माओवादी केन्द्र सिद्धार्थनगरद्वारा बिरामीलाई फलफूल वितरण

स्वास्थ्यसमाचार/ २७ औं जनयुद्ध दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर नगर कमिटी भैरहवा, रुपन्देहीले फलफूल वितरण गरेको छ । कमिटीले आइतबार एक कार्यक्रमकाबीच भैरहवास्थित भीम अस्पतालमा फलफूल वितरण गरेको हो ।

कार्यक्रममा अस्पतालमा उपचाररत ५० जना बिरामीलाई फलफूल वितरण गरिएको माओवादी केन्द्र सिद्धार्थनगरका प्रवक्ता लोकेन्द्र धामीले बताए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले मुलुकको आमुल परिवर्तनमा महान जनयुद्धको महत्वपूर्ण भूमिका रहेको बताए ।

कार्यक्रममा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक नारायण बहादुर जि.सी. (निर्मल), रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज तीर बहादुर रोकाय (डार्बिन)ले बोलेका थिए ।

पार्टीका सिद्धार्थनगर कमिटी अध्यक्ष नारायण हमाल ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर ३ (क) को अध्यक्ष मनिष जोशी, सिद्धार्थनगर इञ्चार्ज फैज अहमद खान, नगर उपाध्यक्षद्वय मेराज खान, ध्रुव लामगादे, नगर सचिव केशव कुंवर, कोषाध्यक्ष डम्बर खत्री, सह–सचिव दिलिप प्रजापति, नगर सचिवालय सदस्य कृष्ण मरासिनी, रविन मल्ल, रामप्रसाद वि.क., अनेरास्ववियु (क्रान्तिकारी) रुपन्देहीका संयोजक कपिल चापागाई, सुनिल कान्दु, अनिरुद्ध दुवे, इस्तियाक अहमद लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित शिर्षक :