अग्रपक्तिमा खटिने नर्सलाई प्रयाप्त पिपीई भएन :नर्सिड संघ

स्वास्थ्यसमाचार /नेपाल नर्सिड संघले एक बिज्ञेप्ती जारी गरि कोरोना संक्रमितको उपचारमा अग्रपक्तिमा बसेर काम गर्ने नर्सहरुलाई प्रयाप्त पिपीई ब्यबस्था गर्ने गरेको छ । नेपाल नर्सिड संघका अध्यक्ष मनकुमारी राईद्धारा जारी बिज्ञेप्तीमा भनिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना नेपालमा पनि दिनप्रतिदिन बढदो रहेको छ । कोरोना संक्रमित बिरामीको उपचारमा अग्रपक्तिमा रहेर कामगर्ने नर्संहरुलाई प्रयाप्त मात्रमा पिपीई नहुनु ,निजि तथा सार्वजानीक स्वास्थ्य संस्थामा जागिरबाट निकाल्ने वेतलबी बिदामा राख्ने साथै उनीहरुले खाईपाई आएको तलबमा कटौती गर्ने जस्ता कार्य भैरहेकोले तत्काल बन्द गर्ने संघले आग्रह गरेको छ ।

२८औ विश्व स्तनपान दिवस: “स्तनपानअमृत समान बोटलपान बिष समान”

स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्रआधार“भन्ने नारा का साथ यो वर्ष बिभिन्नकार्यक्रमहरु गरेर विश्व स्तनपान सप्ताहविश्व भरि मनाइदै छ । आमा र बच्चाको स्वास्थ्य र पोषण सुधारमा स्तनपानको ठुलो भूमिकाहुने भएकाले नेपालमा समेत अगष्ट महिनाको पहिलो हप्तालाई हरेक वर्ष पोषण सप्ताहको रुपमाबिशेष महत्वको साथलिने गरिन्छ । शिशु जन्मिएको एक घण्टा भित्रमा स्तनपान गराएशिशुलाई संभावितअकाल मृत्यु र अन्य जोखिम बाट समेत बचाउन सकिने भएकाले जन्मिने बित्तिकै शिशुलाई स्तनपान गराउनु नै सर्वोत्तम मानिन्छ,भने स्तनपानशिशुको मौलिकअधिकार पनि हो । विश्वब्यापी रुपमा हेर्ने हो भने ५ जनाशिशु मध्ये ३ जनाशिशुलाई मात्रै एक घण्टा…

बुटवलको कोरोना अस्पतालमा बिरामीलाई औषधी पुर्याउन ‘सिस्टर रोबोट’ प्रयोग गरिने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालले संञ्चालन गरेको बुटवलको कोरोना विशेष अस्पताल धागोकारखानामा विरामीलाई औषधी पुर्याउन सिस्टर रोबोट प्रयोग गरिने भएको छ । त्यसकालागि युएनडिपीले रोबोट उपलब्ध गराएको छ । युएनडिपिका प्रदेश संयोजक सुदीप अर्याल र प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. गोपिकृष्ण खनालले रोबोट बुधबार अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापालाई हस्तान्तरण गरे । कोरोनाका लक्षण देखिएका तथा सिकिस्त भएका र आइसीयुमा राख्नु पर्ने बिरामी यस अस्पतालमा छन् । संक्रमीतसंग हेलमेल भइराख्नुपर्ने नर्शको सुबिधा र उनीहरुलाई संक्रमणबाट जोगाउन रोबोट उपलब्ध गराएको युएनडिपिका प्रदेश संयोजक सुदिप अर्यालले बताए। २ लाख लागतको…

दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव

स्वास्थ्यसमाचार/ फेरी दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कोरोना फैलिन नदिनकोलागि दुई साता लकडाउन गर्न सुझाव दिएका हुन् । विज्ञहरुले दिएको उक्त सुझाव प्रधानमन्त्रीले सकारात्मक रुपमा लिएको बताइएको छ । कोरोना संक्रमित दर बढ्दै गएपछि आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्ष दलका नेता सहित विज्ञहरुसंग भावि रणनीतिका बारेमा छलफल गरेका हुन् । उक्त छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतको सहभागित रहेको थियो ।

कोरोना संक्रमण बढेपछि प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्दै

स्वास्थ्यसमाचार/ पछिल्ला दिनहरुमा काठमाडौ उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्वास्थ्यका विज्ञहरुसँग नियन्त्रणका उपायबारे छलफल गर्ने भएका छन । मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । नेपालमा लकडाउन खुकुलो पारेसँगै कोरोना संक्रमण र संक्रमितको मृत्युदर बढ्दै गएपछि प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामको जिम्मेवारी लिएका मन्त्रालय र निकायमा मन्त्री तथा विज्ञ र जनस्वास्थ्य विज्ञहरुसँग छलफल गर्न लागेका हुन । स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, स्वास्थ्य मन्त्रालयका विज्ञहरु, सीसीएमसीका अध्यक्ष, सचिव र अन्य…

