प्रदेश ५ सरकारद्धारा स्वास्थ्यमा ७४ करोड बिनियोजन ,लुम्बिनी राप्ती प्रादेशिक विशिष्टिकृत अस्पताल बनाईने

रुपन्देही १ असार प्रदेश ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को लागि ३६ अर्व ४१ करोड ६८ लाख रुपैया को बजेट ल्याएको आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले ३६ अर्व ४१ करोड ६८लाख रुपैयाको बजे पेश गर्नु गरे ।बजेमा स्वास्थ्यलाई ७४ करोड  बिनियोजन भएको छ । स्वास्थ्य सेवा एवम् स्वस्थ जनशक्ति प्रदेशका स्वास्थ्य संस्थाहरुको क्षमता कमजोर र सेवा गुणस्तरीय नहुँदा प्रदेश भित्रका नागरिकहरु स्वास्थ्य सेवाका लागि प्रदेश बाहिर जानुपर्ने अवस्था छ । महँगो स्वास्थ्य उपचारको कारणले गरिवीको दुस्चक्रमा…

चिकित्सा शिक्षा आयोगले आफूलाई बलियो बनाओस सामाजीक बिकास मन्त्री :बराल

स्वास्थ्यसमाचार प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले चिकित्सा शिक्षा आयोगले आफ्नो क्षेत्र बलियो पार्नेगरी काम गर्नुपर्ने बताएका छन् । आयोगले काम गर्न नसके सरकार कमजोर हुने र त्यसको फाइदा निजी क्षेत्रले उठाउने उनको भनाइ छ। ‘निजी क्षेत्रभन्दा कमजोर हुने गरी काम गर्नुहुँदैन, वरालले भने यसो भए निजी क्षेत्रले सरकार किनिदिन्छ या उसको गाइडलाइनमा सरकार हिड्नुपर्ने बाध्यता हुन्छ ।आयोगले सामाजिक विकास मन्त्रालयका प्रदेश ५ सँगको समन्वयमा गरेको राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अभिमुखीकरण कार्यक्रममा बोल्दै मन्त्री बरालले ऐनले विदेशका विद्यार्थी भित्रिन हुन्न भन्ने खोज्नु राम्रो नभएको बताए ।…

स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंगीयो , भोलिबाट कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने

स्वास्थ्यसमाचार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन टुंग्याएको छ । सामान्यका कर्मचारीले आजै स्वास्थ्य मन्त्रालयमा पुगी समायोजनको सूची बुझाएका छन् ।स्वास्थ्यले भोलिबाट नै कर्मचारीहरुलाई समायोजनको पत्र पठाउने बताएको छ । सामान्य प्रशासन मन्त्रालय अन्तरगर्तको समायोजन महाशाखाका शाखा अधिकृत राजकुमार बोहराले २७ हजार ३०३ जनाको सूची स्वास्थ्य मन्त्रालयका पुगेर बुझाएको बताए । उनले १४ हजार बढीको गुनासो प्राप्त भएपनि ७ हजार ७४० जनाको गुनासो सम्वोधन भएको बताए । यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सामान्यबाट सूची आइसकेको भन्दै भोलिबाट नै कर्मचारीलाई पठाउने तयारी भएको बताए । उनले…

बुटवलमा सेतो र रातो रगतको अभाव,रगत खोज्न चितबन देखी काठमान्डौ सम्म

श्यामलाल पोखरेल स्वास्थ्यसमाचार  ।  विरामी हुंदा तपाईको लागि कुन रगत चाहिन्छ सचेत बन्ने प्रयास गर्नुहोला । रगतको अभाव नहुेन बुटवलमा अहिले सेतो र रातो रगतको अभाव छ । बुटवलमा तित हप्ता यतादेखि रातो, सेतो रगतको ठूलो अभाव छ ।यो रगतको अभावले अकालमै मृत्यु हुन सक्ने भएकाले विरामी, विरामीका आफन्त, उपचारमा संलग्न स्वास्थ्य कर्मीहरु सचेत हुन नसके अप्रिय घटना नघट्ला भन्न सक्ने अवस्था छैन । बुटवलस्थित रक्तसञ्चार सेवा केन्द्रमा रहेको रातो र सेतो रगत छुट्टाउने मेशिन बिग्रीएको छ । प्लेटलेस र फे्रस प्लाजमा छुट्टाउने मेशिन बिग्रीएपछि समस्या आएको हो । प्रदेश…

निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्यसमाचार तिलोत्तमा नगरपालिका वडा नं. ३ र ४ को संयुक्त आयोजनामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चौराह हस्पिटल प्रा.लि. को प्राविधिक सहयोगमा भएको शिविरमा झण्डै चार सय जनाले सेवा लिएको वडा नम्बर ४ का वडाध्यक्ष दिवाकर ढकालले वताए । शिविरमा जेष्ठ नागरिक, फिजिसियन, हाडजोर्नी तथा नशा, लगायतका विशेषज्ञ प्रदान गरिएको थियो । जनज्योती माध्यमिक बिद्यालयमा भएको स्वास्थ्य शिविरमा बिरामीलाई निःशुल्क औषधि समेत प्रदान गरिएको थियो । शिविरबाट वडा नं. ३, ४ र ६ का बिरामीले लाभ लिएका थिए । शिविरको सुभारम्भ गर्दै तिलोत्तमा नगरपालिकाकी कार्यवाहक प्रमुख जागेश्वरी…

