स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,पत्रकारलाई माघ २ देखि बुस्टर डोज खोप दिने

पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पूरा भइसकेका लाई बुस्टर डोज लगाइने

स्वास्थ्यसमाचार/स्वास्थ्यमन्त्रालयले भोलि माघ २ गतेदेखि बुस्टर डोज दिने भएको छ ।अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई सरकारले भोलिदेखि बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेख्दै भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भएको हो ।

मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ ।पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको हो, बुस्टर डोजमा पनि त्यही खोप दिइनेछ । पूर्ण खोप लगाएको ६ महिना भइसकेकालाई बुस्टर डोज दिन लागिएको हो ।लुम्बिनी प्रदेशसमा भने भोलि प्रदेश सरकारले सार्वजानिक बिदा दिएको छ ।

सम्बन्धित शिर्षक :