताए । ‘देशकै परिस्थतीसंग कसरी जुध्ने…
संकटको सामना स्वास्थ्यकर्मीको उच्च मनोवल र समर्पणबाट मात्रै सम्भव : मन्त्री बराल
स्वास्थ्यसमाचार/ प्रदेश ५ का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले विश्व स्वास्थ्य दिवशको अवसरमा शुुभकामना सन्देश दिंंदै प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताएका छन्। बरालले यो अवस्थामा प्रदेश सरकारले कोरोना भाइरस सतर्कताका काममा अघि बढेको उल्लेख गर्दै कोही पनि त्रसित नभई सचेत भई घरमै बसिदिन आग्रह गरेका छन। मन्त्री बरालले संकटको सामना स्वास्थ्यकर्मीहरुको उच्च मनोवल र समर्पणबाट मात्रै सम्भव हुने शुभकामना सन्देशमा उल्लेख गरेका छन – ‘म सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई यस कठिन घडीमा आम समुदायको स्वास्थ्यको लागि दृढतापुर्वक आ–आफ्नो मोर्चामा खट्न अपिल गर्दछु । आम जनसमुदायलाई पनि सबै स्वास्थ्यकर्मीहरुको मनोवल र…
कोरोना भाईरस नियन्त्रणमा शुद्धोधन गाउँपालिकाकोे सक्रियता
स्वास्थ्यसमाचार/विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा रुपन्देहीको शुद्धोधन गाउँपालिकाले निकै सक्रियता देखाएर काम गरिरहेको छ। जनताबाट निर्बाचित जनप्रतिनिधीहरुले सञ्चालन गर्ने स्थानिय सरकारमा जनताको मन जित्नु मुख्य रहेको बुझेका जनप्रतिनिधीहरुले कोरोनाभाईरसको संक्रमणबाट आफ्नो निर्वाचन क्षेत्रका जनताहरुलाई बचाउनु चुनौती र अवसर दुबै देखिएकोेले सबै सक्रिय भएर लागेको जनप्रतिनिधिहरुको भनाई छ । शुद्धोधन गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बिस्नुप्रसाद बस्याल ले गाउँपालिकाले सक्ने भ्याएसम्म हामी कुनै कसर बाकीनराखी काम गरेका छौ । यस्तो अबस्थामा जसले जे सहयोग गर्न सक्छ गर्नुपर्ने बताए । आफनो गाउँपालिकामा यतिबेला भाईरसको संक्रमणबाट…
कोरोनाविरुद्धको अभियानमा ५० हजार स्वयंसेविका परिचालन गर्ने
स्वास्थ्यसमाचार/ कोरोनाविरुद्धको अभियानमा सरकारले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । क्वारेन्टाइनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विनापरीक्षण घर पठाउने गरिएको थियो । तर, अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ ।