एक सय दिनमा यस्तो छ मेसु डा ढकालको अस्पतालमा सुधार रफ्तार

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले आफु नियुक्ती भएको १०० दिनका कार्यहरु सार्वजनिक गरेका छन् ।
गत असोज १८ गते लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेण्ट भएर कार्याभार ग्रहण गरेका उनले विहिबार दिन पुरा भएको हो ।

अस्पताल परिषरमा पत्रकार सम्मेलनको आयोजना गरी डा. ढकाललले आफुले गरीका १९ वटा महत्वपूर्ण कामको विवरण सार्वजनिक गरेका हुन ।विस्तारित अस्पताल सेवा संचालनसुरुवात गरेको डा. ढकालले बताएका छन् । यो सेवा सुचारु भए पश्चात लामो समय देखि चिकित्सकीय परामर्श र शल्यक्रिया को लागी कुर्नु पर्ने समस्या लाई क्रमिक रुपले सहज बन्दै गएको उनले बताए ।

दैनिक १२ देखि १५ जना ब्यक्तीले अपरेशन सेवा लिइराखेको उनको भनाई छ । अस्पताल समय भन्दा फरक समयमा सुरुवात गरिएको पेइंग वार्डको सेवा समेत १० बेडको पेइंग वार्ड सुरु गरिएकोमा हाल बिरामीको माग उच्च रहेकोले पुन विस्तार गर्नुपर्ने आवस्था भएकोले थप १२ बेड विस्तार गरेका उनको भनाई छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्थान संग एमडी र एमएस अध्ययन अध्यापनको निम्ती सम्झौता गरिएको र आगामी सत्रबाट विद्यार्थी भर्नाको काम भैरहेको उनको भनाई छ ।

यस्तै बढ्दो मुटु रोगको बिरामीलाई मध्यनजर गर्दै सुविधा सम्पन्न मुटु रोग विभाग स्थापना हेतु प्रक्रिया आगाडी बढाई क्याथ ल्याव को लागि टेन्डर गरिएको छ । यस्तै डा. ढकालले १०० दिनमा यस भेगमा सरकारी अस्पतालहरुमा एमआरई को सेवा कही पनि उपलब्ध नरहेकोले बिरामी साधारण एमआरईको को निम्ति काठमाडौँ जानुपर्ने बाध्यता अन्त्यको को टेन्डर गरेको र यहि आर्थिक बर्षमा नै काम सुरुवात हुने बताएका छन् ।

सबै प्रकारको दुर्घटना का बिरामीहरुलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्यका साथ ट्रमा रूम स्थापना गरिएको र न्यूरो सर्जरी विभागलाई व्यवस्थित गर्दै चार सैयाको न्यूरो एचडीयु सेवा विस्तार गरिएको जनाएका छन् । बिरामीले आपतकालिन उपचारमा सहज उपलब्धता र गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्य का साथ एमडीजिपी विशेषज्ञ डाक्टरलाई परिचालन गरि २२ बेडमा सिमित रहेको इमरजेन्सी वार्डमा १३ बेड थप गरि ३५ बेडमा विस्तार गरिएको जनाएका छन् ।

यस्तै अन्तरिक ब्यवस्थापनलाई सुधार गर्दै क्यासलेस डिष्चार्ज काउन्टर, पेपरलेस डिस्चार्ज सिस्टम तथा ईमेरजेन्सी काउन्टर पेपरलेस सुरुवात गरेका जनाएका छन् । कोभिड महामारीको सरल र सहज ब्यवस्थापन हेतु कोभिड सम्बन्धि उपचार सम्पूर्ण रुपमा एउटै छाना मुनि हुने ब्यवस्था गरि कोभिड ईमरजेन्सी सेवा विस्तार गरिएको छ भने बिरामीको सहज उपचार, अस्पतालको सरसफाई र संक्रमण घटाउने उद्देश्यका साथ बिरामीका आगन्तुक समय निर्धारणको साथै भिजिटिङ्ग कार्डसुरुवात गरिएको छ ।

पाँच बेडमा संचालनमा रहेको डायलाइसिस सेवालाई १२ बेड थप गरी १७ बेडमा सेवा विस्तार गरिएको छ । एचआईभी र हेपटाईटिस सम्बन्धी बिरामीको डायलाइसिसका लागि काठमाण्डौ धाउनुपर्ने बाध्यतालाइ अन्त्य गर्न २ बेड सेरो पोजिटिभ डायलाइसिस सेवा स्थापना गरिएको छ । कोभिड महामारीमा अक्सिजन ब्यवस्थापन सहज गराउनका लागि अक्सिजन प्लान्ट स्थापना गरी पाइपलाइन बिस्तार गर्ने काम सकिएको यस्तै दाँत तथा मुख स्वास्थ्यको अति आवश्यक जाँच सि.बि.आर.टीसंचालन गरिएको छ ।

जुन सेवा प्रदान गर्ने हामी लुम्बिनी प्रादेशिक अस्पताल काठमाण्डौ उपत्यका बाहिर पहिलो सरकारी अस्पतालमा भएको मडिकल सुपरिटेण्डेन्ट डा. ढकालको भनाई छ । न्यूरोलोजी विभाग अन्तर्गतको अति महत्त्वपूर्ण ई.ई.जी सेवा विस्तार गरिएको छ भने बिरामीको सुबिधा मध्यनजर गर्दै स्त्री रोगको ओपीडी र ईसिजी सेवा व्यवस्थित र सहज ठाउँमा ब्यवस्थापन गरिएको छ ।

हप्तामा दुई पटक ईन्डोषकोपी हुने सेवा हप्ताको चार पटक हुने व्यबस्था गरिएको छ जनाएका छन् । एक दिन बिराएर उपलब्ध भइरहेको गर्भवती जाँच र स्त्री रोग जाँच लाई नियमित हरेक दिन हुने व्यबस्था गरिएको छ । कर्मचारीलाई प्रोत्साहनः बिगत लामो समय देखि रोकिएको विकास समितिको भत्ता र आमा सुरक्षा कार्यक्रम भत्ता वितरण गरि कर्मचारीमा थप उर्जा र लगनशिल्ताको साथ काम गर्ने वातावरण सिर्जना भएको डा. ढकालको भनाई छ ।

सम्बन्धित शिर्षक :