भारतमा कोरोनाबाट उत्तर प्रदेशकी शिक्षामन्त्रीको मृत्युु

बीबीसी/ भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको आइतबार बिहान मृत्यु भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम पनि रद्द गरेका छन् । कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित…

१५ दिन कडा लकडाउन वा कर्फ्युको बिकल्प छैन : डा पाण्डे

– डा: रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ काठमान्डौ १८ साउन/ सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमाना शिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको छ। संक्रमणको फैलाबटलाई अध्ययन गर्ने हो भने अहिले प्रदेश नम्बर २ कोरोना संक्रमणको तेस्रो चरणमा अर्थात सामुदायिक संक्रमणमा प्रवेश गरेको छ । त्यस्तै पश्चिम बङ्गाल र उत्तर प्रदेशसंग जोडिएका केहि जिल्लामा सामुदायिक संक्रमणको पूर्वरुप देखा परेको छ । बिराटनगर, इटहरी, कपिलबस्तु, कैलाली पहाडी…

बुटवलमा कोरोना संक्रमण पुष्टि भएका २ जना सम्पर्क विहिन

स्वास्थ्यसमाचार/ पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएका दुईजना सम्पर्क विहिन भएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पिसिआर परिक्षणमा पोजेटिभ देखिएका उनीहरु सम्पर्क विहीन भएका हुन । भारतबाट आएका उनिहरुले शुक्रवार लुम्बिनी प्रादेशीक अस्पतालको प्रयोगशालामा स्वाव परिक्षण गराएका थिए । स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएपनि उनिहरु अस्पतालको सम्पर्कमा नआएको अस्पतालले जनाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमित्त प्रमुख डा राजेन्द्र गिरीले रिपोर्ट कोरोना पोजेटिभ आएपछि अस्पतालबाट गएको पहिलो फोन उठाएपनि रिपोर्ट पोजेटिभ आएको भन्ने वित्तिकै मोबाईल नलाग्ने गराएको बताए । उनीहरुले ठेगाना बुटबल ६ र एनसेलको मोवाईल दिएको बताईएको…

शिक्षित वर्गका महिलाहरुले नै गराउन पाउँदैनन् पुर्ण स्तनपान

“स्वच्छ र सुन्दर संसार स्तनपान एकमात्र आधार” भन्ने मुल नाराका साथ स्तनपान सप्ताह आज मिति २०२० अगष्ट १ बाट अगष्ट ७ सम्मका लागी सुरु भएको छ । यो स्तनपान सप्ताह विश्वभरि मनाउने गरिन्छ । जसको मुल उदेश्य स्तनपान प्रवर्धन तथा संरक्षण गर्नु हो । स्तनपान सप्ताह सन १९९२ देखि हरेक वर्ष विश्वब्यापी रुपमा विभिन्न क्रिर्याकलापका साथ मनाउने गरिन्छ । आमाको दुध शिशुको लागी अमृत समान भन्ने नारा जनस्वास्थ्य क्षेत्रमा सवैभन्दा वढि प्रचलित छ । तर के हाम्रो आजको आधुनिक समाजमा आधारभुत मापदण्ड पुरा गरेर अमृतको सेवन गराइन्छ त ? यसको…

रुपन्देहीका समुदायमा कोरोनाको अबस्था थाहपाउन ‘र्यान्डम टेस्ट’ सुरु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा कोभिड १९ को अबस्था पत्तालगाउन ‘र्यान्डम टेस्ट’ सुरु गरिएको छ । जिल्लाअन्तरर्गत बुटवल, भैरहवालगायतका स्थानहरुमा समुदायमा कोरोना संक्रमणको स्तर कुन अवस्थामा छ भन्ने थाहा पाउन नमुना संकलन कार्य भैरहेको छ । जिल्लाका बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, जिल्ला सदरमुकाम भैरहवा र लुम्बिनी क्षेत्रमा स्वाब संकलन भैरहेको छ । विशेष रुपमा प्रदेश सरकारले नमुना छनोट विधिका आधारमा फ्रन्ट लाइनमा काम गर्नेहरुको स्वाव संकलन गरिएको छ । नमूना संकलनका लागि पसले, हाटबजार क्षेत्र, प्रहरी, स्वास्थ्य कर्मी आदिलाई पहिलो चरणमा छनौट गरिएको छ । बुटवलका पसलहरु जहाँ ग्राहकको बढी जमघट हुने गर्दछ…