उपचारका क्रममा मृत्यु भएका अग्रहरीको उपचार खर्च हस्पिटलले व्यहोर्ने

स्वास्थ्यसमाचार भैरहवामा रहेको सिद्धार्थनगर सिटी हस्पिटलले उपचारका क्रममा बिरामीको मृत्यु भएपछी अस्पतालले मृत बिरामीको सबै उपचार खर्च व्यहोर्ने भएको छ । अस्पतालमा मृगौलाको उपचार गर्न आएका सियारी गाउँपालिका वडा नं ३, जङहथ्थाका २६ बर्षिय विरेन्द्र अग्रहरी २८ गतेदेखि अस्पतालमा भर्ना भई उपचार गराई रहेकोमा हिजो उनको मृत्यु भएको थियो । मृगौलाको डाईलासिस गर्ने क्रममा अग्रहरीको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालको लापरवाहीका कारणले अग्रहरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा बिरोध गरेपछी आज प्रहरी प्रशासनको रोहवरमा वार्ता हुदा अस्पतालले उपचार खर्च सबै व्यहोर्ने गरी सहमति भएको जिल्ला प्रहरी कार्यालय…

गुल्मीमा घर -घरमै पुगेर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिदैं

रमेश विश्वकर्मा गुल्मी,   जिल्लामा ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण गरिदैं छ । प्रदेश नं। ५ सरकारको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम अन्तर्गत ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम समावेश भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका कार्यक्रम फोकल व्यक्ति शिशिर सिलवालले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालय गुल्मी मार्फत जिल्लाका १२ वटै स्थानीय तहसंग समन्वय गरि यो कार्यक्रम सञ्चालन गरिने एक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रममा कार्यक्रम फोकल व्यक्ति सिलवालले जानकारी दिए । जेष्ठ नागरिकको लागि स्वास्थ्य संस्थाबाट दिईने सेवा आफ्नै घरमा…

गर्भबती महिलाहरुलाई पोषण झोला तथा अभिमुखीकरण तालिम

स्वास्थ्यसमाचार रुपन्देहीको पडसरी स्वास्थ्य चौकीमा ४,६,८ र ९ महिनामा गर्भजाच गराएका गर्भबती महिलाहरुलाई पोषण झोला तथा तिन दिने अभिमुखीकरण तालिम दिएको छ । बच्चा जन्मेपछि कुपोषण हुनबाट बचाउन को लागी तालिम दिएको हो। ओमसतिया गाउँपालिका बडा नं २ का वडा अध्यक्ष ज्ञानेश श्रेष्ठको प्रमुख आतिथ्य गाउँपालिका स्वास्थ्य संयोजक राम प्रसाद भट्राईको बिशिष्ठ आतिथ्य तथा पडसरी स्वास्थ्य चौकीका प्रमुख हंसराज दौल्यालको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो । तालिममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले बालवालिकालाई कुपोषण हुनबाट बचाउनको लागी यो तालिम उपलब्धीमुलक रहने बताए । तिन दिन सम्म चलेको तालिमबाट सहभार्गि गर्भबती महिलाहरुले…

जंगली च्याउ खाएर पाल्पामा ६ जनाको मृत्यु

स्वास्थ्यसमाचार पाल्पामा जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । च्याउ खाएर बिरामी भइ उपचारका लागि अस्पताल भर्ना भएका ४ जनाको हिजो मृत्यु भएको हो । गम्भीर बिरामी भई काठमाण्डौ टिचिङ अस्पतालमा उपचार भैरहेका निस्दी गाउँपालिका वडा नम्बर–३, कार्कीडाँडा मित्यालका ८ वर्षीय सुमनसिंह ठकुरी, १४ वर्षीया निरुता सिंह ठकुरी, १३ वर्षीया निशा सिंह ठकुरी र त्यसै ठाउँका ४५ वर्षीय पूर्णबहादुर खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । गएको जेठ २४ गते बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा ४ वर्षीय उमेश गाहाको आइतबार र ४५ वर्षीया रिखिसरा…

दाङको एउटै वडामा १सय ३८ बालबालिका कुपोषित

स्वास्थ्य समाचार दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १ सय ३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो । तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले वताए ।वडा नं ११ मा १सय ३८ जना बालबालिकामा कुपोषण देखिएको छ उनले भने, तर ४७ जना मात्रै सम्पर्कमा छन् अन्य बालबालिकाहरु कता छन सम्पर्कमा आएका छैनन । ४७ जनामध्ये निको भएका १३, डिफल्टर अर्थात् उपचार गर्दा गर्दै आउन छोडेका २२, अन्य अस्पतालमा थप उपचारका लागि…